१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विकासमा बेथिति : समयमा सकिँदैनन् ठूला आयोजना

२१ असार २०७८, सोमबार ०५:२४

खेमराज गौतम । असार २१,  गलकोट (रासस) । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको मध्यपहाडी लोकमार्ग दुई वर्षमा सक्ने गरी सम्झौता भएकोमा पाँच वर्षमा सकिएको छैन । आयोजना समयमै नसकिएको भन्दै अहिले स्थानीय युवा आन्दोलित छन् । 

विसं २०७६ मा कालोपत्रे गर्ने लक्ष्य रहेको राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङ खण्ड पनि अझै विस्तारकै क्रममा छ । बागलुङ खण्डको ४२ किलोमिटरमध्ये जम्मा १० किमी मात्रै कालोपत्रे गर्न सडक विभागलाई हस्तान्तरण गरिएको एक वर्ष बितिसक्यो । उक्त सडक कहिले कालोपत्रे हुने टुङ्गो छैन । अहिले डिपिआर(विस्तृत आयोजना प्रतिवेदन) सकेर कालोपत्रेका लागि वातावरणीय प्रभाव मूल्याङ्कनको काम भइरहको कालीगण्डकी करिडोर आयोजना कार्यालयले जनाएको छ । 

राष्ट्रिय गौरवको आयोजना त समयमै सकिँदैनन् भने अन्य आयोजनाको हालत के होला भन्ने बागलुङवासीमा चिन्ता बढेको छ ।  बागलुङका दुई ‘लाइफ लाइन’का सडक आयोजना मध्यपहाडी लोकमार्ग र कालिगण्डकी करिडोर मात्र हैन, बागलुङका अधिकांश ठूला आयोजनाले यस्तै नियति भोगिरहेका छन् । आयोजना समयमा नसकिँदा स्थानीयवासी आक्रोशित हुँदै आएका मात्रै छैनन्, बिहुँका स्थानीय मध्यपहाडी लोकमार्गको काममा ढिलाइ र चरम लापरवाही भएको र त्यसबाट सास्ती भोग्नुपरेको भन्दै चरणबद्ध आन्दोलनमा छन् । सडकलाई कमाइ खाने भाँडो बनाउन दुई वर्षमा सक्नुपर्ने काम पाँच वर्षमा नसकेका कारण आन्दोलन गर्नुपरेको स्थानीयवासी दिपेश कँडेलले बताउनुभयो । 

बागलुङको भविष्यसँग जोडिएको लोकमार्गको २५ किलोमिटर सडक दुई भागमा विभाजन गरेर ठेक्का भएको थियो । उपल्लाचौरदेखि अक्षेते–बिहुँ खण्ड २०७३ माघ १४ गते भारत सिद्धिसाई जेभीले १३ किलोमिटर र बिहुँ घोडाबाधे खण्ड २०७२ माघ १० गते एमपी÷एससिएफ÷इसीसी जेभीले १२ किलोमिटर सडक दुई वर्षमा सडक कालोपत्रे गर्ने ठेक्का सम्झौता गरिएको थियो तर पटकपटक म्याद थप्दासमेत आयोजना अझै सकिएको छैन । 

लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख मेघराज मरासिनीका अनुसार बागलुङको जिल्ला सदरमुकामदेखि घोडाबाँधेसम्मको सडक अहिले कालोपत्रे गर्ने योजना भए पनि बर्सातका कारण जम्मा दुई किलोमिटर मात्रै कालोपत्रे भएको छ । उहाँका अनुसार साउनमा कालोपत्रे गरिने लक्ष्य रहेको उहाँको भनाइ छ । 

मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर त एउटा उदाहरण मात्रै हो । बागलुङको आधुनिक बसपार्क निर्माण कम्पनीले सम्झौता गरेको अवधिमा दुई पटक म्याद थप हुँदासमेत सम्पन्न हुन सकेको छैन । बहुवर्षे आयोजनाका रूपमा र रु सात करोडको लागतमा गत वर्षदेखि निर्माणको चरणमा रहेको बलेवा विमानस्थलको धावन मार्ग अझै कालोपत्रे भएको छैन । 

असारमा जहाज चलाउने योजनाका साथ नागरिक उड्डयन प्राधिकरणले रु सात करोडको लागतमा ठेक्का सम्झौता गरे पनि निर्माण सामग्रीको अभाव देखाउँदै विमानस्थल कालोपत्रेमा ढिलाइ भएको छ । अहिले मौसमका कारण कालोपत्रे गर्न नसकिएको धावनमार्ग कालोपत्रेको जिम्मा पाएको काष्ठमण्डप कन्ट्रक्सनका प्रतिनिधि वासु थापाले जानकारी दिनुभयो । 

विसं २०७६ कात्तिक २६ गते एक वर्षमा सक्ने गरी रु आठ करोड ७० लाखमा ठेक्का सम्झौता भएको आधुनिक बसपार्क समयमै नसकिँदा दुई पटक छ÷छ महिना म्याद थप गरिएको छ । पछिल्लो पटक पुनः कोरोनाको कारण देखाउँदै छ महिना म्याद थपिएको थियो । अहिले टर्मिनल र व्यावसायिक भवन निर्माण सम्पन्न भएको र पार्किङ स्थल कालोपत्रेसमेत भइरहेको छ तर सम्पन्न भएर सञ्चालनको लागि अझै केही समय लाग्ने बागलुङ नगरपालिकाका इञ्जिनीयर मनोज शर्माले बताउनुभयो ।  

बेनी बागलुङ सडक ठेक्का म्याद सकिएपछि कालोपत्रे शुरु भएको छ । बागलुङको रामरेखादेखि रत्नेचौरसम्मको ११ किलोमिटर सडक स्तरोन्नतिसँगै कालोपत्रे गर्ने सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ । उक्त सडक २०७६ माघ १३ गते दुई वर्षमा सक्ने गरी रु तीन करोड ३७ लाख ७७ हजारमा फेवा÷बिएमए जेभीसँग ठेक्का सम्झौता भएको थियो । म्याद थपको प्रक्रियासँगै सडक कालोपत्रे भइरहेको छ । आयोजना समयमै नसकिँदा बागलुङले विकासमा फड्को मार्न समस्या भएको छ । ठूला विकासे आयोजनामा समेत चरम बेथिति भएसँगै नागरिकमा निराशा छाएको स्थानीय रामप्रसाद शर्माले बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल