३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मुसिकोट नगरपालिकाले ५ वर्षे आवधिक योजना तथा मध्यकालिन खर्च संरचना तयार गर्दै

२६ कार्तिक २०७८, शुक्रबार ०४:१०

कमल पौडेल | कात्तिक २६, वामीटक्सार | गुल्मीको मुसिकोट नगरपालिकाले नगरपालिका भित्रको दिगो विकासका लागि समग्र पक्ष समेटिएको ५ वर्षे आवधिक योजना निर्माण कार्य शुरु गरेको छ। आवधिक योजना तथा मध्यकालिन खर्च संरचना तर्जुमा गोष्ठी मार्फत सो कार्यको सुरु गरिएको हो। हालै नगरपालिकाले सम्पन्न गरेको पहिलो चरणको ३ दिने गोष्ठीले नगरपालिकाले हाल सम्म गरेका कार्यको समिक्षा गर्दै ५ वर्षमा नगरपालिकाले हासिल गर्नसक्ने योजनाको परिकल्पनाको आधार तयार गरेको र हाल विज्ञ मार्फत ड्राफ्ट तयार भैरहेको प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालले जानकारी दिनुभएको छ।

आवधिक योजना निर्माण गर्दा अहिलेको वस्तुस्थीतीको विश्लेषण गर्दै ५ वर्षको लक्ष्य किटान हुने र सो लक्ष्य निर्धारण गर्दा विकासका आयामहरुलाई ख्याल गरिने भएको छ। नेपाल सरकारको राष्ट्रिय आकांक्षा, योजना आयोगले निर्धारण गरेका सुचक र संघ तथा प्रदेश सरकारका नितिकार्यक्रम संग मेल खाने गरि पूर्वधार, आर्थिक विकास, लैंगिक समानता तथा सामाजिक समावेशिकरण, वन वातावरण तथा विपद व्यवस्थापन, प्रशासनिक, सुसासन एवं व्यवस्थापकिय पक्षहरुलाई समेट्दै विकासको गतिलाई बढाउने गरि प्रक्रिया तय गर्ने प्रमुख प्रशासकिय अधिकृत भुसालले जानकारी दिनुभयो।


मुसिकोट नगरपालिका अन्तरगत रहेका विषयगत समिति, विभिन्न विषयगत शाखाका शाखा प्रमुख तथा प्रतिनिधि, विकास साझेदारहरु, उद्योग वाणिज्य संघ, राजनैतिक दल, कृषकका प्रतिनिधि लगाएतको सहभागितामा योजना निर्माण भैरहेको र पहिलो चरणको गोष्ठीमा ५ वटा विषयगत समितिले प्रस्तुत गरेको प्रस्तुती र विज्ञको सुझाव सहितको ड्राफ्टमा दोश्रो चरण सहित विभिन्न चरणमा छलफल हुँद आवधिक योजना निर्माण गर्ने योजना नगरपालिकाको छ।

नगरपालिकाको समग्र पक्षको विकासको लक्ष्य हासिल गर्न हालको यथार्थ तथ्याङ्क सहितको विश्लेषण र भावि योजना सहित ५ वर्षे आवधिक योजना निर्माणमा लागेको नगरप्रमुख सोमनाथ सापकोटाले बताउनु भएको छ। पहिलो चरणको गोष्ठीको प्रस्तावमा विज्ञहरुको सुझाव सहित तयार हुने ड्राफ्ट प्रतिवेदन माथि विभिन्न चरणमा छलफल, बहस र सुझाव संकलन गरि योजनालाई पुर्णता दिने नगर प्रमुख सापकोटाले बताउनु भयो।

सो ५ वर्षे आवधिक योजनालाई पुर्णता दिन मध्यमकालिन खर्च संरचना समेत तयार गरिने भएको छ। सोहि गोष्ठी मार्फत वित्तिय अनुसासन तथा सुसासन कायम गर्न र वार्षिक कार्यक्रम तथा बजेटलाई ५ वर्षे आवधिक योजनामा जोड्ने गरि मध्यमकालिन खर्च संरचना तयार गर्न लागेको प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालले जानकारी दिनुभएको छ।

नगरपालिकाको सो योजना निर्माणको लागि एमडि इन्जिनियरिङ कन्सल्टेन्सीले सहजिकरण गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड