यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

Posted on: 21 Dec, 2022

पुस ६, काठमाडौँ | नेपाल राष्ट्र बैँकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३२ रूपैयाँ १२ पैसा र बिक्री दर १३२ रूपैयाँ ७२ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ ४७ पैसा र बिक्री दर १४१ रूपैयाँ ११ पैसा रहेको छ।    

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६० रूपैयाँ ५० पैसा र बिक्री दर १६१ रूपैयाँ २३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १६ पैसा र बिक्री दर ३६ रूपैयाँ ३३ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!