यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

Posted on: 22 Dec, 2022

पुस ७, काठमाडौँ | नेपाल राष्ट्र बैँकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।आज डलरको खरिद दर १३२ रूपैयाँ २० पैसा र बिक्री दर १३२ रूपैयाँ ८० पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ ३३ पैसा र बिक्री दर १४० रूपैयाँ ९७ पैसा रहेको छ।    

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६० रूपैयाँ ४८ पैसा र बिक्री दर १६१ रूपैयाँ २१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १९ पैसा र बिक्री दर ३६ रूपैयाँ ३५ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!