३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हेटौँडा उपमहानगरको बजेट संशोधन

१५ पुष २०७९, शुक्रबार ०९:०९

पुस १५, हेटौँडा | हेटौँडा उपमहानगरपालिकाले चालू आर्थिक वर्षको बजेटमा संशोधन गरेको छ । उपमहानगरपालिद्वारा हेटौँडामा आयोजित नगर परिषद् बैठकमार्फत् चालू आवको बजेटलाई संशोधन गरी रु तीन अर्ब पाँच करोड पु-याइएको छ । 

हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँद्वारा सो बैठकमा प्रस्तुत प्रगति प्रतिवेदनमार्फत् जानकारी दिइएको हो ।

गत  असारमा सम्पन्न ११औँ नगर परिषद्द्वारा चालू आवका लागि रु दुई अर्ब ७१ करोड ७९ लाख बजेट पारित गरिएको थियो । तर अघिल्लो आर्थिक वर्षको रु ३७ करोडभन्दा बढी जिम्मेवारी सरेर आएको योजना तथा कार्यक्रमको रकम भुक्तानी गर्नु परेकाले बजेट संशोधन गरिएको उहाँले बताउनुभयो । 

बैठकमा प्रस्तुत प्रतिवेदनमा चालू आवको हालसम्मको प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो भने बाँकी अवधिमा गर्नुपर्ने कार्य तथा लक्ष्यको विवरण  प्रस्तुत गरिएको थियो । 

चालू आवकोे मङ्सिर मसान्तसम्ममा सङ्घीय सरकारबाट समानीकरण  तथा ससर्त अनुदानतर्फ रु ५५ करोड ४६ लाख, प्रदेश सरकारको समानीकरण  अनुदानतर्फ रु ३७ लाख ५० हजार, राजस्व बाँडफाँटतर्फ रु ६ करोड सात लाख ६८ हजार र आन्तरिक स्रोततर्फबाट रु ८७ करोड ८७ लाख आम्दानी भएको उपप्रमुख बानियाँले जानकारी दिनुभयो । साथै उपमहानगरपालिकाले दुई सय ४८ वटा योजनामध्ये ४८ वटा योजना सम्पन्न गरेको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । 

उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाको अध्यक्षतामा भएको सो बैठकमा योजना कार्यावन्यनका आधारमा हेटौँडा-१४ लाई प्रथम र १५ लाई द्वितीय घोषणा गरिएको थियो । प्रथम र द्वितीय वडालाई क्रमशः रु २० लाख र १५ लाख बराबरको योजना अनुदानस्वरुप उपलब्ध गराउने जानकारी दिइएको थियो । 

उक्त अवसरमा प्रमुख लामाले हेटौँडा उपमहानगरपालिकामा जनअपेक्षाअनुरुप विकास निमार्णका साथै शिक्षा, स्वास्थ्य र रोजगारीमा जोड दिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड