सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख ६ हजार बढी

Posted on: 24 Jan, 2023

माघ १०, काठमाडौँ | नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यले नेपाली बजारमा नयाँ कीर्तिमान कायम गरेको हो ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६ हजार ३०० रुपैयाँ कायम भएको छ । यसअघि, गत वर्ष छापावाल सुनको मूल्य तोलामा १ लाख ५ हजार ५०० रुपैयाँ थियो । यस्तै, आज तेजाबी सुनको मूल्य १ लाख ५ हजार ८०० कायम छ ।

सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मुल्य तोलामा १३ सय ६५ रुपैयाँ छ । हिजो १३ सय ८० रुपैयाँ प्रतितोलामा चाँदीको कारोबार भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!