१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विराटनगरकाे तुलसी सहकारीमा १२ करोड ९ लाख घोटाला, उपाध्यक्ष र सचिवसहित तीन जना पक्राउ

२९ फाल्गुन २०७९, सोमबार ०९:४८

फागुन २९, मोरङ | मोरङको विराटनगरस्थित तुलसी (बहुमुखी) बहुउद्देश्यीय सहकारी संस्थाले निक्षेपकर्ताको रकम ठगी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सहकारीकी उपाध्यक्ष अनिता गौतम, सचिव सविना न्यौपाने र क्षेत्रीय प्रबन्धक मन्दिप खवास रहेका छन् । बचतकर्ताको रकम ठगीको आरोपमा थप ८ जनालाई खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रहरीका अनुसार सहकारीले १२ करोड ९ लाख ४ हजार ४८७ रूपैयाँ बराबरको रकम घोटाला गरेको देखिएको छ । ठगिए भनेर आउनेहरुको संख्या दिनदिनै बढेकाले घोटाला रकम बढ्ने मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलले बताए । अहिलेसम्म १२१ जनाले उजुरी दिएको उनले जानकारी दिए ।


‘हालसम्मको प्रारम्भिक अनुसन्धानबाट योजनाबद्ध तरिकाले ठूलो रकम हिनामिना गरी संस्थाका सदस्य एवं बचतकर्ताहरूलाई ठगी गरेको देखिन आएको छ’, प्रहरी उपरीक्षक पोखरेलले भने ।

उनका अनुसार प्रहरीले तुलसी सहकारीमा बचत गर्ने बचतकर्ताहरु, पीडितहरुले ५ दिनभित्र जिल्ला प्रहरी कार्यालय मोरङमा आइ जाहेरी वा उजुरी दिन अनुरोध गरेको छ।

विराटनगरमा पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख पोखरेलले २१ हजार ७१३ सदस्य रहेको सहकारीका विराटनगरमा मात्र ४ हजार बढी सदस्य रहेको अनुसन्धानबाट खुलेको जानकारी दिए ।

विराटनगरमा मुख्य कार्यालय भएको सकहारीले झापाको दमक, उदयपुरको गाईघाट र सिरहाको गोलबजारमा ३ वटा सेवा केन्द्रमार्फत कारोबार गरेको पनि प्रहरीले जनाएको छ ।

प्रहरीले सहकारीका क्षेत्रीय प्रवन्धकसहित ८ जना पदाधिकारीविरूद्ध जाहेरी परेको बताएको छ । नेपालभर नै कार्यक्षेत्र रहने गरी २०५२ चैत १३ गते सहकारी विभागमा सो सहकारी दर्ता भएको थियो ।

तत्कालीन विराटनगर उपमहानगरपालिका वडा नं ३ हाल वडा नं २ मा सञ्चालित तुलसी सहकारी संस्थाको देशैभर २१ हजार ७१३ जना सदस्य रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

गत फागुन १ गतेदेखि उक्त सहकारी संस्थाको कार्यालय विनाजानकारी बन्द भएपछि समस्या सुरु भएको थियो । बचतकर्ताहरूको रकम फिर्ता नदिई सञ्चालक समितिका पदाधिकारीहरू सम्पर्कविहीन रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल