प्रेम सुनार/कात्तिक ८, गुल्मी ।  समाजमा प्रष्ट यहि देख्न सकिन्छ कि शिक्षा सभ्यता र सम्पत्ती, जातिय विभेद निको पार्ने ओखती । 

उसले प्राय "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेम सुनार/कात्तिक ८, गुल्मी ।  समाजमा प्रष्ट यहि देख्न सकिन्छ कि शिक्षा सभ्यता र सम्पत्ती, जातिय विभेद निको पार्ने ओखती । 

उसले प्राय "/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

दलित-गैह्रदलित विच विधिवत विवाह सम्पन्न (फोटो फिचर)

८ कार्तिक २०७३, सोमबार १३:२५


प्रेम सुनार/कात्तिक ८, गुल्मी ।  समाजमा प्रष्ट यहि देख्न सकिन्छ कि शिक्षा सभ्यता र सम्पत्ती, जातिय विभेद निको पार्ने ओखती । 

उसले प्राय जातिय विभेदको अनुभुत गर्न परेन जो छ समाजमा करोडपति । अनि जसले चम्काएको छ समाजमा सभ्यता र शिक्षाको ज्योति । यहि बुझ्न सकिन्थ्यो कि केहि दिन अघि गुल्मीका दलित युवा र पाल्पाकी श्रेष्ठ परिवारकी चेली विच भएको विवाह मण्डवको दृश्य देख्दा ।


सदरमुकाम तम्घासबाट चिल्लो कारमा चढेका दलित परिवारका वेहुला र  वसभरी चढेका उनका सुकिला मुकिला जन्तीलाई स्वागत गर्न आतुर थिए पाल्पाको अर्गेलीका श्रेष्ठ परिवारहरु । अर्गेली अर्थात पारी रिडी घर भएका श्रेष्ठ परिवारकी छोरी सिर्जनाले रेसुङ्गा नगरपालिका १० उपल्लो तम्घासका धु्रव सुनार संग भागि विवाह गरेकी थिईन् ।


तर सुरुमा उनिहरु भागे पनि कतिपय अन्य परिवारको जस्तै सधैका लागि भाग्न र वहिस्कृत हुन परेन् । उनिहरुलाई श्रेष्ठ परिवारले सहर्ष स्वीकार ग¥यो र विधिवत विवाहको प्रस्ताव राख्यो । नभन्दै उनिहरुले यस जिल्लामै नमुना अन्तरजातिय विवाह गरेर देखाइदिए । श्रेष्ठ परिवारले कुनै दर दाजुभाइबाट कुल निकालाको धम्की सुन्नु परेन ।आफन्तजनबाट पानी बाराबारको तृच्छ बचन सुन्न परेन ।सबै एक मत थिए ।


यताबाट गएका पुरै दलित समुदायका जन्तीहरुलाई  पर्छिनका लागि श्रेष्ठ परिवार स्वागत गर्न रिडीको पुल सम्म आई  पुगेका थिए । श्रेष्ठ परिवारको घरै अगाडी आई पुग्दा सिर्जनाका दाजु र भाउजु, दिदी वहिनीहरु जन्ती पर्छिन आई पुगे ।

जन्ती पर्छिए लगत्तै वेहुला वेहुलीलाई हातमा समातेर घरको ढोका अगाडी सजाईएको विवाह मण्डमा लगेर उभ्याउँदै उनिहरुको पाउ वरीपरी आम्खराको जलले पुज्दै विधिवत विवाह र टिकाटाला सुरु गरियो । श्रेष्ठ परिवारका सवै सदस्य र उनिहरुका आफन्तजनले टिका टालामा कत्ति पनि संकुचन नराखेर उच्च स्वागत सत्कारका साथ जन्ती  बटाए । 


  सम्देलो गर्न सिर्जनाकी आमा सुरुमा आईन् । सम्दीना अम्वीका सुनारलाई बाँजोडेर चिनो साटा साट गरिन् । उनका श्रीमानको मृत्यु भइसकेकाले सम्दी टोपबहादुर सुनारलाई पनि उनि र उनका जेठा छोराले औठी लगाई दिएर सम्देलो गरे । त्यो दृश्य नियाल्न पारी पट्टी निकै मानिसहरुको घुईचो थियो ।

  अव उच निच जातपात हरायो भनेर भन्नेहरुको पनि गाईगँई थियो । अहिले कतिपय दलित परिवारका विवाह भोज भतेरहरु दुई वटा बनाएर आफैले विभेदलाई संस्थागत गर्न खोजिरहेका वेला त्यस श्रेष्ठ परिवारले भने सामुहिक भतेरको व्यवस्था मिलाएका थियो ।


जिल्लामा सम्भवत यस्तो विवाह पहिलो पटक भएको होला भनेर जन्ती र यस जिल्लाका दलित अधिकारकर्मीहरुले बताए । वेहुलाका भेनाको हैसियतबाट जन्ती गएका नेपाल दलित संघका जिल्ला अध्यक्ष झविन्द्र बिकले त्यस विवाहलाई अहिले सम्मकै उदाहरणीय विवाहको सज्ञा दिए । रिडी नै घर भएका त्यस विवाहमा शरिक नेकपा एमालेका  अगुवा कार्यकर्ता रामलाल बिकले यस्ता विवाहरु हुँदै जान थाले जातिय विभेद स्वतः हट्ने प्रतिकृया दिए । 


  सुनार परिावार तम्घासका पुर्खेयौली देखि खानदानी परिवार मानिन्छन् । उनिहरु सदरमुकाम तम्घासका पुराना सुन चाँदी व्यवसी पनि हुन् । सिर्जनाका माईतजन पनि प्रतिष्ठीत परिवारका हुन् । यि दुई सम्पन्न परिवार विच भएको विधिवत अन्तरजातिय विवाहलाई अव सवैले सहजरुपमा लिएर बढवा दिन जरुरी देखिन्छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य