१६ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्णिमाले आफ्नो जन्म दिन मनाउने रकम मृगौला पीडितलाई दिईन्

५ माघ २०७३, बुधबार ०७:१३


महेन्द्र केसी/माघ ५, पर्वत । सेवानै धर्म हो भन्ने स्लोकको महिमा विरलैले बुझ्ने गरेका छन् । 

समाजमा सेवाको लागि भन्दा पनि आफ्नो फाइदाका लागि काम गर्नेहरु निकै भेटिने गर्छन् । कलिला बालबालिकाहरु त आफू खुसी हुन पाए अरु केहि चाहिदैन भन्ने भावनाका हुन्छन् तर कक्षा ९ मा पढ्ने यहाँकी एक स्कुले बालिकाले आफ्नो जन्म दिनको केक काट्ने र साथीभाइलाई मिठाइ बाँड्ने रकम एक मृगौला पीडितलाई सहयोग गरेकी छिन् ।

 केक काट्ने, आफन्त, साथिहरु बोलाएर धुमधामले जन्मदिन मनाउने क्रम बढ्दो छ । तर कुश्मा–११ दुर्लुङचोक बस्ने पुर्णिमा गुरुङले एउटै घरमा चारजना मृगौलापीडित रहेको परिवारलाई सहयोग गरेकी हुन् । कुर्घा–२ का त्रिलोचन शर्मा पौडेलको परिवारमा उनले जन्मदिनमा केक नकाटिकन र साथीभाइलाई मिठाइ नबाडिकन तीन हजार रुपैयाँ प्रदान गरेकी हुन् ।

मंगलबार जन्मदिनको अवसरमा उनले उक्त रकम हस्तान्तरण गरेकी हुन् । एकता युवा क्लबको सहकार्यमा उनले मृगौला पीडित कुर्घा निवासी पौडेल परिवारलाई रकम हस्तान्तरण गरेकी हुन् । पुर्णिमा सदरमुकाम कुश्मास्थित पर्वत गुरुकुल एकेडेमीमा कक्षा ९ की छात्रा हुन् ।

यसैविच परिवारका सवै सदस्य मृगौला पीडित भएको पौडेल परिवारलाई प्रवासीको सहयोग प्राप्त भएको छ । एनआरएन साइप्रसबासीले तिहारमा देउसी भैलो खेलेर संकलित रकम मध्ये १५ हजार ५ सय ४५ रुपैयाँ  पीडित परिवारलाई हस्तान्तरण गरेको हो ।

एकता युवा क्लबको पहलमा उक्त रकम प्राप्त भएको  हो भने सो रकम क्लबले मंगलबार एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरेको छ । उनको परिवारलाई बचाउनको लागि एकता क्लबले चालेको अभियान अन्तरगत सो रकम प्राप्त भएको एकता युवा क्लबका अध्यक्ष अच्यूत तिवारीले साझासवाललार्र्ई जानकारी दिए । 

उक्त रकम कुश्मा नगरपालिकाका कार्यकारी अधिकृत कुमानसिंङ गुरुङ र क्लबका सल्लाहकार बशन्तबहादुर सिकेले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।

शर्माको परिवारका चार जना सदस्यको मृगौला फेल भएको छ। एक सन्तानको सोही कारणले ज्यान गैसकेको छ भने परिवारका अन्य सदस्यले प्रत्यारोपणका लागि मृृगौला दान गरेपछि यो परिवारका सबै सदस्यको एउटा मात्र मृगौला बाँकी छ । विगत एक दशकदेखि यस्तै समस्या भोग्दै आएका शर्माले आर्थिक सहयोग र आफन्तले दिएको ऋणले अहिले सम्म चार जनाको उपचार र बाँकी सदस्यको औषधी खर्च चलाउँदै आएको बताए ।

‘चार चार जनाको मृगौला प्रत्यारोपण र नियमित औषधी खर्च जुटाउन मुस्किल छ’ उनले भने ‘सहयोगी मन र आफन्त नभए परिवारका सबै सदस्यले जीवनको कल्पना पनि गर्न सक्दैनन’ मृगौला फेल भएर समयमा उपचार हुन नसक्दा जेठो छोरा प्रकाश पौडेलको ज्यान गैसकेको छ भने छोरी र छोराको मृगौला प्रत्यारोपण गरिएको छ । अहिले श्रीमतीका दुईवटै मृगौला फेल भएपछि प्रत्यारोपण गर्नुपर्ने अवस्था आएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ठूला र पुराना लोकतान्त्रिक शक्तिले नै देशको नेतृत्व गर्ने हो : अध्यक्ष ओली ग्यासको बुलेट उठाउन नसक्दा अझै खुलेन पूर्व–पश्चिम महेन्द्र राजमार्ग साउदी अरेबियाद्वारा यमनको बन्दरगाहमा हवाई आक्रमण, अबु धाबीलाई चेतावनी यस्तो छ, समानुपातिकको बन्द सूची चोरी गरेको ६५ लाख रकमसहित केसी पक्राउ दुई लाख ४३ हजार मेट्रिक टन रासायनिक मल वितरण युवाले चाहेजस्तो देश निर्माणमा अग्रसर छौँः प्रधानमन्त्री पूर्वराष्ट्रपतिद्वय यादव र भण्डारीबीच भेटवार्ता सडक मर्मतमा ढिलाइ गरिए निर्माण व्यवसायीले ‘पेनाल्टी’ तिर्नुपर्ने हुन्छः मन्त्री घिसिङ मोटरसाइकल दुर्घटनामा घाइते भएका चालकको मृत्यु सन् २०२५ः अत्यन्त तातो वर्ष दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते राष्ट्रिय च्याउ दिवसः नेपालमा एक हजार १५० प्रजातिका च्याउ, सय प्रजातिका विषालु राजनीतिक स्थिरता र दिगो लोकतन्त्रका पक्षमा निर्वाचनः प्रधानमन्त्री खालिदा जियाको निधनमा शेख हसिनाद्वारा शोक व्यक्त कुल चौँसट्ठी दलले बुझाए समानुपातिकको बन्द सूची पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध प्रधानमन्त्रीद्वारा तमु ल्होसार तथा म्हैप्रु नकुमा पर्वको शुभकामना सुनचाँदीको मूल्यमा भारी गिरावट प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको शिष्टाचार भेट