महेन्द्र केसी पर्वत । भन्दा र सुन्दा पनि अचम्म लाग्छ । माविको भन्दा प्राविको चर्चा निकै माथि छ । तर यो सत्य हो । पर्वत जिल्लाको चित्रे गाविसमा मात्रै सात वटा विद्यालय छन् । जसमा  एक माध्यमिक र अरु प्रथामिक विद्यालय ह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र केसी पर्वत । भन्दा र सुन्दा पनि अचम्म लाग्छ । माविको भन्दा प्राविको चर्चा निकै माथि छ । तर यो सत्य हो । पर्वत जिल्लाको चित्रे गाविसमा मात्रै सात वटा विद्यालय छन् । जसमा  एक माध्यमिक र अरु प्रथामिक विद्यालय ह"/>
१६ पुष २०८२, बुधबार
पर्बत - PBT

माविको भन्दा प्राविको चर्चा

१५ माघ २०७३, शनिबार ०३:५२

महेन्द्र केसी पर्वत । भन्दा र सुन्दा पनि अचम्म लाग्छ । माविको भन्दा प्राविको चर्चा निकै माथि छ । तर यो सत्य हो । पर्वत जिल्लाको चित्रे गाविसमा मात्रै सात वटा विद्यालय छन् । जसमा  एक माध्यमिक र अरु प्रथामिक विद्यालय हुन् । प्रथामिक विद्यालहरुमध्ये पनि चित्र १ ओडारेमा मा रहेको पञ्चकोशी प्रथामिक विद्यालयको चर्चा सवैभन्दा बढी हुने गरेको छ । 

विद्यालयका प्रधानाध्यापक शुसिलादेवि गुरुङ र अर्को उही विद्यालयका शिक्षक मधुसुदन अधिकारीसँग महिला तथा बालबालिका कार्यालय पर्वतकी प्रमुख तारादेवि सुनुवार, पशु चिकित्सक विमलप्रसाद शर्मा, महिला अधिकारकर्मी तथा पत्रकार सरस्वती जिज्ञासु, सहायक महिला विकास निरिक्षक रिता थापा सहितको संयुक्त टोली उक्त विद्यालयको अबलोकनका लागि विहान निस्कियो । बाटोमा हामी उक्त क्षेत्रको पर्यटकीय विकास र महिला शसक्तिकरणका बारेमा कुरा गर्दै अगाडि बढिरहेका थियौ । शुसिलादेवी र मधुसुदनले बाटोमा जति पनि फोहोर देख्छन् उति त्यो फोहोर बस्तु संकलन गर्दे हिडे ।

सुशिलाको हातमा केहिको पोको थियो । हामीले उनलाई यात्रामा असज भयो होला भनेर उक्त पोको माग्यौ तर उनले दिन मानिन् । के छ र ? भन्ने हाम्रो प्रश्नमा उनले मुस्कुराउँदै भनिन यो त मेरा विद्यार्थीको लागि चक्लेट र केहि खानेकुरा हो ।

उनीहरुको स्वभाव देखेर हामीहरुको मनमा जिज्ञासा बढिरहेको थियो । जब हामी विद्यालय पुग्यौं । हामी विद्यालय पुग्दा विद्यालय र कुनै पाँचतारे होटलमा हामी कुनै फरक देखेनौ । विद्यालयमा मात्र लजिङ र फुडिङको व्यवस्थापन छैन तर त्यहाँको व्यवस्थापन र भौतिक पूर्वधार देख्दा सहजै जो कोहिले विद्यालय हो भनेर भन्न सक्दैनन । विद्यालयको झण्डा र बोर्ड हेरेपछि मात्रै भन्न सकिन्छ यो त विद्यालयनै हो ।

हामीले त्यहाँको विद्यालय अबलोकन गर्दा उक्त विद्यालय विद्यालयनै हो भन्ने महसुस भएन । मात्र त्यहाँ टाँसिएको बोर्ड र कक्षा कोठामा राखिएका डेक्स र बेन्चले विद्यालय भएको पुष्टि गरिरहेका थिए ।

 त्यहाँको व्यवस्थापन निकै बलियो रहेछ । २३ बर्षदेखि शिक्षण पेशमा लागेकी प्रधानाध्यापक स्थानीय शिक्षिका सुशिला देवि गुरुङ विद्यालयको व्यवस्थापननै विद्यालयको मुहार फर्ने कुरा बताउँछिन् । विद्यालयका शिक्षक, अभिभावक र विद्यार्थीको सम्बन्ध त्रिकोणात्मक हुनुपर्छ जून उक्त विद्यालयले पुरा गरेकोले पनि विद्यालय उत्कृष्ट भएको उनी बताउँछिन् ।

विद्यालयका शिक्षक मधुसुदन अधिकारीले विद्यालयको २३ बर्ष अगाडि र अहिलको विद्यालयमा धेरै नै अन्तर भएको बताउँछन् । २०५० साल अगाडि विद्यालयमा चर्पीको लागि खोलामा धाउनेपर्ने बाध्यतामा रहेको उक्त विद्यालयमा अहिले आधुनिक सुविधायुक्त शौचालयको व्यवस्थापन रहेको छ ।

बालमैत्री गाविसका रुपमा घोषित हुन लागेको उक्त गाविस र त्यस विद्यालयको अबलोकन गर्दा हामी बालमैत्री विद्यालय भएको अनुभव ग¥यौं । 

वि.सं २०४५ सालमा स्थापना भएको कक्षा पाँच सम्म अध्ययन हुने उक्त विद्यालयमा अहिले ३९ जना विद्यार्थी छन् । विद्यालयको वातबरण, त्यहाँको सरसफाइ, शिक्षक,  अभिभावक र विद्यार्थीको सम्बन्धले उक्त विद्यालयलाई माविको भन्दा बढी चर्चित एवं नमुना बनाएको छ ।

शिक्षकशिक्षिकका लगनशीला, कर्तव्यबोधका कारण पनि प्रावि तह भएर पनि विद्यालयले माविको भन्दा बढी चर्चा र परिचर्चा हुने गरेको छ । विद्यालयमा बालमैत्री पुस्तकालय , इसिडी कक्षा पनि संचालनमा छ । पुस्तकालयमा झण्डै ३८ सय बालमैत्री पुस्तकहरु रहेको विद्यालयले जनाएको छ ।


बालबालिकालाई बालमैत्री तबरबाट शिक्षण गर्नको लागि विद्यालयले प्रोजेक्टरको प्रयोग गर्ने गरेको रहेछ । विद्यालयमा जिल्ला शिक्षा कार्यालय, जिल्ला विकास समिति, समाजसेवी रुद्रप्रसाद लगायतको सहयोगले ६ कम्प्यूटर,ल्याप्टप, प्रोजेक्टर, फोटोकपि मेशिन र प्रिन्टरको समेत राम्रो प्रयोग र व्यवस्थापन भएको छ ।

आफ्नो घरभन्दा बढि विद्यालयलाई समय दिएकी शुसिलालाई शिक्षकशिक्षिका, विव्यवस अध्यक्ष कलाधर पौडेल, शिक्षक अभिभावक संघका अध्यक्ष सरस्वती विकले पनि साथ दिएका छन् जसका कारण पनि विद्यलायको महिमा उचो हुदै गएको छ ।

शिक्षक कर्तव्यनिष्ट, जिम्मेवारी र इमान्दरका साथै बफदार हुने हो भने शुसिलाले आफ्नो विद्यालयलाई जसरी चर्चामा ल्याएकी छन् त्यसैगरि अन्य प्रअ र शिक्षकहरुले पनि आफ्नो विद्यालयलाई चर्चामा ल्याउन र गुणस्तरीय शिक्षा प्रदान गर्न सक्ने देखिन्छ । सुशिलाको कदममाा जसरी अन्य शिक्षकशिक्षिका, विव्यस, शिअस र समाजले साथ दिएको छ त्यसैगरी अन्य विद्यालयमा पनि प्रअले साथ पाउने हो भने विद्यालयको मुहारै फेर्न सक्ने रहेछन् भन्ने प्रष्ट पारेको छ ।

जिम्मेवार र कर्तव्यनिष्ट हुन र नीति नियम पालन गर्नको लागि अन्य विद्यालयका सवै शिक्षकशिक्षिका, अभिभावक र समुदाय लाग्ने हो भने चित्रे १ ओडारेको जस्तो अन्य विद्यालय पनि नहोलान् भन्न सकिदैन । 

सुशिला र मधुसुदनको जस्तै मैले नगरे कस्ले गर्ने? यहाँ नगरे कहाँ गर्ने र अहिले नगरे कहिले गर्ने? सवै शिक्षक र समुदयामा यी प्रश्नको उत्तर खोज्ने क्षमता र काम भए समाजले पक्कै मुहार फेर्ने देखिन्छ । यस तर्फ सवैले सोच्न जरुरी छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकको बन्दसूचीमाथि पुनरावलोकन हुन्छ : सभापति लामिछाने सरकार सुशासन कायम गर्न र चुनावतर्फउन्मुखः प्रधानमन्त्री कार्की गुणस्तरीय पर्यटन प्रवर्द्धन गर्नुपर्छ : मन्त्री सिन्हा नक्कली प्रहरी पक्राउ भृकुटीमण्डपका संरचनाको बक्यौता उठाउन पत्र काट्ने सरकारको तयारी ‘चलचित्र विकास बोर्डलाई समावेशी बनाउन माग’ अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकताः नेकपा संयोजक दाहाल विगतका कमजोरीबाट सिकेर मुलुकको समृद्धिमा लाग्नुपर्नेमा पूर्वप्रधानमन्त्री नेपालको जोड नेप्से परिसूचक १० अङ्कले बढ्यो कानुनबमोजिम खर्च विवरण पेस गर्ने उम्मेदवार कालोसूचीमा नरहने आयोगद्वारा स्पष्ट इजरायलद्वारा वेस्ट ब्याङ्कमा चार जना प्यालेस्टिनीलाई पक्राउ ट्रम्पको दोस्रो कार्यकालमा पहिलोपटक भिटो विश्वकपको ट्रफी नेपालमा ल्याइने ‘पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्नेगरी अगाडि बढिरहेका छौँ’ निर्वाचन लोकतन्त्रको असल अभ्यास : गृहमन्त्री अर्याल जोहरान ममदानी न्युयोर्कको मेयर पृथ्वीराजमार्गको जग्गा प्राप्ति, मुआब्जा निर्धारण तथा गुनासा समाधान गर्न उल्लेखनीय काम भए : प्रजिअ अधिकारी खालिदा जियालाई राजकीय विदाइ ‘राष्ट्रिय एकता र मेलमिलापको महत्त्व अहिले पनि सान्दर्भिक छ’ अत्यधिक चिसोमा पनि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको चहलपहल