कृष्ण कँडेल/फागुन ११, बागलुङ । विभिन्न कार्यक्रम गरि बुर्तिबाङमा फागुन १५ र १६ गते हुने मगर दिवश विशेष कार्यक्रम तथा उपराष्ट्रपति नन्दबहादुर पुन पासाङको नाग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कृष्ण कँडेल/फागुन ११, बागलुङ । विभिन्न कार्यक्रम गरि बुर्तिबाङमा फागुन १५ र १६ गते हुने मगर दिवश विशेष कार्यक्रम तथा उपराष्ट्रपति नन्दबहादुर पुन पासाङको नाग"/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

उपराष्ट्रपतिको अभिनन्दनमा नागरिक स्तरबाटै सहभागी हुन सवैमा अपिल

२०७३, ११ फाल्गुन बुधबार ०५:२८


कृष्ण कँडेल/फागुन ११, बागलुङ । विभिन्न कार्यक्रम गरि बुर्तिबाङमा फागुन १५ र १६ गते हुने मगर दिवश विशेष कार्यक्रम तथा उपराष्ट्रपति नन्दबहादुर पुन पासाङको नागरिक अभिनन्दन कार्यक्रमको तयारी तिब्र परिएको छ ।

मगर समाज सेवा केन्द्र बुर्तिबाङको आयोजनामा हुने कार्यक्रममा प्रश्तुत गर्नका लागि मगर संस्कृतिमा आधारित विभिन्न झाँकीको तयारी गरिएको छ । निसीको भल्कोटबाट झाँक्रि नाच, तमान र भिमगिठेबाट पञ्चोबाजा, अधिकारीचौरबाट कौडानाच तथा भिमगिठेबाट मारुनी नाच ल्याउने गरि तयारी भईरहेको उपाध्यक्ष सेरमान घर्तीले जानकारी दिनुभयो ।

गणतन्त्र नेपालका उपराष्ट्रपति पुनलाई नागरिक अभिनन्दन गरिने भएपछि पश्चिम बागलुङमा रहेका राज्य स्तरका कार्यालय, विभिन्न गैरसरकारी संघ संस्था र आम नागरिक स्तरका संस्था र सवै नागरिकलाई कार्यक्रममा सहभागी हुनका लागि पत्राचार भईसकेको छ । 


सहभागी सवैलाई आफ्नो संस्कृतिमा आधारित झाँकी तथा ब्यानर सहित संस्थागत रुपमा सहभागी भई उपराष्ट्रपतिको नागरिक अभिनन्दन गर्न अपिल गरिएको अध्यक्ष थमप्रकाश पुनले जानकारी दिनुभयो । 

कार्यक्रममा अभिनन्दन पत्र सहित उपराष्ट्रपतिलाई विशेष सम्मान गरिने र समाजसास्त्री तथा जनजाति आन्दोलनका अगुवा डाक्टर ओम गुरुङ, बरिष्ठ पत्रकार भवानी बराल, बागलुङका पुर्व जिविस सभापती लिलबहादुर थापा, राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण विजेता खेलाडी लगायत विशिष्ट व्यक्तित्वलाई सम्मान गर्ने तयारी गरिएको छ । 

कार्यक्रममा सहभागी विशिष्ट व्यक्तित्वबाट मगरको पहिचान, संस्कृति, मगर दिवशको महत्व लगायतका विषयमा सम्बोधन हुने आयोजकले जनाएको छ । सो अवसरमा चार्चित कलाकारहरु, कुमार पुन, राजु परियार, तिर्सना घर्ती, जुना श्रीस, निर आले लगायतले सांगितिक, सांस्कृतिक प्रश्तुति दिनेछन् । 


उपराष्ट्रपतिको सुरक्षा संवेदनशितालाई व्यवस्थापन गर्न र कार्यक्रममा सहभागी हुन बागलुङका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुख लगायत जिल्लाका सरकारी अधिकारी फागुन १४ गते बेलुका बुर्तिबाङ आउने कार्यक्रम छ । 

कार्यक्रमको अवसरमा आयोजना गरिएको ताराखेल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । प्रतियोगितामा प्रथम हुनेले ४० हजार र द्वितिय हुनेले २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । 

उपराष्ट्रति पुन फागुन १५ गते पोखरा विश्वविद्यालयको कार्यक्रममा सहभागी भएर दिउसो १ बजे कार्यक्रम स्थल बुर्तिबाङ आईपुग्ने कार्यक्रम तय भएकोछ ।  कार्यक्रममा उपराष्ट्रपति १ देखि २ घण्टा रहनुहुने आयोजकले जानकारी दिएको छ । कार्यक्रम सम्पन्न गर्न १४ लाख २८ हजार रुपैयाँ लाग्ने अनुमान गरिएको छ । 

नेपाली राजनितिमा स्थापित बर्तमान राष्ट्रिय मुद्धा तथा मुलुकै राजनितिक परिवर्तनमा विशेष योगदान गर्नुभएका उपराष्ट्रपति पुन, मगर समुदायबाट राष्ट्रको विशिष्ट पदमा पुग्नुभएकाले मगर दिवशमा नागरिक स्तरबाटै अभिनन्दन गर्न लागिएको आयोजकले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना