कृष्ण कँडेल/फागुन १५, बागलुङ । मगर सेवा समाज बुर्तिबाङले आयोजना गरेको ३५ औँ मगर दिवश विशेष कार्यक्रमको माओवादी केन्द्रका बरिष्ट नेता तथा पुर्व रक्षा मन्त्री"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कृष्ण कँडेल/फागुन १५, बागलुङ । मगर सेवा समाज बुर्तिबाङले आयोजना गरेको ३५ औँ मगर दिवश विशेष कार्यक्रमको माओवादी केन्द्रका बरिष्ट नेता तथा पुर्व रक्षा मन्त्री"/>

४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बुर्तिबाङमा मगर दिवस: माओवादी नेता बादलद्वारा उद्घाटन (फोटोफिचर)

१५ फाल्गुन २०७३, आईतवार १६:४४


कृष्ण कँडेल/फागुन १५, बागलुङ । मगर सेवा समाज बुर्तिबाङले आयोजना गरेको ३५ औँ मगर दिवश विशेष कार्यक्रमको माओवादी केन्द्रका बरिष्ट नेता तथा पुर्व रक्षा मन्त्री रामबहादुर थापा बादलले आज बुर्तिबाङमा उद्घाटन गर्नुभएको छ । एकीकृत मगरात प्रदेश निर्माणमा जुटौँ भन्ने मुख्य उद्घोष सहित कार्यक्रमको आयोजना गरिएको हो । 

उपराष्ट्रपति नन्दबहादुर पुन सारीरिक अस्वस्थताका कारण कार्यक्रममा आउन नसकेपछि नेता बादलले कार्यक्रमको उद्घाटन गर्नुभएको हो । 

उद्घाटनपछि बोल्दै उहाँले मगर दिवश विगतदेखि नै एकता, अन्दोलनको निरन्तरता, जातिय पहिचान, जतिय मुक्तिका लागि संगठित भएको अवसरको रुपमा मनाउने गरिएको बताउनुभो । उहाँले नयाँ संविधान मार्फत केहि अधिकार स्थापित भएको भन्दै थप अधिकारका लागि निरन्तर अभियानमा लाग्नुपर्नेमा जोड दिनुभयो । विगतमा बर्गिय तथा जातिय मुक्ति आन्दोलन माओवादी केन्द्रले स्थापित गरेको बताउँदै त्यसका टुङ्गोमा पु¥याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

अधिकार खोजीको आन्दोलन चालिरहेको भन्दै त्यसका लागि संगठित भएर लाग्नुपर्नेमा जोड दिनुभयो । उपराष्ट्रपतिका स्वकिय सचिव सुकबहादुर रोकाले आउने मन हुँदा हुँदै पनि स्वास्थ्य विग्रिएका कारण उपराष्ट्रपति पुन कार्यक्रममा आउन नसकेको सन्देश सुनाउनुभयो । 


कार्यक्रममा बरिष्ठ पत्रकार तथा विश्लेषक डाक्टर भवानी बरालले अहिलेको राष्ट्रियताको परिभाषा अपुरो भएको बताउनुभयो । उहाँले राष्ट्रियता भनेको भुगोलमात्र नभएर साझा पहिचान, संस्कृति, भावना भएको बताउनुभयो । उहाँले मगर, तमु, लिम्बु आदी जातियता नभई राष्ट्रियता भएको बताउनुभयो । उहाँले पहिचान सहितको राज्य विभाजन र नामाकरया आवश्यक रहेकोमा जोड दिनुभयो । 

कार्यक्रममा नेपाल मगर संघका पुर्बअध्यक्ष तथा बर्तमान सल्लाहकार संयोजक नरेन्द्र थापा मगर, नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा बागलुङका पुर्व जिल्ला विकास समिति सभापती लिलबहादुर थापा मगर, मगर समाज सेवा केन्द्र बुर्तिबाङका सल्लाहकार निलबहादुर पुन लगायतले मगर दिवशको महत्व, मगर पहिचान लगायतका बारेमा सम्बोधन गर्नुभएको थियो । 


कार्यक्रममा प्रमुख अतिथि माओवादी नेता रामबहादुर थापा बादल, बरिष्ठ पत्रकार भावनी बराल, प्राध्यापक कुलबहादुर राना मगर, एकीकृत सेवा केन्द्र बुर्तिबाङका प्रमुख जनक थापा, मालपोत कार्यालय बुर्तिबाङका प्रमुख नारायण घर्ती, ईप्रका बुर्तिबाङका प्रमुख कृष्ण राना मगर राष्ट्रिय खेलकुदमा स्वण विजेता खेलाडीहरु बसन्ती बुढा मगर र दिनेश वुढा मगर तथा झकेन्द्र घर्ती मगरलाई सम्मान गरिएको थियो । 

कार्यक्रममा मगर संस्कृतिमा आधारित विभिन्न झाँकी, भुषभुषा तथा खेल कौसल पनि प्रश्तुत गरिएको थियो । कार्यक्रम सुरु हुनुअघि देवचोक देखि सुर भएको ¥याली प्रसासन टोल हुँदै बुर्तिबाङ बसपार्कमा गएर कार्यक्रममा परिणत भएको थियो । 


सो अवसरमा एकीकृत मगरात प्रदेश घोषणा गर लगायतका नारा लगाार्ईको थियो । 

आज चर्चित कलाकारहरु कुमार पुन, तिर्सना घर्ती लगायतका कलाकारहरुले आफ्नो प्रश्तुति दिएका छन् । भोली पनि चल्ने कार्यक्रममा कलाकारहरु राजु परियार, जुना श्रीस र हाँस्यकलाकार निर आले सहित मगरको संस्कृतिमा आधारित झाँकी प्रश्तुत गरिने आयोजकले जनाएको छ । 

उद्घाटन कार्यक्रम मगर सेवा समाज बुर्तिबाङका अध्यक्ष थमप्रकाश पुनको अध्यक्षता, कोषाध्यक्ष तेजकुमारी घर्तीको स्वागत र सञ्चारकर्मी प्रशान्त घर्तीको सञ्चालनमा सम्पन्न भएको थियो । उद्घाटन कार्यक्रमको रेडियो बुर्तिबाङले प्रत्यक्ष प्रसारण गरेको थियो । 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव