२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलाका महिलाहरु पुर्ण संस्थागत सुत्केरी गाबिस घोषणाको तयारीमा सक्रिय

१० चैत्र २०७३, बिहीबार ०२:१४

लोकेन्द्र प्रशाद जोशी/चैत १०, दार्चुला । नौगाड गाउँपालीकाको  सिप्टी स्वास्थ्य चौकिमा संस्थ्यागत सुत्केरी प्रबद्र्धन तथा परिवार नियोजनको आपुर्ति न्युनिकरण सम्बन्धी १ दिने अन्तरक्रिर्या कार्यक्रमको आयोजना गरीएको छ । 

अन्तरक्रिर्या कार्यक्रमलाइ सम्बोधन गर्दै  जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख डा. रबिरञ्जन शाहले आर्थीक बर्ष २०७२/०७३ को जिल्ला स्वस्थ्य कार्यालयको मुल्याङकनमा सिप्टी स्वास्थ्य चौकि दोस्रो स्थानमा रहेको स्मरण गर्दै पुर्ण संस्थागत सुत्केरी क्षेत्र घोषणाको तयारीमा लाग्न आग्रह गर्नुभएको थियो ।  

कार्यक्रममा सेवा क्षेत्र भित्रका सम्पुर्ण महिलाहरु सुरक्षित रुपमा स्वास्थ्य चौकिमा आएर सुत्केरी हुन थालेपछि गाबिसलाइ पुर्ण संस्थागत सुत्केरी गाबिस घोषणाको तयारी भइरहेको स्वास्थ्य चौकि प्रमुख जयराज भट्टले बताउँनुभयो । 

अहिले सेवा क्षेत्रभरी स्वास्थ्य स्वयमसेबिकाहरुले समेत महिलाहरुमा सुरक्षित सुत्केरीको महत्वबारे जनचेतना बृद्धि अभियानमा लागीरहेका छन । पहिलेको तुलनामा ग्रामिण महिलाहरुमा समेत स्वास्थ्य संस्थामै सुत्केरी गराउदा सुरक्षित भइन्छ भन्ने भावनाको बिकास हुन थालेको साबिकको सिप्टी गाबिसको वडा नम्बर ६ का स्वास्थ्य स्वयमसेबिका माया धामीको भनाइ छ । 

पहिलेपहिले सुत्केरी ब्यथाको समयमा महिलाहरु स्वास्थ्य संस्थामा जान हिचकिचाउँने र परम्परागत रुढिबादीको कारण स्वास्थ्य संस्थामा जान अटेर गर्ने गरेकोमा अहिले आएर सोचमा परिबर्तन भएको स्थानीय महिला हसुली धामीले बताउँनुभयो । 

यसअघि साबिकको हिकिला गाबिसलाइ जिल्लाकै पहिलो पुर्ण संस्थ्यागत सुत्केरी गाबिस घोषणा गरीएको थियो ।  स्वास्थ्य चौकि सिप्टीका ब्यबस्थापन सदस्य द्रोपति ठगुन्नाको अध्यक्षतामा सञ्चालीत अन्तरक्रिर्या कार्यक्रममा  जिल्ला अस्पताल दार्चुलाका प्रमुख डा. रबिरञ्जन साहको प्रमुख आतिथ्यता तथा डा. नबराज बास्ताकोटिको बिशिष्ट आतिथ्य रहेको थियो । 

यसैबिच जिल्ला अस्पताल दार्चुलाको आयोजनामा नौगाड गाउँपालिकाको सिप्टीमा आयोजना गरीएको परिवार नियोजनको स्थाइ बन्ध्याकरण शिबिरबाट ४ जना पुरुषले सेवा लिएका छन । सिप्टी स्वास्थ्य चौकिमा मंगलबार र बुधबार सञ्चालन भएको शिबिरमा शेरी गाबिसका ३ र सिप्टी गाबिसका १ जना पुरुषले सेवा लिएका हुन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला