४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

ज्वालामुखी गाउँपालिकाको सुख्खा डाँडामा पानी आएपछि खुसियाली

१३ असार २०७४, मंगलवार ०७:४६


असार १३, धादिङ । ज्वालामुखी गाउँपालिका–५, खरीको रानीपोखरीमा जमिनमुनिबाट पानी निकालिएपछि गाउँबासीमा खुसियाली छाएको छ । 

पानीको अभावले बिहानभरि पानी बोक्नुपर्ने बाध्यता आएको अवस्थामा सुक्खा डाँडामा पानीको धारा नै आएपछि हर्ष छाएको खरी गाविसका पूर्वाध्यक्ष रामहरि पोखरेलले बताउनुभयो । लामो समयदेखि खरीमा पानीको समस्या आएपछि जमिनमुनिबाट डिप बोरिङ गरी पानी निकालिएको थियो । 

“गाउँलेले पानी आउँछ भन्ने नै विश्वास गरेनन् । यन्त्र ल्याएर पानी निकालेपछि गाउँबासी हर्षित भएकाले अब जिल्ला समन्वय समिति र डिसिए नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहयोगमा खानेपानी योजना निर्माण गरिने छ”, पोखरेलले बताउनुभयो । डिटिएच रक डिलिङ कम्पनी र पूर्व गाविस अध्यक्ष पोखरेलले गाउँमा पानीको समस्या आएपछि रु चार लाख खर्च गरेर यन्त्र ल्याई पानी निकालिएको हो । 

सुख्खा डाँडामा यन्त्रले डिप बोरिङका लागि खनेपछि १२० मि तल पानी भेटिएको थियो । पानी दीर्घकालीन रुपमा निकालेर गाउँवासीले प्रयोग गर्न सकून् भनेर २०५ मि तलबाट पानी निकालिएको छ । यसो गर्दा पानीको गुणस्तर राम्रो हुने र दीर्घकालीन रुपमा पानी पुग्ने कम्पनीले जिकिर गरेको छ । 

हाल साढे ३ इन्च मोटो पाइपमा पानी निस्किएको छ । यसरी हेर्दा प्रतिघन्टा ३० हजार लि सफा पानी खानयोग्य हुने गरी बाहिर निकालिएकाले गाउँमा पानीको समस्या हल हुने पोखरेलको भनाइ छ । रानीपोखरी, धुसेनीलगायत स्थानमा ५२० घरले सो पानी उपभोग गर्ने गरी रु ४० लाखको लागतमा योजना निर्माण गरिने योजना छ । 

भूकम्पपछि गाउँमा पानीको हाहाकार भइरहेकाले धुसेनी कामीडाँडामा २५०, अम्बोटे पोखरीमा २००, भत्केको पौवामा २०० र अन्नपूर्ण घलेडाँडामा ३०० घरका लागि यसरी नै डिप बोरिङ गरेर पानी निकाली गाउँमा वितरण गर्ने योजना छ । एक हप्ताको अनुभव हेरी कम्पनी र पूर्वगाविस अध्यक्ष पोखरेलले पानी ननिस्केमा व्यक्तिगत खर्च गर्ने र पानी निस्किएमा योजना सञ्चालन गर्ने गरी काम सुरु गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा