असार २१, काठमाडौं । मनमोहन मेमोरियल मेडिकल कलेजमा पत्थरीको अप्रेसन गर्न आएका एक बिरामीको मिर्गौला निकालिएको छ । 

नुवाकोट विदुर नगरपालिका–१२ का ३२ वर्षीय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार २१, काठमाडौं । मनमोहन मेमोरियल मेडिकल कलेजमा पत्थरीको अप्रेसन गर्न आएका एक बिरामीको मिर्गौला निकालिएको छ । 

नुवाकोट विदुर नगरपालिका–१२ का ३२ वर्षीय"/>

२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिरामीको जीवनमाथि मनमोहन अस्पतालको खेलवाड: पत्थरीको अप्रेसन गर्दा मिर्गौला निकालियो

२१ असार २०७४, बुधबार ०१:४५


असार २१, काठमाडौं । मनमोहन मेमोरियल मेडिकल कलेजमा पत्थरीको अप्रेसन गर्न आएका एक बिरामीको मिर्गौला निकालिएको छ । 

नुवाकोट विदुर नगरपालिका–१२ का ३२ वर्षीय शिवप्रसाद रिमालको मिर्गौला झिकिएको हो । अप्रेसन गरेको स्थानबाट निरन्तर रक्तश्राव भएपछि बिरामीका आफन्तले अस्पतालमा सिकायत गरेका थिए । त्यसपछि मात्र अप्रेसन गर्दा मिर्गौला फुटेका कारण चिकित्सकहरूले निकालेको अस्पताल प्रशासनले स्विकारेको थियो ।

जबर्जस्ती सम्झौतापत्र

रिमाल पत्थरीको अप्रेसन गर्न गत २५ जेठमा अस्पताल भर्ना भएका थिए । अप्रेसन गर्ने क्रममा चिकित्सकहरूले मिर्गौला निकालेको रिमाल परिवारले बताएको छ । घटना सार्वजनिक हुने डरले अस्पताल प्रशासनले विभिन्न प्रलोभनमा पारेर जबर्जस्ती सम्झौतापत्रमा हस्ताक्षर गराएको रिमालकी पत्नी रञ्जुले बताइन् ।

डा.गुणराज श्रेष्ठ नेतृत्वको चिकित्सक टोलीले रिमालको पत्थरी अप्रेसन गर्ने क्रममा देब्रेपट्टिको मिर्गौला निकालेका हुन् । ‘सामान्य परिवारको भएकाले घरपरिवार धान्न वैदेशिक रोजगारको सिलसिलामा साउदी अरब गएको थिएँ । एक वर्षअघि मात्रै नेपाल आएको हुँ । स्वास्थ्यमा समस्या देखिएपछि आफन्तको सहयोगमा स्वास्थ्य परीक्षण गराउन मनमोहन मेमोरियल मेडिकल कलेज आएको हुँ । तर, अस्पतालले मेरो जीवन नै बर्बाद गरिदियो,’ बिरामी रिमालले भने ।

मिर्गौला निकालेको तत्काल जानकारी

अस्पताल प्रशासनले पत्थरीको अप्रेसन गर्दा मिर्गाैला फुटेकाले निकालेको पीडित परिवारलाई जानकारी दिएको दाबी गरेको छ । तर, पीडित परिवार भने मिर्गौला निकालिएपछि मात्रै जानकारी दिएको बताउँछ ।

‘हामीलाई समस्या आएकोबारे सुरुमा कुनै जानकारी दिइएन,’ पीडितका दाजु दामोदरले भने, ‘एकैचोटि मिर्गाैला निकाल्यौँ, सहमति गर्न आउनुस्, तपार्इंहरूका माग हामी पूरा गर्छौँ भने । हामी आत्तियौँ ।’ अस्पताल प्रशासनले पीडित पक्षलाई भित्र बोलाई दबाब र धम्कीका भरमा ६ बुँदे सम्झौता गर्न लगाएको दामोदरले बताए । ‘मैले केही जानेको थिइनँ, भाइलाई सुनाउँदा झन् समस्या हुने भएकाले मैले अन्जानमा हस्ताक्षर गरेको हो,’ उनले भने ।

मिर्गाैला सामान्य अवस्थामा समेत नरहेकाले निकाल्नु परेको अस्पताल प्रशासनले जनाएको छ । ‘शिवप्रसाद रिमालको दुवै मिर्गौलामा पत्थरी देखिएको थियो । बायाँतर्फको मिर्गौला सामान्य अवस्थामा नभई केही तल रहेकाले २ सेमीको पत्थरीको शल्यक्रिया गरेर निकाल्ने सहमति भएअनुसार गरिएको हो । अप्रेसन गर्ने क्रममा अचानक मिर्गौलाबाट आन्तरिक रक्तश्राव भएको र वैज्ञानिक तवरबाट पनि नियन्त्रण नभएकाले ज्यान बचाउन सहमतिमै मिर्गौला निकालिएको हो,’ अस्पतालले गरेको सम्झौतापत्रमा उल्लेख छ ।

झुक्याएर गरिएको सम्झौता मान्य नहुने बिरामी शिव रिमालले बताए । ‘मेरो स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ । यस्तो लापरबाही गर्ने अस्पताल र सम्बन्धित चिकित्सकमाथि हदैसम्मको कारबाही हुनुपर्छ,’ उनले भने ।

सबै सहमति भएकाले समस्या छैन : अस्पतालका कर्मचारी

मेडिकल कलेजमा घटनाबारे जानकारी लिन खोज्दा अस्पताल प्रशासनसँग सम्बन्धित कसैले बोल्न चाहेनन् । अस्पतालका कर्मचारी जीवनप्रकाश शर्माले भने पुरानो घटना भएको र सबै सहमति भएकाले समस्या नभएको बताए ।

पीडितलाई फकाउन यस्तो सम्झौता

-बिरामीको अप्रेसनको निःशुल्क उपचार गर्ने र एउटा विशेषज्ञ चिकित्सकको टोली बनाई अस्पतालले विशिष्ट उपचारको प्रबन्ध गर्ने ।

-हाल एउटा मिर्गौलाले काम गरिरहेको अवस्थामा अर्को मिर्गौला प्रत्यारोपण गर्न नमिल्ने भएका कारण भविष्यमा अर्को मिर्गौलाले पनि काम नगरेमा अस्पतालले मिर्गौला प्रत्यारोपण गरिदिने ।

-बिरामीको मिर्गौला र सोसँग सम्बन्धित समस्या आइपरेमा अस्पतालले निःशुल्क उपचार गरिदिने ।

-बिरामीकी श्रीमती रञ्जु रिमाललाई १ साउनदेखि लागू हुने गरी अस्पतालमा रोजगारीको व्यवस्था गर्ने र पीडित शिवप्रसाद रिमाललाई पनि उपचारपछि रोजगारी उपलब्ध गराउने ।

-बिरामीका दुई छोराछोरीलाई राम्रो विद्यालयमा पढाउने र स्वास्थ्य उपचारको हकमा अस्पतालका कर्मचारी परिवारसरह सुविधा दिने । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य