असार २१, काठमाडौं । मनमोहन मेमोरियल मेडिकल कलेजमा पत्थरीको अप्रेसन गर्न आएका एक बिरामीको मिर्गौला निकालिएको छ । 

नुवाकोट विदुर नगरपालिका–१२ का ३२ वर्षीय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार २१, काठमाडौं । मनमोहन मेमोरियल मेडिकल कलेजमा पत्थरीको अप्रेसन गर्न आएका एक बिरामीको मिर्गौला निकालिएको छ । 

नुवाकोट विदुर नगरपालिका–१२ का ३२ वर्षीय"/>

२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिरामीको जीवनमाथि मनमोहन अस्पतालको खेलवाड: पत्थरीको अप्रेसन गर्दा मिर्गौला निकालियो

२०७४, २१ असार बुधबार ०१:४५


असार २१, काठमाडौं । मनमोहन मेमोरियल मेडिकल कलेजमा पत्थरीको अप्रेसन गर्न आएका एक बिरामीको मिर्गौला निकालिएको छ । 

नुवाकोट विदुर नगरपालिका–१२ का ३२ वर्षीय शिवप्रसाद रिमालको मिर्गौला झिकिएको हो । अप्रेसन गरेको स्थानबाट निरन्तर रक्तश्राव भएपछि बिरामीका आफन्तले अस्पतालमा सिकायत गरेका थिए । त्यसपछि मात्र अप्रेसन गर्दा मिर्गौला फुटेका कारण चिकित्सकहरूले निकालेको अस्पताल प्रशासनले स्विकारेको थियो ।

जबर्जस्ती सम्झौतापत्र

रिमाल पत्थरीको अप्रेसन गर्न गत २५ जेठमा अस्पताल भर्ना भएका थिए । अप्रेसन गर्ने क्रममा चिकित्सकहरूले मिर्गौला निकालेको रिमाल परिवारले बताएको छ । घटना सार्वजनिक हुने डरले अस्पताल प्रशासनले विभिन्न प्रलोभनमा पारेर जबर्जस्ती सम्झौतापत्रमा हस्ताक्षर गराएको रिमालकी पत्नी रञ्जुले बताइन् ।

डा.गुणराज श्रेष्ठ नेतृत्वको चिकित्सक टोलीले रिमालको पत्थरी अप्रेसन गर्ने क्रममा देब्रेपट्टिको मिर्गौला निकालेका हुन् । ‘सामान्य परिवारको भएकाले घरपरिवार धान्न वैदेशिक रोजगारको सिलसिलामा साउदी अरब गएको थिएँ । एक वर्षअघि मात्रै नेपाल आएको हुँ । स्वास्थ्यमा समस्या देखिएपछि आफन्तको सहयोगमा स्वास्थ्य परीक्षण गराउन मनमोहन मेमोरियल मेडिकल कलेज आएको हुँ । तर, अस्पतालले मेरो जीवन नै बर्बाद गरिदियो,’ बिरामी रिमालले भने ।

मिर्गौला निकालेको तत्काल जानकारी

अस्पताल प्रशासनले पत्थरीको अप्रेसन गर्दा मिर्गाैला फुटेकाले निकालेको पीडित परिवारलाई जानकारी दिएको दाबी गरेको छ । तर, पीडित परिवार भने मिर्गौला निकालिएपछि मात्रै जानकारी दिएको बताउँछ ।

‘हामीलाई समस्या आएकोबारे सुरुमा कुनै जानकारी दिइएन,’ पीडितका दाजु दामोदरले भने, ‘एकैचोटि मिर्गाैला निकाल्यौँ, सहमति गर्न आउनुस्, तपार्इंहरूका माग हामी पूरा गर्छौँ भने । हामी आत्तियौँ ।’ अस्पताल प्रशासनले पीडित पक्षलाई भित्र बोलाई दबाब र धम्कीका भरमा ६ बुँदे सम्झौता गर्न लगाएको दामोदरले बताए । ‘मैले केही जानेको थिइनँ, भाइलाई सुनाउँदा झन् समस्या हुने भएकाले मैले अन्जानमा हस्ताक्षर गरेको हो,’ उनले भने ।

मिर्गाैला सामान्य अवस्थामा समेत नरहेकाले निकाल्नु परेको अस्पताल प्रशासनले जनाएको छ । ‘शिवप्रसाद रिमालको दुवै मिर्गौलामा पत्थरी देखिएको थियो । बायाँतर्फको मिर्गौला सामान्य अवस्थामा नभई केही तल रहेकाले २ सेमीको पत्थरीको शल्यक्रिया गरेर निकाल्ने सहमति भएअनुसार गरिएको हो । अप्रेसन गर्ने क्रममा अचानक मिर्गौलाबाट आन्तरिक रक्तश्राव भएको र वैज्ञानिक तवरबाट पनि नियन्त्रण नभएकाले ज्यान बचाउन सहमतिमै मिर्गौला निकालिएको हो,’ अस्पतालले गरेको सम्झौतापत्रमा उल्लेख छ ।

झुक्याएर गरिएको सम्झौता मान्य नहुने बिरामी शिव रिमालले बताए । ‘मेरो स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ । यस्तो लापरबाही गर्ने अस्पताल र सम्बन्धित चिकित्सकमाथि हदैसम्मको कारबाही हुनुपर्छ,’ उनले भने ।

सबै सहमति भएकाले समस्या छैन : अस्पतालका कर्मचारी

मेडिकल कलेजमा घटनाबारे जानकारी लिन खोज्दा अस्पताल प्रशासनसँग सम्बन्धित कसैले बोल्न चाहेनन् । अस्पतालका कर्मचारी जीवनप्रकाश शर्माले भने पुरानो घटना भएको र सबै सहमति भएकाले समस्या नभएको बताए ।

पीडितलाई फकाउन यस्तो सम्झौता

-बिरामीको अप्रेसनको निःशुल्क उपचार गर्ने र एउटा विशेषज्ञ चिकित्सकको टोली बनाई अस्पतालले विशिष्ट उपचारको प्रबन्ध गर्ने ।

-हाल एउटा मिर्गौलाले काम गरिरहेको अवस्थामा अर्को मिर्गौला प्रत्यारोपण गर्न नमिल्ने भएका कारण भविष्यमा अर्को मिर्गौलाले पनि काम नगरेमा अस्पतालले मिर्गौला प्रत्यारोपण गरिदिने ।

-बिरामीको मिर्गौला र सोसँग सम्बन्धित समस्या आइपरेमा अस्पतालले निःशुल्क उपचार गरिदिने ।

-बिरामीकी श्रीमती रञ्जु रिमाललाई १ साउनदेखि लागू हुने गरी अस्पतालमा रोजगारीको व्यवस्था गर्ने र पीडित शिवप्रसाद रिमाललाई पनि उपचारपछि रोजगारी उपलब्ध गराउने ।

-बिरामीका दुई छोराछोरीलाई राम्रो विद्यालयमा पढाउने र स्वास्थ्य उपचारको हकमा अस्पतालका कर्मचारी परिवारसरह सुविधा दिने । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह