पूर्णप्रसाद न्यौपाने/असार २१, ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले विकास निर्माणको काम सुरु गरेका छन् । 

मंगलबार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पूर्णप्रसाद न्यौपाने/असार २१, ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले विकास निर्माणको काम सुरु गरेका छन् । 

मंगलबार"/>

४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

सिद्धिचरणका मेयरद्धारा सपथ खाएको १५ घण्टा नवित्दै विकास निर्माणको काम सुरु

२१ असार २०७४, बुधबार १०:५३


पूर्णप्रसाद न्यौपाने/असार २१, ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले विकास निर्माणको काम सुरु गरेका छन् । 

मंगलबार सपथ ग्रहण गरेका मेयर सहितका जनप्रतिनिधिहरुले सपथ ग्रहण गरेको भोलिपल्ट बाटै विकास निर्माणको काम सुरु गरेका हुन् । ओखढुंगाको सिद्धिचरण नगरपालिकाका मेयर र उपमेयरले बुधबार बिहानै नगरपालिका क्षेत्र भित्रै भ्यूटावर शिलान्याश गरेर कार्य प्रारम्भ गर्नुभएको छ । मेयर मोहनकुमार श्रेष्ठ र उपमेयर इच्छाकुमारी गुरुङले नवनिर्वाचत वडाका पदाधिकारी र सांसदहरु यज्ञराज सुनुवार सकुन्तला राजभण्डारी सहितको सहभागितामा भ्यूटावर शिलान्यास गर्नुभएको हो ।

भ्यूटावरको शिलान्यास गर्दै नगरपालिकाका मेयर श्रेष्ठले एक वर्षमा टावर निर्माण सकिने गरी काम हुने प्रतिबद्धता जनाउनुभयो । सदरमुकाम नजिकै रहेको करिब २२ सय मिटरको उचाइमा अवस्थित लगलगेबाट देशका विभिन्न स्थान र हिमश्रृङ्खला अवलोकन गर्न सकिने जनाईएको छ ।


लगलगेमा टावर निर्माण भएपछि सल्लेरीमा होमस्टे र सगरमाथा जाने पदमार्ग बनाउने लक्ष्य रहेको श्रेष्ठले बताउनुभयो । सिद्धिचरण नगरलाई देशकै समृद्ध नगर बनाउने आफ्नो लक्ष्य रहेको मेयर श्रेष्ठको भनाई छ । लगलगेमा हाइकिङको समेत संभावना रहेकाले संभाव्यता अध्ययन गर्न लगलगे पुगेका संचारकर्मीहरुले मेयर श्रेष्ठलाई सुझाव दिएका छन् ।

यसैबिच सांसद यज्ञराज सुनुवारले पर्टकनको प्रबल सम्भावना भएकाले ओखलढुंगामा पर्यटन प्रवद्र्धनका कार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । भ्यूटावर शिलान्याश पछि सञ्चारकर्मीहरुलाई प्रक्रिया दिँदै सांसद सुनुवारले आफु निर्वाचित भएपछि पर्यटनका क्षेत्रमा अध्ययन गरेर योजनाहरु अघिसारेको स्मरण गर्दै अब जनप्रतिनिधिहरुले त्यसलाई निरञ्तरता दिनुपर्ने बताउनुभयो । 

लगलगेमा भ्यूटावर र सदरमुकाममा श्रष्टापार्क निर्माण पछि  पर्यटक भित्राउन सकिने उहाँको भनाई छ । जिल्लाका सबै पालिकामा पर्यटनको प्रचुर सम्भावना रहेको भएपनि पुर्वाधार निर्माण र आवश्यक प्रचारप्रसार नहुँदा पर्यटकीय स्थलहरु ओझेलमा परेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता