नन्दराम जैशी/असार २३, जुम्ला । जुम्लाका सरोकारवाला निकायले आफुहरुलाइ उपेक्षा गरेको जुम्लाका बालबालिकाले बताएका छन् । 

बालबालिकाले आयोजना गर्न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नन्दराम जैशी/असार २३, जुम्ला । जुम्लाका सरोकारवाला निकायले आफुहरुलाइ उपेक्षा गरेको जुम्लाका बालबालिकाले बताएका छन् । 

बालबालिकाले आयोजना गर्न"/>

२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

सरोकारवाला निकायले उपेक्षा गरेको बालबालिकाको आरोप

२३ असार २०७४, शुक्रबार ०७:५३


नन्दराम जैशी/असार २३, जुम्ला । जुम्लाका सरोकारवाला निकायले आफुहरुलाइ उपेक्षा गरेको जुम्लाका बालबालिकाले बताएका छन् । 

बालबालिकाले आयोजना गर्ने अधिकांश कार्यक्रममा सरोकारवाला निकायको उपस्थीति नहुनेहुँदा आफुहरुलाइ उपेक्षा गरेको जुम्लाका बालबालिकाहरुको भनाइ छ । बालबालिकाले आयोजना गर्ने छलफल, गोष्ठि, अभिमुखिकरण लगाएतका जनचेतना मुलक कार्यक्रममा जिल्ला स्थीत सरोकारवाला निकायको उल्लेख्य उपस्थीति नभएपछि आफुहरु उपेक्षामा परेको बालबालिकाले गुनासो गरेका छन् । 

जुम्ला बजारमा बिहिबार सम्पन्न भएको नगर स्तरीय बालसंजालका प्रतिनिधिहरुलाइ क्षमता विकास सम्बन्धी तिनदिने अभिमुखिकरणको समापनका अवसरमा बालबालिकाहरुले यस्तो बताएका हुन् । नगर बालसंजालका अध्यक्ष ईश्वर खत्रिले भन्नुभयो, अभिमुखिकरणको समापनमा सहभागिताका लागि जिल्लाका ३० बढि सरकारी तथा गैरसरकारी कार्यालयलाइ पत्र काटेका थियौ, कसैपनि सहभागिता भएन । 

पत्र काट्ने मात्र होइन टेलिफोन पनि धेरै पटक गर्यौ, बालबालिकाको कार्यक्रम त हो नि भनेर सरोकारवाला निकाय वास्था गर्दैनन् उहाले गुनोसो गर्नुभयो । हामिले यस अघि पनि धेरै कार्यक्रम गर्यौ तर कहिले पनि सोचे अनुसार कार्यक्रम हुदैन । 

हाम्रा कार्यक्रममा सरोकारवाला निकाय सहभागिता भएपनि हामि खुसि हुन्थ्यौ अध्यक्ष खत्रिले भन्नुभयो । बालिका अनिता नेपालिले भन्नुभयो, जिल्लाका सरकारी तथा गैर सरकारी निकाय, राजनितिक दल, पत्रकार, प्रहरी, प्रशासन लगाएतका निकायलाइ बालबालिकाद्धारा आयोजित कार्यक्रममा आफुले गरेका क्रियाकलाप जानकारी गराउनुका साथै अनुभव आदान प्रदान गर्न चाहान्छौ तर उनिहरुको नै कार्यक्रममा सहभागि नभएपछि हामिले कसलाइ सुनाउने उहाले गुनासो गर्नुभयो । बालअधिकारका बिषयमा हामि आवाज त उठाउछौ तर कार्यान्वयन गर्ने निकाय मौन रहेजस्तो लाग्छ बालिका नेपालिले भन्नुभयो । 

साथै आगामि दिनका कार्यक्रममा सरोकारवाला निकायले आफुहरुलाइ उपेक्षा नगरुन भन्दै उहाले सबैको ध्यानाकर्षण गराउनुभयो । नगर बालसंजालका सचिब प्रकाश देबकोटाले जिल्लाका सरोकारवालाहरु भत्ता धेरै पाइने आशामा विभिन्न अनुगमनका कार्यक्रममा जाने गरेकाले पनि बालबालिकाका कार्यक्रमलाइ उपेक्षा गरेको बताउनुभयो । 

जिल्लामा धमाधम असारे विकास भैरहेकाले पनि विकासे कामको अनुगमन तथा दैनिक बैठकमा ब्यक्त रहेका कार्यालय प्रमुखहरु आफ्ना कार्यक्रममा उपस्थीत हुन नसकेको बालबालिकाको आरोप छ । 

टोल, गाँउ समाज, छरछिमेक तथा विद्यालयमा बालअधिकारका बिषयमा छलफल गर्नुका साथै बाल हिंसाको बिषयमा आवाज उठाउने गरेपनि सरोकारवालाको साथ नहुदाँ समस्या भएको बालक खेमराज बुढ्थापाले बताउनुभयो । 

उहाले भन्नुभयो बालमैत्रि स्थानिय शासन लागु नभएसम्म देश विकास संभव छैन, त्यसैले हरेक स्थानिय निकायमा बालमैत्रि स्थानिय शासनको अवलम्बन गर्नु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य