८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन मिल्ने उम्मेदवार मेयर बनेपछि शंकरले निःशुल्क काटे ६० जनाको दारी र कपाल

२४ असार २०७४, शनिबार ०२:४२


असार २४, डडेल्धुरा । डडेल्धुरा सदरमुकाम बागबजार स्थित शिव शंकर हेयर ड्रेसरमा शुक्रवार ६० जनाको कपाल र दारी निशुल्क काटिएको छ । 

स्थानीय तहको हालै सम्पन्न दोस्रो चारणको निर्वाचनमा डडेल्धुराको अमरगढी नगरपालिकामा नेकपा ऐमालेको तर्फबाट विशेश्वर प्रसाद ओझा (बिपिन) ले प्रमुखमा बिजय बिजय हासिल गरेपछि सोही खुसियालीमा कपाल र दाह्ी निशुल्क रुपमा काटिएको हो ।

 बिपिन मेरो मन मिल्ने मान्छे हुन उनले नगरप्रमुखमा बिजय हासिल गरेका छन् शिव शंकर हेयर ड्रेसरका प्रोपराईटर विश्वनाथ ठाकुरले भने ‘त्यसैले खुसियालीमा मैले शुक्रवारको दिन सबै ग्राहकलाई निशुल्क अफर दिएर सेवा दिएको हु ।’ उनले यो निशुल्क अफर कुनै पार्टीको जित हार भन्दा पनि आफ्नो आत्मीय उम्मेदवारले जित हासिल गरेको उपलक्ष्यमा दिएको बताएका छन् ।

 उनले मेयर बनेका ओझालाई टिका लगाई, दोसल्ला ओडाएर सम्मान व्यक्त गर्दे सेवाको सुरुवात गरेका थिए । नगरप्रमुख ओझाले पनि ठाकुरको यो सम्मानले आफुलाई निकै खुसि तुल्याएको र झन् हौसला र उत्प्रेरणा प्रदान भएको प्रतिक्रिया दिएका छन् ।

 ठाकुरले बिहान सात बजे देखि साझको सात बजे सम्म ६० जना ग्राहकलाई सेवा दिएका हुन् । एउटै परिवारका चारजना व्यक्ति आएर समेत उत्साहीत हुदै सेवा लिएको ठाकुरले बताएका छन् । आफुले खु्सियालीका साथ प्रदान गरेको निशुल्क सेवा लिन अरु दिनको तुलनामा दोव्वर ग्राहक आएको भन्दै उनले खुसि व्यक्त गरेका छन् ।

 निशुल्क रुपमा प्रदान गरिएको सेवा लिएका ग्राहकहरुले सराहनिए काम गरेको भन्दै राम्रो प्रतिक्रिया दिएको उनले सुनाए । उनले करिव ७ दिन सम्म फेसबुक र रेडियो युनिटी मार्फत अफरको वारेमा प्रचार प्रसार गरेका थिए । रौतहट जिल्लाको बसन्तपुरमा स्थायी घर भएका ठाकुर चारजनाको परिवार सहित २०६६ देखि निरन्तर रुपमा डडेल्धुरामा शैलुन व्यवसाय गर्दे आईरहेका छन् । -बिरेन्द्र जैरुको सहयोगमा  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने