दलसिंह गिरी/असार २५, कालिकोट । अहिले विश्वमै बढ्दो अवस्थामा रहेको जलबायु परिवर्तनका कारण मानव जिबनमा परेको असर विशेष गरी पहाडी किसानहरुको जिबन स्तरमा परेको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/असार २५, कालिकोट । अहिले विश्वमै बढ्दो अवस्थामा रहेको जलबायु परिवर्तनका कारण मानव जिबनमा परेको असर विशेष गरी पहाडी किसानहरुको जिबन स्तरमा परेको "/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कालिकोटका जनप्रतिनिधि भन्छन, ‘आशाको आसा निरासामा बदलिन दिने छैनौ’

२५ असार २०७४, आईतवार ०२:२५


दलसिंह गिरी/असार २५, कालिकोट । अहिले विश्वमै बढ्दो अवस्थामा रहेको जलबायु परिवर्तनका कारण मानव जिबनमा परेको असर विशेष गरी पहाडी किसानहरुको जिबन स्तरमा परेको असरलाई न्यूनिकण गर्न संचालित पहाडी साना किसानका लागि अनुकुलन आयोजना (आसा) कार्यक्रम स्थानीय कृषकहरुका लागि साच्चिैकै आशा लाग्दो रहेको कालिकोटका नव निर्वाचित जनप्रतिनिधिहरुले बताएका छन् । 

आसा कार्यक्रमको आयोजनामा जिल्ला सदरमुकाम मान्म खाडाचक्रमा संचालित बार्षिक समिक्षा तथा समन्वयात्मक छलफल कार्यक्रममा बोल्दै नव निर्वाचित जनप्रतिनिधिहरुले आसा कार्यक्रममा ग्रामिण स्तरका कृषक समुदायहरुले प्रत्यक्ष लाभ लिन सक्ने बहुउपयोगी र बहुआयामिक खालका आशालाग्दा कार्यक्रमहरु रहेको भन्दै यस्तो कुरा बताएका हुन् । 

आसा कार्यक्रमका जिल्ला संयोजक मनिर अन्सारीले आसा द्धारा हाल जिल्लामा गरिएका गतिविधि तथा अबका दिनमा गर्ने योजना एवं कार्यक्रमहरुबारे जानकारी गराए लगतै आआफ्नो घारणा राख्दै नवनिर्वाचित जनप्रतिनिधिहरुले आसाको आशालाग्दो कार्यक्रमलाई थप प्रभावकारी बनाउन आफ्नो क्षेत्रबाट जस्तोसुकै कदम चाल्न तयार रहेको बताएका छन् ।


जिल्ला विकास समन्वय समितिका संयोजक प्रदिपराज अधिकारीको अध्यक्षता प्रमुख जिल्ला अधिकारी गिरधारी सुबेदीको प्रमुख आथित्यता जिल्लाका सबै नगर तथा गाउपालिकाका प्रमुख, सरकारी कार्यालयका प्रमुख प्रतिनिधि, नागरिक समाज पत्रकारहरुको उपस्थितिमा आयोजित समिक्षा तथा छलफल कार्यक्रममा बोल्दै जनप्रतिनिधिहरुले विगतका बर्षहरुमा विभिन्न संघसंस्था तथा अन्य निकायबाट समुदाय स्तरमा जे जस्तो गतिविधि भएपनि अबका दिनमा आफ्नो प्रत्यक्ष निगरानी रहने भन्दै दातृनिकायहरुले स्थानीय स्तरमा ढुक्क भएर कार्यक्रम लैजान आग्रह समेत गरेका छन् ।

खाडाचक्र कालिकोटको चन्द्रसूर्य होटलमा शनिवार आयोजित समिक्षा तथा समन्वयात्मक छलफल कार्यक्रममा पहाडी किसानहरुलाई जलबायुजन्य प्रकोप संग सामना गर्न सक्ने क्षेमता अभिबृद्धिका साथै उनीहरुको आयस्तर बृद्धि गरी गरिवी गर्ने यसको उद्देश्यले संचालित आसा कार्यक्रमलाई स्थानीय तहमा प्रभावकारी संचालन गर्न ३ बुदे प्रतिवद्धता सहितको निर्णय समेत गरिएको छ । कार्यक्रममा नव निर्वाचित जनप्रतिनिधिहरुलाई अविर सहित खादाले सम्मान समेत गरिएको छ ।

आसा कार्यक्रम हाल स्थानीय अनुकुलन कार्ययोजना (लापा) निर्माण भएका कालिकोटका साविकका ६ गाविस भर्ता, माल्कोट, थिर्पू, राचुली, फुकोट, बदालकोटमा कार्यक्रम संचालन भैरहेको र अब जिल्लाका सबै क्षेत्रमा लापा योजना निर्माण गरी कार्यक्रम संचालन गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य