८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतीय नागरिकको सहयोगमा साउदीमा बन्धक बनेकी कमलाको यसरी भयो उद्धार

२७ असार २०७४, मंगलवार ०२:१८


असार २७, काठमाडौँ । साउदी अरबको तावुकबाट भक्त हमालले झापाका विशाल श्रेष्ठलाई एउटा नम्बर उपलब्ध गाराउँदै भने, 'यो नम्बर भारतीयले बोक्छ । एक नेपाली चेलीलाई ८ बर्षदेखि बन्धक बनाएर रोखेको छ । उद्धार गर्नुपर्यो ।'

श्रेष्ठले धेरैपटक फोन गर्दा पनि नउठेपछि सन्देश पाठाए । आधा घण्टामै सम्पर्क भयो । नम्बर भारतीय युवतीको रहेछ ।

'हामी एउटा आमाछोरीको घरम काम गर्छौ', ती युवतीले आफ्नो भाषामा भनिन् – 'उन (नेपाली युवती) लाई बाहिर कसैसँग सम्पर्क गर्न दिइएको छैन । कहिलेकाहीं मालिक्नीको आमाको घर जाँदा मैले मात्र भेट्छु ।'

ती युवतीले नेपाली युवतीलाई खुसुक्क आफ्नो मोवाइल दिइन् । ८ बर्षदेखि बन्धक रहेकी ती युवती थिइन्, पाल्पा दोभान २ की ३९ बर्षीया कमला दर्लामी मगर । दर्लामीलाई श्रम शोषण र बन्धक बनाएर राखेको खबर ती युवतीले भारतमा रहेका आफ्ना दाजुलाई सुनाएकी थिइन् । उनका दाजुले नेपालमा सम्पर्क गरेर परिवारलाई सूचना दिए ।

साउदी गएदेखि सम्पर्क विहीन मगर जीवितै रहेको खबर पाएलगत्तै परिवारले साउदीमौ रहेका छिमेकी भैरवसिंह सुनारलाई बुझ्न लगाए । उनी तावुकमा ड्राइभरको काम गर्थे । ती युवतीको नम्बर उनैले हमाललाई उपलब्ध गराएका थिए ।

कमलाले पहिलोपटक श्रेष्ठसँग फोनमा निकै मधुरो स्वरमा कुरा गरिन् । आफु त्यो घरबाट भागेर आउन नसक्ने बताइन् । साउदी मालिक/परिवारले थाहा पाउँछन् भनेर डराइरहेकी कमलासँग लामो कुरा हुन पाएन ।

त्यसपछि भने घरबाट भगाएर दूतावास लैजाने योजना बनाए श्रेष्ठले । कमला बस्ने किबाबाट रियादस्थित नेपाली दूतावास करिब ६० किमि टाढा थियो । 

श्रेष्ठ आफैले गाडीमा हालेर लैजान सक्ने अवस्था थिएन । बाटोमा प्रहरीले पक्रिहाले सिधै जेल जानुपर्ने खतरा थियो । श्रेष्ठ अलग्गै सिमबाट समस्यामा परेका नेपालीलाई उद्धार गर्ने कार्यमा नेपाली दूतावासँग समन्वय गर्थे । त्यसैबाट कमलाको विषयमा दूतावासलाई जानकारी गराए । कमलालाई ल्याउन घरसम्मै गाडी पठाउन दूतावास तयार भयो ।

कमला बसेको घरको लोकसन भारतीय युवतीले दिइन् । कमलालाई घर अगाडिसम्म आइपुग्ने समय दिएर तयार भएर बस्न लगाए । किबा निकै पुरानो गाउँ थियो । गाडीको आवतजावत कम हुन्थ्यो । कमलाको घर अगाडि दूतावासको गाडी पुग्यो । श्रेष्ठले अलि टाढा नै गाडी रोके । 

कमला घरबाट निस्केर दूतावासको गाडी चढ्नै लाग्दा साउदी नागरिकको गाडी आएर छेकिहाल्यो । उनीहरु केरकार गर्न थाले । श्रेष्ठ त्यो देख्नेवित्तिकै भागिहाले ।  साउदी नागरिकले प्रहरीलाई खबर गरिदिए । पहरीले दूतावासको गाडी र कर्मचारीलाई नियनत्रणमा लियो । साउदी अरबमा घरेलु कामदारलाई मालिकको सहमतिबिना लैजान नपाउने नियम छ ।

प्रहरीले दुई दिनसम्म गाडी नियन्त्रणमा राख्यो । दूतावासका कर्मचारीले नेपालीलाई बन्धक बनाएर राखेको भन्दै स्वदेश पठाइदिन प्रहरीसमक्ष अनुरोध गरे ।

कामदारलाई स्वदेश पठाइदिन मालिक पनि तयार भए । 'कसरी साउदीमा जिवन कटाएँ । त्यसको लेखाजोखा छैन', कमलाले भनिन्, – 'देश फकिृन पाएँ । नयाँ जिन्दगी पाएको छु । यसैमा खुशी लागेको छ ।' -कान्तिपुर दैनिक 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे