टेक शाही/साउन ८, डोल्पा । त्रिपूरा सुन्दरी नगरपालिकाका एक स्थानिय ब्यक्तिले सारक्षित बन्यजन्तु घोरलको जिवितै उद्धार गरेका छन । 

शे–फोक्सुण्डो राष्ट्रिय "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/साउन ८, डोल्पा । त्रिपूरा सुन्दरी नगरपालिकाका एक स्थानिय ब्यक्तिले सारक्षित बन्यजन्तु घोरलको जिवितै उद्धार गरेका छन । 

शे–फोक्सुण्डो राष्ट्रिय "/>

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भिरबाट लड्दै गरेको घोरलको पाठो स्थानियद्धारा जिवितै उद्धार

८ श्रावण २०७४, आईतवार ०८:४९


टेक शाही/साउन ८, डोल्पा । त्रिपूरा सुन्दरी नगरपालिकाका एक स्थानिय ब्यक्तिले सारक्षित बन्यजन्तु घोरलको जिवितै उद्धार गरेका छन । 

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज अन्तरगत मध्यवर्ति क्षेत्र भित्रको त्रिपूरा सुनदरी नगरपालिका वडा नँ २ मा पर्ने रातो भिरबाट घाइते घोरललाइ जिवितै उद्धार गरिएको छ । 

त्रिपूरा सुन्दरी नगरपालिका वडा नँ १ का भानुचन्द्र उपाध्यायले एक्लै भिरबाट लडेको घोरलको उद्धार गरेको उपाध्यायले बताए । उपाध्यायका अनुसार सदरमुकामबाट घर फर्किदै गरेको बेलामा साझ पख लामपुच्छे मल्छेले लखेटर भिरबाट लडेको देखे पछि आफुले बचाएको बताए । 


पानि बाहेक अन्य सबै ठाँउमा सजिलै शिकार गर्न सिक्ने लामपुच्छे मल्छेले आहाराको लागि घोरलको पाठोलाइ शिकार गर्न लागेको र भिरबाट लडेर भेरि नदिको किनारमा परे पछि पाठो अचेत अबस्थमा घोरलको भेटाएको र सामान्य घाइते पनि भएकोले सजिलै उद्धार गर्न सकेको भानुचन्द्र उपाध्यायले बताए । 


घाइते घोरलको पाठो अन्दाजी ६ मनि भन्दा माथिको भएको स्थानियले अनुमान गरेका छन । समान्य उपचार पछि ठिक भएको र अत्यन्त स्वस्थका साथै फुर्तिलो भएकोले अब उ बाच्न सक्ने आफुले बन्यजन्तुको जिवन बचाउन पाएको भन्दै भानुचन्द्रले खुसि ब्यक्त गरे । 

मध्यवर्ति भित्र सँरक्षित बन्यजन्तु घोरलको जिवितै उद्धार गरे पछि उ्रक्त घोरलको पाठोलाइ शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको कार्यालय शुलिगार्डमा बुझाइने भएको छ । दैनिक बन्यजन्तुको शिकार गरि रहेको बेलामा एक ब्यक्तिले हातमा आफै आएको बन्यजन्तुको उद्धार गर्नु उदाहरणिय काम गरेकोले धन्यबाद ज्ञापन गर्दै शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको कार्यालयमा बुझाउने त्रिपूरा सुन्दरी मध्यवर्तिका अध्यक्ष टिकादत्त न्यौपानेले बताए । 


यस भन्दा पहिला पनि नेपालको राष्ट्रिय पञ्क्षी डाँफेको उपचार गरि शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा बुझाइएको थियो । हाल डोल्पा र मुगु जिल्लामा फैलिएर रहेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा लोपउन्मूख हिउ चितुवा,कस्तुरि,नावर,झारल,घोरल र डाफे लागयतका पञ्क्षि तथा बन्यजन्तुहरु सँरक्षित रहेका छन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता