२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गीता नेपाली हत्या प्रकरण: यौन मस्तीमा जात खोजेनन प्रेमीले, विवाह गरौं भन्दा ज्यानै लिए

२०७४, १० श्रावण मंगलवार ११:४०


प्रेम सुनार/साउन १०, गुल्मी ।   प्रेमको  ढोंग रच्दै लामो समय देखि एक दलित महिला संग यौन मस्ती लिदै आएका ग्रैह दलित समुदायका प्रेमीले  प्रेमीकाबाट  विवाहको दववा आए पछि तिनै यौन मस्ती दिदै आएकी  प्रेमीकाको हत्या गरी खोलामा फालेको खुलासा भएको छ । 

अनमेल उमेर र समाजमा अमिल्दो जातका कारण   गुल्मी पौदीअमराईकी  ३५ वर्षिया गिता नेपालीलाई  वाग्लुङ्ग राक्सेका ग्रैह दलित समुदायका  प्रेमी १८ वर्षिय  हिरा वलामी मगरले असार २५ गते राती हत्या गरी बढिघाट खोलामा फालेको वाग्लुङ्ग जिल्ला प्रहरी कार्यालयले खुलासा गरेको हो ।

बढिघाट गाउँपालिका वडा नम्वर २ , राक्से गाउँका वलामी मगर र गुल्मीको ईस्मा विवाह भई श्रीमानले हेला गरेपछि तिन सन्तान सहित पौदीअमराई स्थित माईतीको शरणमा बस्दै आईकी  नेपाली र वलाल मगर विच लामो समय देखि  प्रेम र अनुचित सम्वन्ध रहेको खुल्न आएको र गीताले विवाह नगरे अव उजुरी वाजुर गर्छु भनेर  दवाव दिए पछि जातिय विभेद र अनमेल उमेरका कारण उनलाई  कर्तव्य ज्यान गरेको  पुष्टी भएको वाग्लुङ्ग जिल्ला प्रहरी प्रमुख एसपी चन्द्रकुवेर खातुनले जानकारी दिए । 

उनले भने – ‘यी दुई विच प्रेम र अनुचित सम्वन्ध पनि रहँदै आएको पाईयो ,  गीताले  विवाह गरौं नत्र उजुरी दिन्छु भने पछि जात नमिल्ने र उमेर पनि आध भन्दा बढि गीताको भएका कारण स्वीकार्न नसकी हत्या गरेको निजले नै स्वीकार गरेको छ । ’ गीता नेपालीको शव असार २६ गते विहान  खर्वाङ्गस्थि बढिघाट खोला किनारमा हरिचौर ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अर्जुनध्वज अधिकारीको नेतृत्वमा प्रहरीले ठुलो जोखिम मोलेर  वाहिर निकालेको थियो । 

अर्को दिन सम्म वेवरिसे रहेको उनको शव तव पत्ता लागेको थियो , जव उनिहरुले काम गर्ने स्थान लव्दीखोला मोटरेवल पुल निर्माण स्थल अली यतैको एक भट्टीमा गीता , उनकी भाउजु सिता र उनका प्रेमी वलाल मगर बसेर साँझ करिव ८ वजेको समय सम्म  वियर लगायतको जलपान गर्दै रमाएको पत्तो लाग्यो  । 

त्यस पछिको समयमा भाउजु पात्र सिता घर गएको र नन्द गीतालाई कसैको फोन आएर म पछि आउँछु भन्दै  फर्केको भन्ने छ ।  ‘ उनकी भाउजु गीतालाई पनि बोलाएर अनुसन्धान गरेको हो तर उनको हत्यामा संलग्नता नदेखिए पछि छाडियो , हत्या गरेको चाँही वलाल मगरले नै खुलेकोले  अभियुक्तलाई थुनामा राखी मुद्धा अगाडी बढाईको छ’–, एसपी खातुनले भने । 

यता गाउँमा भने यस घटनाका विषयमा नानथरी कुराहरु चलिरहेका छन् । 

कतिपयले महिला पात्रले त्यो उमेरमा आफु भन्दा आधा भन्दा बढि उमेरले कान्छो केटालाई ज्यान सुम्पीन नहुने धारण राख्छन भने कतिपयले ति महिला संग यौन मस्ती लिँदा केटाले जात खोजेन, जेठो कान्छो उमेर भनेन् , जव विवाह गर्न बाध्य हुनु प¥यो तव ज्यानै लियो , यसले समाजलाई सजग गराएको छ । 

समाजमा आएका यी दुवैखाले धारणहरु संग निश्चित रुपमा  दलित महिलाहरु सजग हुन जरुरी देखिएको छ ।  अन्तरजातिय प्रेम सम्वन्धका कारण यसै ५ नम्वर प्रदेशको रुपन्देहीमा वावुले छोरीको हत्या गर्ने प्रयास र यता प्रेमीले जातिय कारणबाटै प्रेमीकाको हत्या प्रकरणले यस ५ नम्वर प्रदेश भित्र रुढीवादी चिन्तन र त्यसले निम्ताउने यस्ताखाले परिणामहरु  सरोकारवालाई चुनौतीको विषय छ भन्ने देखाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह