२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गीता नेपाली हत्या प्रकरण: यौन मस्तीमा जात खोजेनन प्रेमीले, विवाह गरौं भन्दा ज्यानै लिए

१० श्रावण २०७४, मंगलवार ११:४०


प्रेम सुनार/साउन १०, गुल्मी ।   प्रेमको  ढोंग रच्दै लामो समय देखि एक दलित महिला संग यौन मस्ती लिदै आएका ग्रैह दलित समुदायका प्रेमीले  प्रेमीकाबाट  विवाहको दववा आए पछि तिनै यौन मस्ती दिदै आएकी  प्रेमीकाको हत्या गरी खोलामा फालेको खुलासा भएको छ । 

अनमेल उमेर र समाजमा अमिल्दो जातका कारण   गुल्मी पौदीअमराईकी  ३५ वर्षिया गिता नेपालीलाई  वाग्लुङ्ग राक्सेका ग्रैह दलित समुदायका  प्रेमी १८ वर्षिय  हिरा वलामी मगरले असार २५ गते राती हत्या गरी बढिघाट खोलामा फालेको वाग्लुङ्ग जिल्ला प्रहरी कार्यालयले खुलासा गरेको हो ।

बढिघाट गाउँपालिका वडा नम्वर २ , राक्से गाउँका वलामी मगर र गुल्मीको ईस्मा विवाह भई श्रीमानले हेला गरेपछि तिन सन्तान सहित पौदीअमराई स्थित माईतीको शरणमा बस्दै आईकी  नेपाली र वलाल मगर विच लामो समय देखि  प्रेम र अनुचित सम्वन्ध रहेको खुल्न आएको र गीताले विवाह नगरे अव उजुरी वाजुर गर्छु भनेर  दवाव दिए पछि जातिय विभेद र अनमेल उमेरका कारण उनलाई  कर्तव्य ज्यान गरेको  पुष्टी भएको वाग्लुङ्ग जिल्ला प्रहरी प्रमुख एसपी चन्द्रकुवेर खातुनले जानकारी दिए । 

उनले भने – ‘यी दुई विच प्रेम र अनुचित सम्वन्ध पनि रहँदै आएको पाईयो ,  गीताले  विवाह गरौं नत्र उजुरी दिन्छु भने पछि जात नमिल्ने र उमेर पनि आध भन्दा बढि गीताको भएका कारण स्वीकार्न नसकी हत्या गरेको निजले नै स्वीकार गरेको छ । ’ गीता नेपालीको शव असार २६ गते विहान  खर्वाङ्गस्थि बढिघाट खोला किनारमा हरिचौर ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अर्जुनध्वज अधिकारीको नेतृत्वमा प्रहरीले ठुलो जोखिम मोलेर  वाहिर निकालेको थियो । 

अर्को दिन सम्म वेवरिसे रहेको उनको शव तव पत्ता लागेको थियो , जव उनिहरुले काम गर्ने स्थान लव्दीखोला मोटरेवल पुल निर्माण स्थल अली यतैको एक भट्टीमा गीता , उनकी भाउजु सिता र उनका प्रेमी वलाल मगर बसेर साँझ करिव ८ वजेको समय सम्म  वियर लगायतको जलपान गर्दै रमाएको पत्तो लाग्यो  । 

त्यस पछिको समयमा भाउजु पात्र सिता घर गएको र नन्द गीतालाई कसैको फोन आएर म पछि आउँछु भन्दै  फर्केको भन्ने छ ।  ‘ उनकी भाउजु गीतालाई पनि बोलाएर अनुसन्धान गरेको हो तर उनको हत्यामा संलग्नता नदेखिए पछि छाडियो , हत्या गरेको चाँही वलाल मगरले नै खुलेकोले  अभियुक्तलाई थुनामा राखी मुद्धा अगाडी बढाईको छ’–, एसपी खातुनले भने । 

यता गाउँमा भने यस घटनाका विषयमा नानथरी कुराहरु चलिरहेका छन् । 

कतिपयले महिला पात्रले त्यो उमेरमा आफु भन्दा आधा भन्दा बढि उमेरले कान्छो केटालाई ज्यान सुम्पीन नहुने धारण राख्छन भने कतिपयले ति महिला संग यौन मस्ती लिँदा केटाले जात खोजेन, जेठो कान्छो उमेर भनेन् , जव विवाह गर्न बाध्य हुनु प¥यो तव ज्यानै लियो , यसले समाजलाई सजग गराएको छ । 

समाजमा आएका यी दुवैखाले धारणहरु संग निश्चित रुपमा  दलित महिलाहरु सजग हुन जरुरी देखिएको छ ।  अन्तरजातिय प्रेम सम्वन्धका कारण यसै ५ नम्वर प्रदेशको रुपन्देहीमा वावुले छोरीको हत्या गर्ने प्रयास र यता प्रेमीले जातिय कारणबाटै प्रेमीकाको हत्या प्रकरणले यस ५ नम्वर प्रदेश भित्र रुढीवादी चिन्तन र त्यसले निम्ताउने यस्ताखाले परिणामहरु  सरोकारवालाई चुनौतीको विषय छ भन्ने देखाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य