साउन ११, काठमाडौं । सरकारले २१ दिनको समय दिएर गठन भएको निर्वाचन क्षेत्र निर्धारण आयोगले काम सुरु गरेको छ । तर, सुरुमै आयोग देशमा ७७ जिल्ला हुने कि ७५ जिल्ला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ११, काठमाडौं । सरकारले २१ दिनको समय दिएर गठन भएको निर्वाचन क्षेत्र निर्धारण आयोगले काम सुरु गरेको छ । तर, सुरुमै आयोग देशमा ७७ जिल्ला हुने कि ७५ जिल्ला"/>

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

७७ कि ७५ जिल्ला ? आयोग नै अन्योलमा

११ श्रावण २०७४, बुधबार ०२:२६


साउन ११, काठमाडौं । सरकारले २१ दिनको समय दिएर गठन भएको निर्वाचन क्षेत्र निर्धारण आयोगले काम सुरु गरेको छ । तर, सुरुमै आयोग देशमा ७७ जिल्ला हुने कि ७५ जिल्ला हुने भन्नेमा द्विविधामा परेको छ। 

क्षेत्र निर्धारणका लागि सुझाब लिन छलफलका लागि बोलाएका विज्ञहरूले नै चारथरी सुझाब दिएपछि कसरी अगाडि बढ्ने भन्नेमा आयोग नै अलमलमा परेको हो। यो खबर हामीले आजको नयाँ पत्रिकामा योगेश ढकालले खबर लेखेका छन्।

संविधानले नै जिल्लाबारे प्रस्टता नदिएकाले आयोगका पदाधिकारी र विज्ञहरूले प्रस्ट जवाफ दिन सकेका छैनन्। पहिला जिल्लाको संख्या मिलाएर मात्र क्षेत्र निर्धारणको अन्य काम सुरु गर्ने तयारीमा आयोग लागेको छ। आयोगले सोमबार र मंगलबार निर्वाचन क्षेत्र निर्धारणबारे विज्ञहरूसँग अनौपचारिक छलफल गरेको थियो। तर, छलफलमा सहभागी विज्ञहरूले ७७ जिल्ला मान्ने कि ७५ जिल्लामै १६५ निर्वाचन क्षेत्र निर्धारण गर्ने भन्नेमा प्रस्ट धारणा दिन सकेनन्।

७७ कि ७५ जिल्ला संविधानमै अस्पष्ट

जिल्ला कति हुने भन्नेबारे संविधानमै स्पष्टता छैन। संविधानको धारा ५६ को उपधारा ३ मा भनिएको छ– संविधान प्रारम्भ हुँदाका बखत कायम रहेका अनुसूची ४ मा उल्लेख भएबमोजिमका जिल्लाहरू रहेका प्रदेश रहनेछन्। अनुसूची ४ मा नवलपरासी र रुकुम जिल्लालाई विभाजित गरिएको छ। अहिले ती जिल्ला दुई–दुईवटा भएका छन्। यसरी हेर्दा ७७ जिल्ला हुन्छ।

तर, संविधानको २८६ धारामा जिल्लामा कम्तीमा एउटा निर्वाचन क्षेत्र रहने गरी बाँकी निर्वाचन क्षेत्र जनसंख्या र भौगोलिक विशिष्टताका आधारमा तय गर्ने व्यवस्था गरेको छ। नेपाल बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसीका अनुसार धारा २८६ ले ७५ जिल्लाको परिकल्पना गरेको देखिए पनि धारा ५६ अनुसार भने ७७ जिल्ला कायम हुने देखिन्छ।

विज्ञका चारथरी सुझाब

१. ७५ जिल्ला

आयोगलाई सुझाब दिनेमध्ये केही विज्ञले ७५ जिल्ला नै कायम राख्नुपर्ने बताएका छन्। संविधानले ७५ कि ७७ जिल्लाको परिकल्पना गरेको हो ? भनेर प्रस्ट पार्न तत्कालीन संविधानसभाको संविधान मस्यौदा समितिका सभापति कृष्ण सिटौलासँग पनि आयोगले छलफल गरेको थियो। सिटौलाले अनुसूचीमा ७७ देखिए पनि खासमा संविधानको आशय जिल्ला बढाउने नभएको उल्लेख गरेका थिए। त्यसैगरी, अन्य केही विज्ञले पनि ७५ जिल्ला नै कायम गर्नुपर्ने सुझाब दिएको आयोगका सदस्य माधव अधिकारीले जानकारी दिए।

२. ७७ जिल्ला

संविधानको अनुसूची ४ अनुसार ७७ जिल्ला बनाउनुपर्ने सुझाब पनि आएको छ। आयोगका सदस्य अधिकारीका अनुसार केही विज्ञले रुकुम र नवलपरासी टुक्रिएर दुईवटा प्रदेशमा गएपछि दुई जिल्ला मान्नुपर्ने तर्क गरेका थिए।

३. प्रदेशको जनसंख्याका आधारमा

देशलाई १६५ निर्वाचन क्षेत्र मान्ने र प्रदेशको जनसंख्याका आधारमा निर्वाचन क्षेत्र तय गर्ने सुझाब पनि आएको छ। त्यसो गर्दा संविधानको व्यवस्थाअनुसार जिल्लामा कम्तीमा एउटा निर्वाचन क्षेत्र कायम राख्नुपर्ने हुन्छ।

४. ७५ जिल्ला ७७ क्षेत्र

हाललाई ७५ जिल्लाभित्रै ७७ वटा निर्वाचन क्षेत्र मानेर जान सकिने सुझाब पनि आएको छ। बार अध्यक्ष शेरबहादुर केसीले संविधानको मर्मअनुसार जाँदा ७५ जिल्लालाई ७७ निर्वाचन क्षेत्र मानेर जान सकिने सुझाब दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं