लोकेन्द्र प्रशाद जोशी/साउन १७, दार्चुला । महाकाली नगरपालिकाले दार्चुलामा मदिरा व्यवस्थित गर्नको लागि समय तोक्नुका साथै मापदण्ड हेरफेर गरेपछि दार्चुलाका मदि"/>
लोकेन्द्र प्रशाद जोशी/साउन १७, दार्चुला । महाकाली नगरपालिकाले दार्चुलामा मदिरा व्यवस्थित गर्नको लागि समय तोक्नुका साथै मापदण्ड हेरफेर गरेपछि दार्चुलाका मदि"/>
लोकेन्द्र प्रशाद जोशी/साउन १७, दार्चुला । महाकाली नगरपालिकाले दार्चुलामा मदिरा व्यवस्थित गर्नको लागि समय तोक्नुका साथै मापदण्ड हेरफेर गरेपछि दार्चुलाका मदिरा व्यवसायिहरु बिरोधमा उत्रिएका छन् ।
मंगलबार ब्यबसायिहरुले दार्चुला उद्योग बाणिज्य संघको नेतृत्वमा नगरपालिकाको मदिरा ब्यबस्थापन सम्वन्धी निर्णय बिरुद्ध महाकाली नगरपालिका, जिल्ला प्रशासन कार्यालय, तथा कोष तथा लेखा नियन्त्रण कार्यालयमा ज्ञापन पत्र बुझाएका छन ।
महाकाली नगरपालिकाले साउँन ७ गते सर्बदलीय बैठकबाट दार्चुला जिल्लामा भइरहेको मदिरा कारोबारलाई व्यवस्थित गर्न दिउँसो दुई बजे देखि राती ९ बजे सम्म मात्रै मदिरा कारोबार गर्नु पर्ने, मदिरालाई छोपेर राख्नु पर्ने, मदिरा कारोबार गर्ने व्यक्तिले मापदण्ड पुरागरी पसल सञ्चालनमा ल्याउनुपर्ने, निर्णयहरु पालना नभए १० हजारसम्म जरीवाना गरीने लगायतका निर्णयहरु गरेको थियो ।
तर उद्योग बाणिज्य संघ र नगर क्षेत्रका ब्यबसायिहरुले नगरपालीकाले गरेका निर्णयहरुले ब्यबसायिक रुपमा नकारात्मक असर र प्रभाब परेको भन्दै निर्णयहरु पुनरावलोकन गरी बिहान १० बजेदेखी राति १० बजेसम्म मदिरा कारोबार गर्न पाउँने, पुर्बवत प्रकृर्या अनुसार नबिकरणकालागी सिफारीसको ब्यबस्था गरी ब्यबसायिहरुको मागलाइ सम्बोधन गर्न माग गरेका हुन ।
अहिले दार्चुला बियर वारको चिनारी बनिरहेको छ । बिहानैदेखी राति अबेरसम्म सञ्चालन हुने मदिराको कारोबारका कारण पारीवारीक कलह देखी बिभिन्न खाले हिसांका घटनाहरु भइरहेकोले छन ।
नगरपालीकाले भएका निर्णयहरु ब्यबसायि, आम उपभोक्ता र सर्बसाधारण सबैको हितमा भएको भन्दै सच्याउँनुको आबश्यकता नभएको जनाएको छ । भने ब्यबसायिहरुले निर्णयहरु नसच्चीए आन्दोलनमा उत्रिने चेतावनि दिएका छन ।