२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नवलपरासीमा नहरमा डुबेर एक बालिकासहित दुई बेपत्ता, सदरमुकासहित केहीगाउँ डुबानमा (फोटोफिचर)

२०७४, २० श्रावण शुक्रबार ०८:१०


साउन २०, नवलपरासी । नहरमा डुबेर आज नवलपरासीमा एक बालिकासहित दुईजना बेपत्ता भएका छन् । जिल्लाको प्रसौनीस्थित नेपाली नहरमा डुबेर दुईजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

स्थानीय ११ वर्षीया बालिका कृष्ण गुप्ता नहरमा डुबेको देखेर उद्धार गर्न जाँदा सोही स्थानका ६० वर्षीय वृजलाल गुप्ता पनि बेपत्ता भएका हुन् । 

नहरमा पानी धेरै भएका कारण दुवैजना बेपत्ता भएको प्रहरीको अनुमान छ । 

पहिला बालिका नहरमा डुबेको देखेपछि बालिकालाई उद्धार गर्न वृजलाल पुगेपछि दुवैजना बेपत्ता भएका हुन् । प्रहरी र स्थानीयवासीको सक्रियतामा दुवैजनाको खोजी कार्य जारी छ । 

सदरमुकाम परासीसहित केहीगाउँ डुबानमा 

लगातारको वर्षाका कारण नवलपरासी जिल्लाको सदरमुकाम परासीसहित जिल्लाको ग्रामीण क्षेत्रमा केही गाउँ डुबानमा परेका छन् । 


वर्षाका कारण परासीको रामखण्ड पुलसंगैको गाउँ र हाटबजार क्षेत्र डुबानमा छ । यसैगरी रावणखण्ड खोलाका कारण परासीमा रहेको नेपाली सेनाको ब्यारेकसहित आसपासका क्षेत्र पनि डुबानमा परेका छन् । 

लगातारको वर्षाले विभिन्न नदीमा बाढीको बहाव बढ्दै जाँदा ग्रामीण क्षेत्र आसपासका बस्ती जोखिममा परेका छन् । पाल्ही नन्दन र सरावल गाउँपालिकामा पनि बाढीको प्रबाह बढेको छ । 

पाल्ही नन्दन १ शंकरपुर, २ सुगौली, (हरपुर पुलमा आवागमन बन्द) सरावल गाउँपालिका वडा नं ३ कोठिलहाँ, ५ र ६ का खडौना, मधवलिया, नौडिहँवा, वडा नं ७ गणेशपुरलगायत गाउँका केही घरमा बाढी बढेको हो । 


अविरल वर्षाका कारण नारायणी नदीलगायत अन्य खोलाको सतह बढेकाले बाढीको खतरा देखिएको छ । बाढीको प्रभाव ग्रामीण क्षेत्रका केही गाउँमा देखिएपछि स्थानीयवासी नजिकैको विद्यालय÷सङ्घ संस्था र अग्ला घरमा गएर बस्न बाध्य छन् । 

तटीय क्षेत्रमा बसोबास गर्नेलाई सतर्क रहन स्थानीय प्रशासनद्वारा आग्रह गरिएको छ । गुठिसूर्यपुरामा बाढीले पाँचवटा कच्ची घर बगाएको छ । जिल्लाको ग्रामीण क्षेत्रका केही गाउ‘ डुबानमा परेपछि त्यहाँका विद्यालयमा शरण लिन बाध्य छन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा