प्रज्वल पाैडेल/साउन २२, काठमाण्डौ । 'सचेत युवा नेपाल' लेखिएको टिसर्ट र व्यानरसहित मिनी ट्रकमा चढेर सिफल-गाैश्वाला-नयाँ बानेश्वर चाेक हुँदै शनिवार एक हुल मानिस ल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रज्वल पाैडेल/साउन २२, काठमाण्डौ । 'सचेत युवा नेपाल' लेखिएको टिसर्ट र व्यानरसहित मिनी ट्रकमा चढेर सिफल-गाैश्वाला-नयाँ बानेश्वर चाेक हुँदै शनिवार एक हुल मानिस ल"/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिफलबाट ट्रकमा चढेर ‘सचेत युवा’ पुगे ललितपुर बंगलामुखी मन्दिर सरसफाइमा

२२ श्रावण २०७४, आईतवार ०८:४९



प्रज्वल पाैडेल/साउन २२, काठमाण्डौ ।
'सचेत युवा नेपाल' लेखिएको टिसर्ट र व्यानरसहित मिनी ट्रकमा चढेर सिफल-गाैश्वाला-नयाँ बानेश्वर चाेक हुँदै शनिवार एक हुल मानिस ललितपुरतिर लागे ।

शंखमुलकाे पुल नजिकै ट्रकबाट अाेर्लिएर हिडेपछि उनीहरू ललितपुरकाे बंगलामुखी मन्दीरपरिसर वरिपरि हातमा पञ्जा लगाउदै कुचाे,सावेल,ब्रसले सफा गर्दा स्थानीय समेत अचम्मित मानेर हेरिरहे ।

सामाजिक सञ्जाल फेशबुक अभियानबाट संगठित युवा युवती स्वतस्फूर्त अावद्ध भएर उनीहरू सरसफाइमा जुटेका हुन् ।


३०/३५ जनाकाे समुहमा अाएका उनीहरूले मन्दीर परिसरमा भएकाे फाेहाेर व्यवस्थापन गरेका छन् ।

बंगलामुखि मन्दिर व्यवस्थापन समितिले पछिल्लो समय मन्दिर पुनः निर्माण पेन्टीङका कार्य समेत अगाडि बढाएकाे छ । साे मन्दिरमा पर्वबाहेक अन्य समयमा समेत भक्तजनको भिड लाग्ने गरेकाे छ ।

भिडियो हेर्नुहोस 




मन्दीर सरसफाइ पश्चात् हलमा भेला भएर उनिहरूले एकापसमा छलफल समेत गरेका छन् ।
सुरूमा राजधानीमा घरवेटीले चर्काे भाडादर लिने तर राज्यलाई घरबाहाल कर नतिर्ने, व्यवसायी कालाे बजारी गर्ने जस्ता समस्या देखेपछि त्यसकाे विरूद्ध सामाजिक संजालमा अभियानकाे रूपमा संचालन गरेर संगठित भएकाे सचेत युवा नेपालका अध्यक्ष रेवति काफ्लेले साझासबाललाई जानकारी दिए । संस्था सामाजिक क्षेत्रमा काम गर्न लागिपरेको बताउदै काफ्लेले भने-" अहिले स्वस्फूर्त रूपमा केही जुटिरहेका छाै । पशुपति मन्दिर सरसफाई , ट्राफिकसँग मिलेर ट्राफिक व्यवस्थापन लगाएतका अन्य सचेतनामुलक अभियान संचालन गरेका छाै ।"




उनले जेठ १३ गतेबाट १७ सदस्यीय कार्यसमिति बनाएर संस्था अगाडि बढिरहेकाे बताए ।
सरसफाइ कार्यक्रम व्यवस्थापनका लागि युवाहरू अाफैले स्वस्फूर्त रूपमा रकम संकलन गर्ने गरेकाे काफ्लेले बताए ।

धार्मिक अास्था र पर्यटकिय स्थलकाे रूपमा रहेको मन्दीरमा भक्तजनको भीड हुने र फोहोर गरेर गएकाे देखेपछि अाफुहरू सरसफाइमा जुटेकाे सचेत युवा नेपालकी सचिव अप्सरा कार्कीले साझासबाललाई बताइन् ।
साना-साना कार्यले पनि सभ्य समाज निर्माणमा टेवा पुग्ने भएकाले यस्ता कार्यलाई निरन्तरता दिन सामाजिक कार्यमा सहभागी भएकाे कार्कीकाे धारणा छ ।


अाफुसँग भएको समयकाे समयलाई व्यवस्थापन गरेर सरसफाइ अभियानमा जुटेको संस्थाकि सदस्य सम्झना लामिछानेले बताइन् । यस्ता अभियानमा अाफ्ना टाेल छिमेकबाट लाग्नुपर्ने उनकाे भनाई छ ।

युवाहरूको उत्साहलाई देखेर मिनीट्रक चालकले उनीहरूलाई काठमाडौंकाे सिफल चाैर देखि ललितपुरकाे मन्दीर परिसरमा पुर्याउन सहयोग गरेका थिए ।


विभिन्न जिल्लाबाट राजधानीमा अाएर बसाेबास गरेका युवा-युवतीहरू सचेत युवा नेपाल नामक संस्था दर्ता गरेर सामाजिक,अार्थिक विकास,स्वच्छ समाज, भ्रष्टाचारमुक्त नेपाल निर्माणकाे अभियानमा लागि परेका छन् ।

उनीहरूले 'सभ्य समाज निर्माणका लागि सचेत युवा नेपाल', 'म बदलिनेछु,मेराे देश बदलिनेछ' जस्ता नारा लेखिएको टिसर्ट लगाएका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो