प्रज्वल पाैडेल/साउन २२, काठमाण्डौ । 'सचेत युवा नेपाल' लेखिएको टिसर्ट र व्यानरसहित मिनी ट्रकमा चढेर सिफल-गाैश्वाला-नयाँ बानेश्वर चाेक हुँदै शनिवार एक हुल मानिस ल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रज्वल पाैडेल/साउन २२, काठमाण्डौ । 'सचेत युवा नेपाल' लेखिएको टिसर्ट र व्यानरसहित मिनी ट्रकमा चढेर सिफल-गाैश्वाला-नयाँ बानेश्वर चाेक हुँदै शनिवार एक हुल मानिस ल"/>

2026-09-08 02:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिफलबाट ट्रकमा चढेर ‘सचेत युवा’ पुगे ललितपुर बंगलामुखी मन्दिर सरसफाइमा


प्रज्वल पाैडेल/साउन २२, काठमाण्डौ ।
‘सचेत युवा नेपाल’ लेखिएको टिसर्ट र व्यानरसहित मिनी ट्रकमा चढेर सिफल-गाैश्वाला-नयाँ बानेश्वर चाेक हुँदै शनिवार एक हुल मानिस ललितपुरतिर लागे ।

शंखमुलकाे पुल नजिकै ट्रकबाट अाेर्लिएर हिडेपछि उनीहरू ललितपुरकाे बंगलामुखी मन्दीरपरिसर वरिपरि हातमा पञ्जा लगाउदै कुचाे,सावेल,ब्रसले सफा गर्दा स्थानीय समेत अचम्मित मानेर हेरिरहे ।

सामाजिक सञ्जाल फेशबुक अभियानबाट संगठित युवा युवती स्वतस्फूर्त अावद्ध भएर उनीहरू सरसफाइमा जुटेका हुन् ।

३०/३५ जनाकाे समुहमा अाएका उनीहरूले मन्दीर परिसरमा भएकाे फाेहाेर व्यवस्थापन गरेका छन् ।

बंगलामुखि मन्दिर व्यवस्थापन समितिले पछिल्लो समय मन्दिर पुनः निर्माण पेन्टीङका कार्य समेत अगाडि बढाएकाे छ । साे मन्दिरमा पर्वबाहेक अन्य समयमा समेत भक्तजनको भिड लाग्ने गरेकाे छ ।

भिडियो हेर्नुहोस 


मन्दीर सरसफाइ पश्चात् हलमा भेला भएर उनिहरूले एकापसमा छलफल समेत गरेका छन् ।
सुरूमा राजधानीमा घरवेटीले चर्काे भाडादर लिने तर राज्यलाई घरबाहाल कर नतिर्ने, व्यवसायी कालाे बजारी गर्ने जस्ता समस्या देखेपछि त्यसकाे विरूद्ध सामाजिक संजालमा अभियानकाे रूपमा संचालन गरेर संगठित भएकाे सचेत युवा नेपालका अध्यक्ष रेवति काफ्लेले साझासबाललाई जानकारी दिए । संस्था सामाजिक क्षेत्रमा काम गर्न लागिपरेको बताउदै काफ्लेले भने-” अहिले स्वस्फूर्त रूपमा केही जुटिरहेका छाै । पशुपति मन्दिर सरसफाई , ट्राफिकसँग मिलेर ट्राफिक व्यवस्थापन लगाएतका अन्य सचेतनामुलक अभियान संचालन गरेका छाै ।”

उनले जेठ १३ गतेबाट १७ सदस्यीय कार्यसमिति बनाएर संस्था अगाडि बढिरहेकाे बताए ।
सरसफाइ कार्यक्रम व्यवस्थापनका लागि युवाहरू अाफैले स्वस्फूर्त रूपमा रकम संकलन गर्ने गरेकाे काफ्लेले बताए ।

धार्मिक अास्था र पर्यटकिय स्थलकाे रूपमा रहेको मन्दीरमा भक्तजनको भीड हुने र फोहोर गरेर गएकाे देखेपछि अाफुहरू सरसफाइमा जुटेकाे सचेत युवा नेपालकी सचिव अप्सरा कार्कीले साझासबाललाई बताइन् ।
साना-साना कार्यले पनि सभ्य समाज निर्माणमा टेवा पुग्ने भएकाले यस्ता कार्यलाई निरन्तरता दिन सामाजिक कार्यमा सहभागी भएकाे कार्कीकाे धारणा छ ।

अाफुसँग भएको समयकाे समयलाई व्यवस्थापन गरेर सरसफाइ अभियानमा जुटेको संस्थाकि सदस्य सम्झना लामिछानेले बताइन् । यस्ता अभियानमा अाफ्ना टाेल छिमेकबाट लाग्नुपर्ने उनकाे भनाई छ ।

युवाहरूको उत्साहलाई देखेर मिनीट्रक चालकले उनीहरूलाई काठमाडौंकाे सिफल चाैर देखि ललितपुरकाे मन्दीर परिसरमा पुर्याउन सहयोग गरेका थिए ।

विभिन्न जिल्लाबाट राजधानीमा अाएर बसाेबास गरेका युवा-युवतीहरू सचेत युवा नेपाल नामक संस्था दर्ता गरेर सामाजिक,अार्थिक विकास,स्वच्छ समाज, भ्रष्टाचारमुक्त नेपाल निर्माणकाे अभियानमा लागि परेका छन् ।

उनीहरूले ‘सभ्य समाज निर्माणका लागि सचेत युवा नेपाल’, ‘म बदलिनेछु,मेराे देश बदलिनेछ’ जस्ता नारा लेखिएको टिसर्ट लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल