साउन २८, गौशाला । अबिरल वर्षाका कारण महोत्तरी जिल्लाका दुई मुख्य पक्की र ४० वटा ग्रामीण सडकसहित ४२ वटा सडकमध्ये ४१ वटा सडक अवरुद्ध भएका छन् । 

ती"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २८, गौशाला । अबिरल वर्षाका कारण महोत्तरी जिल्लाका दुई मुख्य पक्की र ४० वटा ग्रामीण सडकसहित ४२ वटा सडकमध्ये ४१ वटा सडक अवरुद्ध भएका छन् । 

ती"/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महोत्तरीका ४१ वटा सडक बाढीले अवरुद्ध, वर्षाका कारण १७ घर विस्थापित

२८ श्रावण २०७४, शनिबार ०६:०९


साउन २८, गौशाला । अबिरल वर्षाका कारण महोत्तरी जिल्लाका दुई मुख्य पक्की र ४० वटा ग्रामीण सडकसहित ४२ वटा सडकमध्ये ४१ वटा सडक अवरुद्ध भएका छन् । 

तीन/चार दिनदेखि लगातार भइरहेको वर्र्षाका कारण सडक बिग्रिएपछि जिल्लामा रहेका ४० ग्रामीण सडक र दुई मुख्य पक्कीसहित ४२ वटा सडकमध्ये ४१ वटा सडक अवरुद्ध भएका छन् । 

लगातारको वर्षाका कारण जिल्लाको मुख्य पक्की सडक जलेश्वर जनकपुरसहित ग्रामीण सडक मटिहानी जलेश्वर परिक्रमा सडक, भिठ्ठामोड जलेश्वर सडक, मटिहानी जनकपुर रामजानकी पथ, जलेश्वर हर्दी हुलाकी सडक, जनकपुर लोहारपट्टी सडक खण्डको यातायात सेवा पूर्ण रुपमा अवरुद्ध भएको छ भने स्थानीयवासीलाई निक्कै कष्ठपूर्ण भएको छ । 

यसबीच जिल्लाको एकमात्र जलेश्वर बर्दिवास सडकखण्ड सुचारु रहेको छ । 

वर्षाका कारण १७ घर विस्थापित 

यसैगरी अबिरल वर्षाका कारण महोत्तरी जिल्लाको दुई गाउँका १७ परिवार विस्थापित भएका छन् । 

जिल्ला प्रहरी कार्यालय महोत्तरीकाअुनसार लगातारको वर्षाका कारण जिल्लाको पिपरा गाउँपालिका – ४ पासवान टोलमा स्थानीय वृहस्पति पासवान, नथुनी पासवान, दिनेश पासवान, मला पासवान र पिपरा– २ का इब्राहिम राईनका घर पूर्ण रुपमा ढलेर विस्थापित भएका छन् । 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कठायतकाअनुसार पिपरा पासवान टोलका पाँचै जनाको घर भत्किँदा उनीहरुको घरबार र घरभित्र रहेका अन्नपातसहित रु सात लाखको क्षति भएको छ । 

वर्षाका कारण विस्थापित भएका पिपराका पासवान केही छिमेकीको घर र केही स्थानीय विद्यालयमा शरण लिएर बसेका छन् । 

त्यस्तै लगातारको वर्षाकै कारण जिल्लाको सम्सी गाउँपालिका– ४ गँैंढाभेटपुरमा १२ घर मुसहर र दुसाध विस्थापित भएका छन् । 

गाउँभन्दा दक्षिणपट्टी एउटा साने टोलमा स–साना छाप्रा बनाएर बसिरहेका उनीहरुको घर÷घरमा बर्षाका पानी पसेर– चार जनाको घर भत्किएको र अन्य सबै जनाको घरको सबै सरसामान डुबानमा परेको स्थानीय ललन झाले बताउनुभयो । 

बर्षाको पानी घर÷घरमा पसेको र केही व्यक्तिको घरसमेत भत्किएपछि १२ जनालाई स्थानीयवासीले सार्वजनिक माध्यमिक विद्यालयमा उद्धार गरी अस्थायी बास दिलाएका छन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु