१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मकवानपुरमा पहिरामा परी सातको मृत्यु, गाउँ–टोल डुबानमा

२९ श्रावण २०७४, आईतवार १४:३१

अञ्जली थापा/साउन २९, हेटौँडा । तीन दिनदेखिको वर्षाका कारण मकवानपुरमा पहिरामा परी एकै परिवारका सात जनाको मृत्यु भएको । 

बकैया गाउँपालिका वडा नं १० अम्बासबँेसीमा पहिराले मंगलसिं न्यासुरको घर बगाउँदा घरमा रहेका सातै जना पुरिएको स्थानीयवासी बुद्ध लामाले जानकारी दिनुभयो । पहिरामा परी न्यासुरकी श्रीमती सुनमाया, २४ वर्षीया छोरी माया, १२ वर्षीया हीरा, १० वर्षीया सानुमाया, आठवर्षीय छोरा पाल्मो र दुईवर्षीय छोरा विकास छन् । 

जिल्ला प्रहरी कार्यालयका अनुसार मकवानपुरको उत्तरी क्षेत्रमा पालुङ क्षेत्रको बाटो मात्र सञ्चालनमा छ । हेटौँडाबाट काठमाडौँ जानका लागि सोबाहेक अन्य मार्ग उत्तरी क्षेत्रमा खुला छैन । सिस्नेरी, ज्यामिरे तथा फाखेलको बाटो अवरुद्ध छ चुरेमा पनि बाटो बन्द छ । प्रहरीका अनुसार भीमफेदी गाउँपालिकाको बागझोरामा आएको बाढीका कारण एकतर्फी मात्र बाटो सञ्चालन गरिएको छ । 

त्यस्तै हेटौँडा उपमहानगरपालिका वडा नं ११ थानाभञ्ज्याङमा आज बिहान ४ः०० बजेतिर बाघथलीमा खसेको पहिराका कारण अवरुद्ध पूर्वपश्चिम राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । पहिराका कारण सवारी आवागमन अवरुद्ध भए पनि अहिले बाटो खुलाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

त्यसैगरी मनहरी गाउँपालिका–५ वसन्तपुर र दिल्लीपुरमा अविरल वर्षाका कारण राप्ती नदीमा बाढी आएसँगै यहाँका बस्ती डुबानको खतरामा परेका छन् । अहिले गाउँमा विद्युत् अवरुद्ध छ । 

खोला किनारमा स्ल्याब गरिएका र बाँधिएका बाँध राप्ती नदीले बगाउँदै लगेको छ । राप्ती नदी किनारमा अवस्थित राई बस्ती, दमार र नयाँगाउँ बाढीको उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ । गाउँमा स्थानीयवासीले पालेको दुई हजार कुखुरा मरेको खबर छ । 

मनहरी गाउँपालिकाका हाँडीखोला, रमौली प्रतापपुरलगायत गाउँ डुबानमा परेको छ । बाढीका कारण रजैयादेखि आल्दमारसम्म जाने करिब छ किमी बाटो बगाएको हो । त्यस्तै मनहरी – ४ मसिनेमा हरि विष्टले पोखरी बनाई पालेको पाँच लाख बराबरको माछा पोखरीसहित बाढीले बगाएको छ । 

पहाडी क्षेत्रसँगै हेटौँडा उपमहानगरपालिकाका केही वडा पनि डुबानमा परेको छ । हेटौँडा–४ गर्दोइ र कर्रा, हेटौँडा– ५ पिप्ले र हेटौँडा– ६ चौगडामा कर्रा खोला पसेर डुबानमा परेको छ । राप्ती खोलाले हेटौँडा–११ का केही बस्ती जोखिममा पारेको प्रहरीको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु