भदौ ५, काठमाडौँ । काठमाडौंबाट घर फर्किएका सप्तरी लोहजरा-८, बुधेवाका ३८ वर्षीय राजदेव रामले आफ्नै गाउँ पत्ता लगाउन सकेनन् । 

काठमाडौंमा रोजगारी गर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ ५, काठमाडौँ । काठमाडौंबाट घर फर्किएका सप्तरी लोहजरा-८, बुधेवाका ३८ वर्षीय राजदेव रामले आफ्नै गाउँ पत्ता लगाउन सकेनन् । 

काठमाडौंमा रोजगारी गर"/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बगर बन्यो बस्ती: राजदेवले आफ्नै गाउँ पत्ता लगाउन सकेनन्

५ भाद्र २०७४, सोमबार ०१:४१


भदौ ५, काठमाडौँ । काठमाडौंबाट घर फर्किएका सप्तरी लोहजरा-८, बुधेवाका ३८ वर्षीय राजदेव रामले आफ्नै गाउँ पत्ता लगाउन सकेनन् । 

काठमाडौंमा रोजगारी गर्ने रामले निकै बेरमा गाउँको अनुमान त लगाए तर घर भेट्टाउन सकेनन् । महुली खोलाको बाढीले बस्तीलाई बगरमा परिणत गरिदिएका कारण उनले घर भएको ठाउँ पत्ता लगाउन नसकेका हुन् । बाढीले घर बगाएको सुनेर गाउँ फर्केका उनले भने, ‘मेरो र चार दाजुभाइ सबैको घर भएको बस्ती त बगर पो बनिसकेको रहेछ ।’

यति ठूलो क्षति

श्रीमती सरितादेवी रामले टेलिफोनमा ‘बाढीले घर बगायो’ भन्दा उनले यति ठूलो क्षति भयो होला भनेर सोचेका रहेनछन् । तर, गाउँ पुगेपछि उनले यथार्थ थाहा पाए । 

साउन २८ गते बिहान बाढीले बुधेवा टोलका ५० परिवारको घर-खेत बगाएको थियो । डुबानका कारण तीन सय घरमा क्षति पुगेर बस्न नसक्ने अवस्था छ । दर्जनौं गाईवस्तु, खसीबाख्रा मरे । घर बगाएका र भत्किएकाहरू अधिकांश चन्द्र नहरको डिलमा आश्रय लिएर बसेका छन् भने केही बाटोछेउको उँचो जमिनमा छन् ।

घर बन्यो बगर 

‘घरमा श्रीमान् थिएनन्, घर डुबाउँदै लगेपछि सबै सामान छाडी तीन छोरी र एक छोरालाई लिएर पौडेर जोगिएँ’, सरितादेवीले भनिन्, ‘हामी बस्ने घर भएको ठाउँमा बाढीको भंगालो बगेपछि बगर भएको छ ।’

छोरीलाई लिएर पौडिएर बाँचें

रामका दाजु राजेन्द्र भने छुट्टी नपाउँदा अझै गाउँ आउन पाएका छैनन् । 

उनकी श्रीमती भुटीदेवीले दुःख पोख्दै भनिन्, ‘बाढीले टोलका सबै घर बगाएर बगर बनाइदियो । जताततै पानी नै पानी थियो, भाग्ने ठाउँ पनि थिएन । ज्यान जोगाउन आपत भएपछि घरका सबै सामान छाडेर सात छोरीलाई लिएर पौडिएर बाँचें ।’

खाटमाथि बाकसमा छोरी

असार १७ गते बाढीले मैनाकडेरी भेडियामण्ठनजिक महुली खोलाले भत्काएको बाँध सुरक्षाकर्मीले मर्मत गरेपछि स्थानीयले सुरक्षित महसुस गरेका थिए । तर, साउन २६ मा मुसलधारे वर्षा भयो । 

त्यसको दुई दिनपछि शनिबार बिहान खोलामा पानीको बहाव अत्यधिक बढ्यो । ‘पहिले खाटमा चढें, खाट डुबेपछि खाटमाथि टिनको बाकस राखेर सबै छोरीलाई बसाएँ । 

पानीको बहाव झन्-झन् बढ्दै गयो’, भुटीदेवीले भनिन्, ‘जब विस्तारै खोल्साखाल्सी, खेत, नहरतिर पनि पानीको बहाव बढ्दै गयो तब सबैतिर कोलाहल मच्चियो, छोरीहरू अत्तालिएर रुन, कराउन थाले ।’ त्यसपछि सबै सामान छाडी छोरीलाई बोकेर निस्किएको उनले सुनाइन् ।

राहत पुग्न सकेन

सदरमुकाम जोड्ने पुल भत्किएकाले सवारीसाधन ठप्प हुँदा उक्त ठाउँमा राहतसमेत पुग्न सकेको छैन । ‘आफू भोकै बसे पनि स-साना नाति-नातिनी भोकले रोएको देखेर सहनै गाह्रो भयो’, झबरीदेवीले भनिन् । उनीजस्ता बुधेवाका दुई सय ५० परिवार घरबारविहीन भएका छन् । -अन्नपूर्ण पोस्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु