भदौ ७, काठमाडौं । भारतले गत फागुनको अन्तिम साता कञ्चनपुरको आनन्दबजारका गोविन्द गौतमलाई गोली हान्ने सीमा सुरक्षा बलमाथि छानबिन गरी कारबाही गर्ने र त्यसको जानकारी ने"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ ७, काठमाडौं । भारतले गत फागुनको अन्तिम साता कञ्चनपुरको आनन्दबजारका गोविन्द गौतमलाई गोली हान्ने सीमा सुरक्षा बलमाथि छानबिन गरी कारबाही गर्ने र त्यसको जानकारी ने"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्रीलाई सहीदपत्नीको आग्रह- ‘सीमा विवादले कसैको सिन्दूर नपुछियोस्’

२०७४, ७ भाद्र बुधबार ०१:५४


भदौ ७, काठमाडौं । भारतले गत फागुनको अन्तिम साता कञ्चनपुरको आनन्दबजारका गोविन्द गौतमलाई गोली हान्ने सीमा सुरक्षा बलमाथि छानबिन गरी कारबाही गर्ने र त्यसको जानकारी नेपाल सरकारलाई गराउने प्रतिवद्धता जनाएको थियो । तर, घटना भएको पाँच महिना बित्दा पनि भारतले न घटनाको दोषीलाई कारबाही गरेको छ न छानबिनबारे नेपाललाई कुनै जानकारी नै दिएको छ ।

यो पाँच महिनाको अवधिमा नेपालले पनि छानबिनबारे के भइरहेको छ भनेर भारतसँग सोधेको छैन । यसअघिका भारतीय सीमा सुरक्षा बल (एसएसबी)को ज्यादतीजस्तै कञ्चनपुरमा भएको ज्यादती पनि छानबिनको नाममा सेलाएको छ ।

‘घटनाबारे छानबिन भइरहेको छ, सकिएपछि नेपाललाई जानकारी दिइन्छ’, गोविन्द गौतम मारिएको घटनाको घटनाको छानबिनबारे जिज्ञासा राख्दा काठमाडौंस्थित भारतीय दूतावासकी प्रवक्ता रुबी जसप्रीत शर्माले भनिन् ।

गोविन्द गौतमकी श्रीमती लक्ष्मी गौतम आफ्नो श्रीमानलाई गोली हान्ने एसएसबीका जवानमाथि भारत सरकारले छानबिनपश्चात कारबाही गर्ने भन्ने सुनेको तर अझैसम्म कारबाही नहुँदा आफूलाई पीडा भएको बताउँछिन् ।

अहिले प्रधानमन्त्री शेरबहादुर देउवा छन् । उनी सुदूरपश्चिमका हुन् । यसकारण लक्ष्मीलाई आफूले न्याय पाउने र दोषीमाथि कारबाही हुने आशा जागेको छ । प्रधानमन्त्री देउवा भारतको पाँचदिने राजकीय भ्रमणको सिलसिलामा बुधबार त्यसतर्फ जाँदैछन् । प्रधानमन्त्रीले आफू र आफूले जस्तै पीडा भोगेका नेपालीका आवाज भारतसमक्ष उठाउने लक्ष्मीको विश्वास छ ।

‘सीमा विवाद नसुल्झिँदा मेरो सिन्दूर पुछियो, सीमा छुट्टिएन भने अझै धेरैको सिन्दूर पछिन सक्छ । त्यसैले म प्रधानमन्त्रीज्यूलाई सीमा विवाद मिलाएर आउनोस्, सीमाका कारणले अब कसैको सिन्दूर नपुछियोस् भन्न चाहन्छु,’ लक्ष्मीले प्रधानमन्त्रीलाई सुझाव दिँदै भनिन् ।  -नागरिक दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन