भदौ १९, काठमाडौं । वीरगञ्ज महानगरपालिकालाई ९ करोड कर तिर्न अटेरी गरेका बसुरुद्दिन अन्सारीलाई एमालेले महानगर प्रमुखको उम्मेदवार बनाएको छ । 

अन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ १९, काठमाडौं । वीरगञ्ज महानगरपालिकालाई ९ करोड कर तिर्न अटेरी गरेका बसुरुद्दिन अन्सारीलाई एमालेले महानगर प्रमुखको उम्मेदवार बनाएको छ । 

अन"/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महानगरलाई ९ करोड कर नतिर्ने व्यक्ति नै महानगर प्रमुखको उम्मेद्वार

१९ भाद्र २०७४, सोमबार ०१:३९


भदौ १९, काठमाडौं । वीरगञ्ज महानगरपालिकालाई ९ करोड कर तिर्न अटेरी गरेका बसुरुद्दिन अन्सारीलाई एमालेले महानगर प्रमुखको उम्मेदवार बनाएको छ । 

अन्सारी वीरगञ्जस्थित नेसनल मेडिकल कलेजका प्रबन्ध निर्देशक हुन्। उनी कलेजका प्रमुख लगानीकर्ता पनि हुन्। बक्यौता कर असुलीका लागि ताकेता गर्न गएका महानगरपालिकाका कर्मचारीलाई ढोकाबाट छिर्न नदिई फिर्ता पठाउँदै आएका अन्सारीले मेयरको उम्मेदवार भएपछी आफूले कलेजको प्रबन्ध निर्देशक पद छाडिसकेको बताएका छन्।

कलेज सञ्चालक बोर्डका सदस्यसमेत रहेका अन्सारी महानगर प्रमुखको उम्मेदवार बनेर मैदानमा उत्रिएपछि उनले महानगरपालिकालाई कर नतिरेको विषयमाथि टिप्पणी हुन थालेको छ। 

‘महानगरपालिकाको कर नतिर्ने व्यक्ति मेयरका लागि चुनावमा लड्न लागेको देख्दा अचम्म लागेको छ,’ युवा अभियानकर्मी आसु सर्राफले भने, ‘उनले मतदातालाई मुर्ख ठानेका हुन् कि आफूलाई धेरै बाठो, बुझ्न गाह्रो भयो।’ तत्कालीन उपमहानगरपालिका कार्ययालयले पटकपटक ताकेता गरे पनि नेसनल मेडिकल कलेजले अटेरी गरी घरजग्गा कर नतिरेको हो।

महानगरपालिका कार्यालयका अनुसार नेसनल मेडिकल कलेजले तिर्नुपर्ने ९ करोड २ लाख ४७ हजार ९ सय ९६ रुपैयाँ ४३ पैसा कर बक्यौता छ। ‘करदाताको घरजग्गा मूल्याङ्कन तथा कर निर्धारण विवरण’ सहितको ३५ दिने पत्रको जवाफ नदिएपछि तत्कालीन उपमहानगरपालिकाको कार्यालयले २०७० वैशाख २३ गतेको गोरखापत्र दैनिकमा बक्यौता असुलीका लागि सार्वजनिक सूचनासमेत छपाएको थियो। -नागरिक दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह