२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आजीवन सेवा–सुविधा खोज्दै सांसदहरू, यस्ता थपिँदैछन सेवा–सुविधा

२०७४, २३ भाद्र शुक्रबार ०२:१२

भदौ २२, काठमाडौं । पूर्वविशिष्ट व्यक्तित्वहरूलाई मासिक लाखौँको सेवा–सुविधा दिने कानुन निर्माणको अन्तिम चरणमा छ । 

सरकारले ल्याएको विधेयकमाथि संसद्को राज्य व्यवस्था समितिमा छलफल चलिरहेको छ । त्यसमै पूर्वसांसदलाई समेत समावेश गरेर आजीवन सेवा–सुविधा दिने व्यवस्था गर्न सांसदहरूले लबिङ सुरु गरेका छन् । 

सरकारले ल्याएको विधेयकमा पूर्वराष्ट्रपति,

पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखलाई पूर्वपदाधिकारी मान्दै मासिक तलबसहित अन्य सेवा–सुविधा दिने व्यवस्था गरिएको छ । तर, छलफलका क्रममा सांसदहरूले पूर्वसांसदलाई पनि आजिवन सुविधाको व्यवस्था गर्न माग गरेका छन् ।

पूर्वपदाधिकारीलाई सुविधा प्रदान गर्नेसम्बन्धी सरकारले ल्याएको विधेयकमा १४ सांसदले संशोधन प्रस्ताव दर्ता गरेका छन् । त्यसमध्ये केहीले पूर्व सांसदलाई पनि सुविधा दिनुपर्ने माग गरेका छन् । संशोधन हाल्नेमा कांग्रेसका तप्तबहादुर विष्ट, सञ्जय गौतम, नरबहादुर चन्द, राजीवविक्रम शाह, तारणीदत्त चटौत, एमालेका अग्नि खरेल, माओवादी केन्द्रका रामनारायण बिडारी, जनकराज जोशी, लोकतान्त्रिक फोरमकी कल्पना चौधरी, राष्ट्रिय जनमोर्चाकी मीना पुन, नेमकिपाका प्रेम सुवाल, डिल्लीप्रसाद काफ्ले र अनुराधा थापामगर छन् ।

राज्य–व्यवस्था समितिले बिहीबार संशोधनकर्तासँग छलफल गरेको छ । सोक्रममा कांग्रेसका तप्तबहादुर विष्ट, सञ्जय गौतम, नरबहादुर चन्द, राजीवविक्रम शाह र लोकतान्त्रिक फोरमकी कल्पना चौधरीले पूर्वसांसदहरूको मर्यादाक्रम निर्धारण गरी उनीहरूलाई स्वास्थ्योपचार, यातायात र अन्य सुविधा उपलब्ध गराउनुपर्ने माग गरेका छन् ।

कांग्रेस सांसद शाहले कतिपय पूर्वसांसदहरूको आर्थिक अवस्था कमजोर भएकाले स्वास्थ्य उपचारसमेत नपाएको बताए । ‘विकट क्षेत्रमा कतिपय पूर्वसांसदहरू औषधि उपचार गर्न काठमाडौं आउन नसक्ने अवस्थामा मैले देखेको छु । पूर्वसांसदहरूको मर्यादाक्रम निर्धारण गरी उनीहरूलाई औषधोपचार, यातायात र अन्य सुविधा उपलब्ध गराइनुपर्छ,’ उनले भने । शाहले अन्तर्राष्ट्रिय मुलुकमा पूर्वसांसदहरूलाई राज्यले सेवा–सुविधा दिइरहेको उदाहरण प्रस्तुत गर्दै सांसदजस्तो गरिमामय पदमा रहिसकेका व्यक्तिहरूको सम्मानका लागि पनि सेवा–सुविधा दिनुपर्ने बताए ।

लोकतान्त्रिक फोरमकी कल्पना चौधरीले अधिकांश पूर्वसांसदहरूको आर्थिक अवस्था दयनीय देखिएकाले कानुनमार्फत उनीहरूलाई सेवा–सुविधा दिने गरी विधेयक संशोधनको माग गरिन् । ‘विभिन्न मुलुकमा पूर्वसांसदहरूलाई राज्यले मासिक तलब तथा सुविधा दिन्छ । कहीँ नभाको जात्रा हाँडीगाउँमा भनेझैँ नेपालमा भने पूर्वसांसदहरूले केही सेवा–सुविधा पाउँदैनन्,’ उनले भनिन् ।

महत्वपूर्ण विधेयक ल्याउन छाडेर सेवा–सुविधामा सांसदहरू केन्द्रित

सरकारले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको मिति आगामी १० र २१ मंसिरका लागि तोकिसकेको छ । निर्वाचनको एक महिनाअघि अर्थात् कात्तिकमा उम्मेदवारको मनोनयन दर्ता हुने भएकाले मनोनयन दर्ता भएपछि वर्तमान संसद् विघटन हुनेछ । 

त्यसअघि चाडपर्व पर्ने भएकाले संसद् बैठक धेरै समय बस्न सक्दैन । तर, यहीबीचमा राष्ट्रिय सभा सदस्यसम्बन्धी विधेयक, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी विधेयक, प्रदेश प्रमुखको काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयक सरकारले ल्याउनुपर्ने हुन्छ । तर, सरकार तथा सांसदहरू भने यी महत्वपूर्ण विधेयकलाई महत्व नदिई पूर्वपदाधिकारी एवं पूर्वसांसदको सेवा–सुविधा बढाउने विधेयक टुंगो लगाउन जोडबल गरिरहेका छन् ।

विदेशी केही मुलुकमा यस्तो छ पूर्वसांसदलाई सेवा–सुविधा

भारत

भारतमा पूर्वसांसदले मासिक ३२ हजार रुपैयाँ पेन्सन पाउँछन् । पाँच वर्षभन्दा बढी सेवा गर्ने पूर्वसांसदलाई प्रत्येक एक वर्षबराबर २४ सय रुपैयाँ प्रतिमहिना थप पेन्सन दिइन्छ । 

उनीहरूले एसीलगायतको सुविधासम्पन्न पहिलो रोजाइमा पर्ने रेलमा निःशुल्क यात्रा गर्न पाउँछन् । पूर्वसांसदको मृत्यु भएमा श्रीमान् वा श्रीमतीले पूर्वसांसदले पाउँदै आएको पेन्सनको आधा रकम पाउँछन् । पूर्वसांसदलाई निःशुल्क औषधि उपचारको व्यवस्था गरिएको छ ।

अमेरिका

अमेरिकामा पूर्वसांसदले प्रतिवर्ष ४७ हजार अमेरिकी डलर न्यूनतम पेन्सन पाउँछन् । अधिकतम पेन्सन पाउनेको एक लाख ३९ हजार डलर छ । अमेरिकामा ६२ वर्ष पूरा भएका पूर्वसांसदलाई अन्य सेवासुविधा पनि दिने गरिएको छ ।

बेलायत

बेलायतमा पूर्वसांसदले वार्षिक ५० हजार स्टर्लिङ पाउन्ड पेन्सनको रूपमा पाउँछन् ।

क्यानडा र अस्ट्रेलिया

पूर्वसांसदलाई कोष बनाएर वा योगदानका आधारमा पेन्सन दिने व्यवस्था छ । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण