२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलाबाट काँग्रेस केन्द्रीय सदस्य बडु प्रतिनिधि सभाको लागी सर्वसम्मत किन भएनन् ?

२०७४, १९ आश्विन बिहीबार १०:४८

लोकेन्द्र प्रशाद जोशी/असोज १९, दार्चुला । नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं पूर्व राज्य मन्त्री दिलेन्द्र प्रसाद बडु दार्चुलाबाट प्रतिनिधिसभा सदस्यको लागि सर्वसम्मत उम्मेदवार हुन सकेका छैनन् । 


नेपाली काग्रेस दार्चुलाको दुइ दिनसम्म चलेको जिल्ला कार्यसमिति बैठकमा उहाँको नाम सर्वसम्मत हुन नसकेको हो । प्रतिनिधि सदस्यका लागि काग्रेस नेता एवं पूर्व जिल्ला कार्यसमिति सचिव गौरीशंकर गिरीले समेत उम्मेदवारी दर्ता गरेपछि बडु सर्वसम्मत हुन नसकेका हुन् । गिरी दार्चुलामा संस्थापन पक्ष अर्थात देउवा समूहका हुन् ।

प्रतिनिधि सभा सदस्यको समानुपातिकतर्फ ४ जनाको नाम केन्द्रमा पठाइएको छ । समानुपातिकका लागि जनजाती कोटामा नेपाली काग्रेसका जिल्ला सभापति ललितसिंह बोहरा, दलिततर्फ पुर्व महाधिवेशन प्रतिनिधि जयराम टमटा, खुल्लातर्फ महासमिति सदस्य विक्रमसिंह धामी र पुर्व जिल्ला सभापति महादेव बडुको नाम सिफारिस भएको छ । काग्रेस जिल्ला कार्यसमितिले बैठकले प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवारी दाबी गर्ने ४७ जनाको नाम केन्द्रमा सिफारिस गरेको हो ।

प्रदेश सभाको लागि निर्वाचन क्षेत्र नम्बर १ का लागि प्रत्यक्षतर्फ १५ जना र समानुपातिकतर्फ १७ जनाको नाम सिफारिस भएको छ । भने निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ ४ तथा समानुपातिकतर्फ ५ जनाको नाम सिफारिस भएको काग्रेश दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण