२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

मुसिकोटका ५६ जना विपन्नले राजगारी पाएपछि जनप्रतिनिधीहरुको जयजयकार

१० कार्तिक २०७४, शुक्रबार १२:३२

प्रेम सुनार/कात्तिक १०, गुल्मी ।  गुल्मीको मुसिकोट नगरपालिकाका जनप्रतिनिधीहरुले कार्यभार सम्हालेको सय दिन नपुगदै अति विपन्न परिवार छनौट गरी ५६ जनालाई रोजगारी प्रदान गरेका छन् । 

प्रत्येक वडामा ६ जना विपन्न परिवार छानेर ५६ जनालाई कार्यभार सम्हालेको सय दिन नपुग्दै सडक मर्मत सम्भार गर्ने लेन्थ वर्करको रोजगारी दिएको मुसिकोट नगरपालिकाका मेयर  सोमनाथ सापकोटाले बताए ।


‘मासिक १० हजारका दरले तलव पाउने भए पछि अव त सजिलै छोरा छोरी पाल्ने भएँ’–वडा नम्वर १, अरेवा गाउँकी विपन्न महिला पार्वती बिकले भनिन–‘ श्रीमान लफङ्गिएर हिडेर असाध्धै दुख पाएकी थिएँ , जागिर दिनु भयो उहाँहरुको जयहोस् ।’  उनि संगै सडकमा काम गर्दै गरेका अरु महिला र पुरुषहरुले पनि त्यहाँका जनप्रतिनिधीहरुको त्यस कार्यलाई धन्यवाद दिए । जागिर पाएकाहरु मध्ये अधिकांस दलित, अति सिमान्तकृत कुमाल, जनजाती र अति विपन्न अन्य समुदायका छन् ।

उनिहरुले कार्यभार सम्हाले देखि मुसिकोटका सवै सडक सुचारु छन् । मेयर सापकोटाले पहिलो प्राथामिकता गरिव विपन्नको उत्थानमा   रहेको  बताए । भने–‘ हामी गरिव विपन्न लक्षित कार्यक्रमहरुलाई पहिलो प्राथामिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरेका छौं , उनिहरुलाई अवको केहि वर्ष भित्रैमा आत्मानिर्भार बनाउने लक्ष्य छ ।’

नगर कार्य समिति सदस्य प्रकाश काफ्लेले एक जना महिला , गरिव विपन्नलाई एउटा मात्रै शिप प्रदान गरेर आत्मानिर्भर बनाउन लागिएको जानकारी दिए । 

‘गरिव वेरोजगार छु भन्नु हुन्छ भने आउनु होस नगरपालिकामा’ उनले भने– ‘तपाई के सिक्नु चाहनु हुन्छ ? हामी त्यही तालिम दिने छौं र त्यही शिपलाई पुर्णतः रोजगारीमा स्थापित गरी आत्मानिर्भर बनाउने छौं ।’

उनका अनुसार व्यवसायीक कृषि खेती, सिलाई बुनाई, मुसिकोट नगरपालिका भित्र आवश्यक सवै प्राविधिक जनशक्ति उत्पादन गरेर रोजगारी दिने लक्ष्य नगरपालिकाले लिएको छ । 

त्यस नगरपालिकाको पहिलो नगरसभाले रोजगारमुलक धुप्रै कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय गरेको छ । कृषकहरुलाई अनुदानको व्यवस्था समेत गरेको जनाईएको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु