२६ पुष २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुला: साख फर्काउने कसरतमा काँग्रेस, वाम गठबन्धनलाई निरन्तरताको चुनौती

३० कार्तिक २०७४, बिहीबार ०९:४३

कात्तिक ३०, दार्चुला । लगातार दुईपटक संविधानसभाको निर्वाचनमा हार व्यहोरेको नेपाली काँग्रेस दार्चुला आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आफ्नो पक्षमा पार्न कसरत गरिरहेको छ । 

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पार्टीका पूर्व प्रवक्ता दिलेन्द्रप्रसाद बडूको गृह जिल्ला दार्चुलामा विगतको तुलनामा संगठन सुधार र पार्टीको आन्तरिक व्यवस्थापन राम्रो भए पनि नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र०को वाम गठबन्धनले तालमेल गरी चुनावी मैदानमा होमिनु काँग्रेसका लागि चुनौती बनेको छ । 

दार्चुलामा काँग्रेस दुईपटकको हारको साख फर्काउन चुनावी सभालाई विगत दुई महिनायता व्यापक बनाउँदै लगेको छ । वाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार गणेशसिंह ठगुन्नालाई जितलाई निरतन्तरता दिन सहज भने छैन । 

वाम गठबन्धन भएपनि केही महिनाअघि सम्पन्न स्थानीय तहको निर्वाचनमा काँग्रेसले दार्चुलामा आफ्नो पकड बलियो बनाएको छ । विसं २०७० मा झिनो मतअन्तरले काँग्रेस नेता बडूलाई निर्वाचनमा पराजित गरेका ठगुन्नाले जिल्लाको विकासका लागि काम गर्न नसकेको मतदाताको आरोप छ । काँग्रेस नेता बडूले राष्ट्रिय राजनीतिमा बनाएको छविका कारण दार्चुलामा विकास निर्माणका योजनाहरु आएको भन्दै यहाँका मतदाता प्रतिनिधि छनोटमा विवेकपूर्ण निर्णय लिनेमा काँग्रेसजनहरु आशावादी छन् । 

प्रतिनिधिसभामा काँग्रेसबाट पुराना नेता विक्रमसिंह धामी र वाम गठबन्धनबाट ठगुन्नाले चुनावी सभालाई यहाँका ग्रामीण बस्तीसम्म पु¥याएका छन् । सुरुवातमा काँग्रेसबाट नेता बडू प्रतिनिधिसभाको चुनाव लड्ने चर्चा रहे पनि उहाँलाई पार्टीले समानुपातिकतर्फ उम्मेदवार बनाएपछि अर्का नेता धामीलाई प्रतिनिधिसभाको उम्मेदवार बनाएर जिल्ला पठाएको हो । उहाँ तीन दसकको राजनीतिमा पहिलो पटक उम्मेदवार बन्नुभएको हो । वाम गठबन्धनले काँग्रेस नेता बडूलाई यसपटक बलियो उम्मेदवारका रुपमा हेरे पनि अन्तिममा धामी मैदानमा देखिएपछि केही सहज महसुस गरेको छ । 

काँग्रेस केन्द्रीय सदस्य बडू वाम गठबन्धनभित्र व्यापक असन्तुष्टि देखिएकाले काँग्रेसलाई निर्वाचन जित्न सहज हुने बताउनुहुन्छ । “हाम्रो पार्टीभित्र पक्ष, विपक्ष नभई एकताबद्ध भएर लागेका छौँ,” नेता बडूले भन्नुभयो, “पार्टीभित्रको एकताकै कारण स्थानीय तहमा जिल्लामा काँग्रेसले बहुमत ल्याएको हो ।”

आफू समानुपातिक उम्मेदवार बनेर दोस्रो तहका नेतालाई व्यवस्थापन गरी चुनावी मैदानमा उत्रेको उहाँको भनाइ छ । पार्टीभित्रको एकता, स्थानीय तहको बहुमत र वाम गठबन्धनभित्रको द्वन्द्वका कारण निर्वाचनको नतिजा काँग्रेसको पक्षमा आउने नेता बडूले बताउनुभयो । दार्चुलामा २०४८ र २०५६ मा काँग्रेस, २०५१ र २०७० सालमा एमाले तथा २०६४ मा माओवादी केन्द्रले चुनाव थियो । 

वाम गठबन्धनका उम्मेदवार ठगुन्ना २०७० को निर्वाचन जिते पनि उहाँले विकास निर्माणलगायतका जनआवश्यताका बारेमा केही पहल गर्न नसकेको आरोप लागेको छ । तर वाम गठबन्धन पुनः निर्वाचनको परिणाम आफ्नो पक्षमा आउनेमा ढुक्क छ । 

काँग्रेस उम्मेदवार धामीले लोकतन्त्रको रक्षा र समग्र दार्चुलाको विकासका लागि काँग्रेस एक्लै भए पनि चुनावी मैदानमा आएको बताउनुभयो । “यसअघिका निर्वाचित प्रतिनिधिले जिल्लाको विकासका लागि के गरे रु जनताले राम्ररी बुझिसकेका छन्,” उहाँले भन्नुभयो, “यसपटक मतदाता काँग्रेसलाई जिताउन आतुर छन् ।” उहाँले जिल्लाको सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी, नदी नियन्त्रणका लागि तटबन्ध निर्माणलगायत विकास निर्माणका काम काँग्रेसकै पहलमा भएको बताउनुभयो । 

“जितेर गएपछि जिल्लाका लागि सिन्को समेत भाँच्न नसकेकाहरु पुनः जित्ने सपना देखिरहेका छन्”, धामीले भन्नुभयो, “लामो समयदेखि मतदाता काँग्रेसको जितको पर्खाइमा छन् ।” धामीले जतिसुकै गठबन्धन बने पनि काँग्रेसलाई निर्वाचन जित्न कठिन नहुने दाबी गर्नुभयो । 

वाम गठबन्धनका उम्मेदवार ठगुन्ना आफूले नै चुनाव जित्ने बताउनुहुन्छ । “वाम गठबन्धन कसैप्रति लक्षित छैन, यो देशको राष्ट्रिय आवश्यकता हो, वाम गठबन्धनबाट हामी चुनाव जित्छौँ”, ठगुन्नाले भन्नुभयो, “संविधान निर्माणको जिम्मा दिएका दार्चुलाका जनताले संविधान कार्यान्वयनको भूमिकामा पनि साथ दिनेछन् ।” 

जिल्लाको विकास र जनताका समस्या समाधानका लागि थालनी गरेका कामको निरन्तरताका लागि आपूmले उम्मेदवारी दिएको ठगुन्नाको भनाइ छ । 

दुवै उम्मेदवारले महाकाली करिडोरलाई तिंकर नाकासँग जोडेर जिल्लालाई त्रिदेशीय व्यापारिक नाकाका रुपमा विकास गर्ने मुख्य मुद्दा बनाइरहेका छन् । जिल्लाका उत्तरी तीन गाउँपालिकामा सडक पुगेको छैन । उम्मेदवारहरु सडक सञ्जाल विस्तार गर्नेदेखि रोजगारीका अवसर प्रदान गर्ने आश्वासन मतदातालाई दिइरहेका छन् । 

“दुईपटक माओवादी र एकपटक एमालेले चुनाव जिते पनि यहाँ काँग्रेसकै पहलमा विकास भएकाले जनमत काँग्रेसको पक्षमा छ,” काँग्रेस जिल्ला सचिव हरकसिंह विष्टले भन्नुभयो । 

वाम गठबन्धनले संयुक्त घोषणापत्र तयार गरी साझा प्रतिबद्धता जनतामाझ प्रस्तुत गर्दै जिल्लामा पर्यटन पूर्वाधार विकासमा जोड दिएको छ । प्रतिनिधिसभामा काँग्रेसका धामी, वाम गठबन्धनका ठगुन्ना, राष्ट्रिय जनमोर्र्चाका मनवीर दमार्इं, जनसमाजवादी पार्टी नेपालका धनबहादुर कुँवर र नयाँ शक्तिका जितेन्द्र महरा चुनावी दौडमा हुनुहुन्छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टीले भने काँग्रेस उम्मेदवारलाई सघाउने भएका छन् । पार्टीले टिकट वितरणमा मिलाएको सन्तुलनले समेत प्रदेशसभाका दुईवटै उम्मेदवारलाई फाइदा पुग्ने देखिन्छ । 

काँग्रेसबाट प्रदेशसभा ‘क’ मा मदन गिरी र ‘ख’ मा जगदीश पाल उम्मेदवार हुनुहुन्छ वाम गठबन्धनबाट प्रदेशसभा ‘क’ मा एमालेका गेल्बुसिंह बोहरा र ‘ख’ मा माओवादीका मानबहादुर धामी उम्मेदवार रहेका छन् । दुई नगरपालिका र सात गाउँपालिका रहेको जिल्लामा ७८ हजार ५१३ मतदाता रहेका छन् । 

छांगरु र तिंकरवासीले सदरमुकाममै मतदान गर्ने 

दार्चुलाको व्यास गाउँपालिका–१ छांगरु र तिंकरका मतदाताले जिल्ला सदरमुकाम खलंगामै मतदान गर्न पाउने भएका छन् । 

निर्वाचन आयोगले उनीहरुका लागि जिल्ला सदरमुकाममै निर्वाचन केन्द्र कायम गर्न सकिने भन्दै निर्णय गरेपछि सौका समुदायलाई मतदान गर्न सहज हुने भएको हो । 

निर्वाचन आयोगले उक्त मतदान केन्द्रका सबै मतदाता खलंगा आएर मतदान गर्न सक्ने अवस्था भएको खण्डमा सदरमुकाममै उनीहरुका लागि मतदान गर्न व्यवस्था मिलाउन मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले जानकारी दिनुभयो । 

“आयोगबाट पत्र प्राप्त भएको छ, व्याँसवासीको मतदान गर्न पाउने व्यवस्था मिलाउन आयोगले बाटो खुल्ला गरेको छ,” उहाँले भन्नुभयो ।” उहाँले छिट्टै दलीय बैठकमार्फत आयोगको पत्रबारे जानकारी गराउने तथा निर्णय कार्यान्वय गरिने बताउनुभयो । 

सदरमुकाम खलंगाबाट करिब ९० किलोमिटर उत्तरमा रहेको व्याँस गाउँपालिका–१ मा रहेका दुईवटै मतदान केन्द्र खलंगा सार्नका लागि निर्वाचन आयोगलाई यसअघि सर्वदलीय बैठकले अनुरोध गरेको थियो । व्याँसमा हिमपात शुरु भइसकेकाले मंसिर १० गतेसम्म सबै मतदाता खलंगा बसाइँ सर्ने भन्दै आयोगलाई अनुरोध गरिएको थियो । 

व्याँसमा हिमपात शुरु भएकाले चिसो बढेसँगै सौका समुदायले खलंगा बसाइँ सराइ गर्न थालेका छन् । व्याँसको तिंकरमा रहेको मोती महिला संघ आधारभूत विद्यालय केन्द्रमा २०७ तथा कैलाशपति निमावि छांगरु केन्द्रमा ३३४ गरी कूल ५४१ मतदाता रहेका छन् । उक्त केन्द्रलाई खलंगामा रहेका सोही नामका विद्यालयमा कायम गर्नका लागि आयोगले अनुमति दिइसकेको मुख्य अधिकृतको कार्यालयले जनाएको छ । शेरबहादुर सिंह/किरण धामी, रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनआरएनएलाई नेपालमा बस्न १० वर्षसम्म भिसा शुल्क नलाग्ने च्याटजीपीका संस्थापकमाथि बहिनीलाई यौनशोषणको आरोप सुप्रिम सहकारी ठगी प्रकरण : रविलाई ४ करोड १५ लाख, छविलाई ४ करोड २७ लाख बिगो दाबी मेयर बालेनले सरकारसँग मागे नयाँ प्रमुख प्रशासकीय अधिकृत युके पठाइ दिन्छु भन्दै साढे ३१ लाख रकम ठगी गर्ने पक्राउ माधव नेपाल, प्रचण्ड र राजेन्द्र लिङ्देन छलफलमा जिबी राईलाई सबै दलले ल्याउन चाहेनन्, उनी आए पोल खुल्छः डा.दीक्षित वैदेशिक रोजगारीमा जाने श्रमिकलाई देशगत रूपमा अभिमुखीकरण तालिम दिन विभागको निर्देशन रवि लामिछानेविरुद्ध विरुद्ध बुटवलमा पनि मुद्दा दायर गरिंदै, प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन काठमाडौँमा जेसीबीको ठक्करबाट ११ वर्षीया बालिकाको मृत्यु विश्वकपमा केही राम्रो छाप छोड्नेछौं : कप्तान पूजा महत्तो ३७ लाख धरौटी बुझाएर छुटिन् लिला अचानो प्रहार गरेर श्रीमतीको हत्या दोलखाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना अदालतको आदेशले छुटे पनि रविको सांसद निलम्बन फुकुवा नहुने जहाजको टिकट नपाएपछि स्थलमार्गबाट काठमाडौं आउँदै रवि धनकुटामा पिकअप दुर्घटना, २ जनाको मृत्यु आगामी वर्षदेखि उपचारसँग जोडिएको चस्मामा भ्याट र भन्सार नलाग्ने व्यवस्था गर्नेछौँ: स्वास्थ्यमन्त्री पौडेल आज २ बजेको फ्लाइटमार्फत पोखराबाट काठमाडौँ आउदै रवि , अब के हुन्छ प्रक्रिया ? कमल थापाले भेटे प्रधानमन्त्री ओलीलाई, के भयो कुराकानी ?