२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

अर्जुन जोशी र काँग्रेस समर्थकको खुन तात्ने गरी गणेश तिमिल्सीनाले यसरी झपारे- भिडियो सहित

२०७४, १८ मंसिर सोमबार ०३:३४

पर्वत । नेकपा एमालेका पोलिटव्यूरो सदस्य गणेश तिमिल्सीनाले नेपाली काँग्रेसका प्रतिनिधिसभा उम्मेदवार पूर्व सांसद अर्जुन जोशीलाई नालायकको संज्ञा दिएका छन् ।

तीन पटकसम्म निर्वाचन जितेर ह्याट्रीक गरे भन्नेहरु मन्त्री बन्न नसकेर रुदै बसेको छन् , विचराहरुलाई लायक कसरी भन्ने हुनले भने । जिल्लाको विकास तीन पटक सांसद हुदाँ गर्न नसक्ने नेताले अब पनि चुनाव जित्छु भन्नु कल्पना मात्रै भएको उनले बताए ।

पैसा बाँडेकै कारण तीन पटक चुनाव जिते, अब यीनका दिन गए पैसाले चुनाव जितिदैन यसपाली बामगठबन्धनको लाल किल्ला हुन्छ तिमिल्सीनाले भने ।

अरुले गरेका विकासे कामहरुलाई आफूले गरेको भन्नेहरुले किन राजमार्गको दुरदर्शा १८ बर्षसम्म देख्न सकेनन् । तिमिल्सीनाले भने ।

गाउँगाउँमा बाटो कति पुग्यो र पक्की सडक भयो ?, कालीगण्डकी करिडोर कसको पालामा हरायो ? जनताले बुझ्दैनन्, एमालेले सांसद जितेपछि दक्षिणमा कालीगण्डकी करिडोर शुरु भयो, फलेवास सडक पक्की बन्न लाग्यो यो हामीले गरेको हो । सांसद विकास लम्सालले गरेका हुन् । नियमीत कार्यक्रममा आउने रकम र योजनालाई मैले ल्याएको हो भन्ने अनि दक्षिण गएर मैले सवै बाटो पक्की बनाउँछु भन्ने ? अरुले बनाएको कामलाई आफूले बनाएको भन्नेले ६ महिना चल्ने सडकको जिम्मा आफूले लिनुपर्छ कि पर्दैन् तिमील्सीनाले आक्रोश पोखे ।

क्षेत्रीय बाटोदेखि ग्रामिण सडक निर्माण गर्ने हामी मैले बनाएको हुँ भन्ने हिड्ने उनी ? तिन पटक सांसद हुदँ जिल्लामा कति मानिस मरे, कति बालबालिका मरे ? प्रकृति र नियम अनुसार भएका दुर्घटना, मृत्युको पनि त त्यसो भए जिम्मा लिनु पर्यो नी, लाज नभएकाहरुलाई जे भनेपनि सुहाउँदो रैछ निकै आक्रोशित रुपमा उनले जोशीमाथि प्रहार गरे ।

पर्वतमा तीनै जनाले विजयी हासिल हुने तिमील्सीनाले दाबी गरे । गठबन्धन नभएको भएपनि पर्वतमा तीन पदमा एमाले विजयी हुने अबस्था थियो तर बामगठबन्धन बनेपछि अब नसोचेको मतका साथ बामगठबन्धन विजयी हुन्छ , उनले भने ।

तिमील्सीनाले अर्जुन जोशीलाई बुढो भैसीको संज्ञा समेत दिएका छन् । अब आफै बुझ्नुहोस हाम्रा युवा उम्मेदवारहरु क्षमतावान् छन् त्यसैले कसैले एतिहास दोहो¥याउने सोच बनाएपनि अब बामगठबन्धनले जित्ने दाबी गरे ।

उनले हसियाँले हुने कामलाई ठूलो हतियार पन्चरो किन निकाल्ने भन्ने हिसाबले हामीले युवा पंक्तिलाई उठाएका हौं, कसैलाई हेविवेट र कसैलाई कम लेबलको नठाने हुन्छ उनले भने ।

बुढो गोरुले भकरो ओगटेझै आफैमात्रै उम्मेदवार बन्नेहरुलाई के भन्ने ? हामीसँग एक सय एक नेता छन् त्यसैले हामी उम्मेदवार परिर्वतन गरेका छौं । त्यसैले अब यसपालीको विजयी हाम्रो नै हो । तिमील्सीनाले काँग्रेसको लोकतान्त्रीक गठबन्धन नभइ दक्षिणपन्थी गठबन्धन भएको समेत टिप्पणी समेत गरेका छन् ।

२०७० सालको मौन अबधीमा ४५ लाख खर्च गरेर काँग्रेसले पैसाको चलखेल गरेको उनले दाबी गरे । पैसाको चलखेल अहिले पनि गरेर जित्ने दाउमा छन् तर त्यो हुन सक्दैनन् उनले भने ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण