2026-06-26 04:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुगुमा भाईरल ज्वरोको प्रकोप बढ्दै, अस्पताल लैजाने मान्छेसम्म छैनन

2017-12-04

नन्द बहादुर रोकाया/मसिर १८,  मुगु  । मुगुमा अत्यधिक चिसो बढेसँगै जिल्लाभर भाइरल ज्वरोका बिरामी बढ्दै गहेका छन् । 

सबैदुर्ई साता देखि फैलीएको भाईरलको प्रकोपले सम्रग मुगु जिल्लामा त्रास पैदा भएको छ । भाईरल जरोले एकै घरका चारपांच सम्म बिरामी परेका छन् । उपचारका लागी अस्पताल पु¥याउने मान्छे सम्म गाउँमा छैनन् । 

मुगुको छायाँनाथ रारा नगरपालीकाका ५ कार्कीवडाका धनलाल काकीका अनुसार मुगु जिल्लाका चारै भेगमा भाईरल जरोले सताएको बताउनुभयो । उहाँले भन्नुभयो दुई सातादेखि फैलीएको भाईरल जरोले समग्र मुगुबासी प्रभावित भएका छन् । 

ज्वरो आउने श्वासप्रश्वासमा कठिनाइ हुने, आँखा पोल्ने टाउँको दुख्ने लगायतका समस्या छन् । यता जिल्ला अस्पताल लगायत स्वास्थ्य संस्थाहरुमा दैनिक साठीसत्तरी जना.भाईरल जरोका  बिरामीहरु पुग्ने गरेका छन् । 

जिल्ला स्वास्थ्य कार्यलय मुगुका अनुसार १३ जनाको मृत्यु भएको भन्ने खबर सार्वजनिक भए पनि सबै भाईरल मात्र नभई अन्य रोगका कारण मृत्यु हुनेको संख्या यति भएको जिल्ला स्वास्थ्य कार्यलय मुगुका मेडिकल अधिकृत डबल बहादुर मल्लले जानकारी दिनुभयो । 

भाईरल जरोले मुगुमा प्रकोपको रुप लिने थालेपछि धेरै बाहिर नहिंड्न, चिसोबाट बच्न र बालबालिकालाई सकेसम्म घरमै राख्न चिकित्सकहरुले सुझाव दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ