2026-09-08 06:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

​रङ्ग फेर्ने राराताल पर्यटकहरुको आकार्षणको केन्द्र बन्दै (फोटोफिचर)

नन्द बहादुर रोकाया/मङ्सिर १८, मुगु । समुन्द्री सतहबाट २ हजार ९ सय ७२ मिटर उचाइमा रहेको राराले दिनमा निकै चोटी रङ्ग फेर्छ । 

कहिले निलो, कहिले बैजनी, कहिले सिम्रिक जस्तो अनि कहिले खैरो । मौसम अनुसार दिनमै चार पाँच चोटी फेरिने राराको पानीको रङ्गमा मिसिन आइपुग्छ सिन्जे र कान्जिरोवा हिमालको छाँया । अनि रारा साँच्चिकै धर्तीको स्वर्ग, स्वर्गको अप्सरा देखिन्छ । 

काठमाण्डौंबाट पहिलो चोटी रारा ताल घुम्न आएका बिशाल हमालले पनि यस्तै अनुभव गर्नु भयो । मुगु सदरमुकाम गमगडीको पश्चिम पट्टि १० किमी लम्बाई र ३ किमी चौडाईमा फैलिएको १६७ मिटर गहिरो रारा हेर्ने पर्यटकहरु बढेका छन् अचेल । 

२०६९ साल पौष १ गते सडक उद्घाटन भई सदरमुकाम गमगडीसँग जोडिएको रारामा  यसको एकवर्ष पछि नियमित रुपमा गाडी चल्न थाल्यो । त्यसयता रारा आउनेलाई सजिलो भयो । रारा पुग्नेहरु सदरमुकाम गमगढी पनि झर्छन् । 

रारामा पर्यटक बढे, स्थानीय व्यवसायीको आम्दानी पनि बढ्यो भन्नुहुन्छ बुद्ध गेष्ट हाउस गमगढीका सञ्चालक मनमान बुढा । मुगु सदरमुकाम गमगढीबजारको तल्लो बजारमा कोशेली घर छ । कोशेली घरमा मुगुमा उत्पादन भएका स्थानीय बाली ,चिनो कागनो फापर सिमी मार्से लगायत स्थानीय स्तरका लत्ता कपडा पाईन्छन । छायाँनाथ रारा नगरपालीका वडा नं १ बासी चेतना शाहीले २०७१ सालमा राराबाट फर्किने पर्यटकहरुका लागि भनेर यो कोशेली घर खोल्नु भएको हो ।

 

चेतनाले कोशलीघरमा स्थानीय स्तरमा गई स्थानीय स्तरमा उत्पादन भएका सामान खरिद गरि बजारिकरण गदै आउनुभएको छ । चेतना भन्नुहुन्छ, कोशेली घरले स्थानी किसानको खर्च धानेको छन । पर्यटकलाई राराको सुन्दरताले लोभ्याएर मुगुसम्म पु¥याउँछ । 

मुगुका उत्पादनहरु चिनो ठानेर किनेर लैजान्छन् । तर रारा पुग्नेहरुका लागि पर्यटकीय व्यवस्थापन अपुग भएको पर्यटक हरुकोे गुनासो छ । अचेल मुगुको रारामा वर्षको सरदर ६० हजार भन्दा बढी देश भित्र र बाहिरका पर्यटक घुम्न जान्छन् । 

पर्यटक बढे यता मुगुको आम्दानी बार्षिक ४० प्रतिशतले बढेको छ । पहिले पहिले मुगुको गरिबीको मात्र प्रचार गरिन्थ्यो । अचेल पर्यटक प्रर्वद्धन गरेर मुगुको विकास गर्न सकिन्छ भन्ने बहस उँचो भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल