२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘हलो जोतेर हुर्केको हुँ, ममा शासकीय स्वभाव छैन, सेवक हुने हो’

२०७४, ९ पुष आईतवार ०२:३७

पुस ९, काठमाडौँ । एमाले अध्यक्ष केपी ओलीले आफूले कुनै दम्भ लिएर काम नगर्ने बताएका छन् । 

सन्त नेता एवं कांग्रेसका संस्थापक कृष्णप्रसाद भट्टराईको ९४ औं जन्मोत्सवका अवसरमा शनिबार भट्टराई आश्रम बाँडेगाउँमा आयोजित कार्यक्रममा उनले चुनाव सकिएपछि राष्ट्र विकासका लागि सबैसँग सहकार्य गरेर अघि बढ्न चाहेको बताए ।

ओलीभन्दा अघि बोल्ने कांग्रेस नेता प्रदीप गिरीले चुनावी परिणामले ओली शासक बन्न खोजेको संकेत गरेपछि उनले त्यसको खण्डन गर्दै आफ्नो स्वभाव शासक नभएर राष्ट्रको सेवा गर्नेतर्फ केन्द्रित रहेको बताएका हुन् ।

‘खेलको मैदानमा गइसकेपछि एउटाले जित्छ, अर्काले हार्छ । यो खेलको नियम नै हो । तर जब खेल सकिन्छ त्यसपछि पनि एउटैले जितेको जित्यै गर्नुपर्छ भन्ने कुरा ठीक होइन, म गाउँमा गाई–भैंसी चराएर, घाँस काटेर, हलो जोतेर हुर्केका ठिटो हुँ,’ ओलीले भने, ‘ममा शासकीय स्वाभाव छैन । सेवक हुने हो ।

यसको अर्थ भ्रष्टाचारीलाई छुट दिने, बेथिति, गैरकानुनी काम गर्ने र सुशासन काम नगर्ने भन्ने होइन । यिनमा कडाइ गर्ने राज्यको धर्म नै हो । तर वैचारिक रूपमा प्रतिपक्ष, सत्तापक्षसँग शासकको दम्भ देखाउने काम मबाट हुन्नँ । म त्यस किसिमको कुलघरानमा जन्मेको मान्छे पनि होइन ।’आजको कान्तिपुरमा यो खबर छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी