२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘काठमाडौँका सडक अपांगतामैत्री बनाउ’

२०७४, १४ पुष शुक्रबार १०:४७

पुस १४, काठमाडौँ । ह्विीलचियर प्रयोगकर्ताले काठमाडौँका सडक अपांगतामैत्री हुनुपर्ने माग गर्नुभएको छ । 

‘सबैका लागि पँहुचयुक्त संरचना’ भन्ने नारा बोकी आज राजधानीमा ह्विलचियर ¥याली निकालिएको छ । करुणा फाउण्डेशन नेपाल र सडक सुरक्षा नेपालको संयुक्त सहकार्यमा प्रज्ञा प्रतिष्ठानबाट शुरु भएको ¥याली नक्सालस्थित नारायण चौरमा पुगी सभामा परिणत भएको थियो । 


सो अवसरमा महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयका सहसचिव राधिका अर्यालले पल्छिलो १५ वर्षमा नेपालमा अपांगता भएका व्यक्तिका लागि सकारात्मक काम भएको बताउँदै “अपांगता भएका व्यक्तिको हकमा केही नभएको भन्ने होइन, राम्रा काम पनि भएका छन्, हामीले निकै राम्रा नीति नियम बनायाँै तर आफ्नो सोचलाई परिवर्तन गर्न नसेका कारण त्यसको कार्यान्वयनमा चुनौती थपियो त्यसैले अब सोच बदल्ने समय आएको छ,” भन्नुभयो । 

करुणा फाउण्डेसन नेपालका कार्यक्रम संयोजक अमृता ज्ञवालीले अझै पनि अधिकांश सरकारी भौतिक संरचना अपांतामैत्री हुन नसकेको उल्लेख गर्दै सरकारी कार्यालयदेखि सार्वजनिक सडक पनि ह्विलचियरमैत्री नभएकाले यातायातमा समस्या हुने गरेको गुनासो गर्नुभयो । 

स्पाइनल कर्ड इन्जुरी स्र्पोट्स एशोसिएसनका अध्यक्ष गायत्री दाहालले देशमा राजनीतिक रुपमा सकारात्मक परिवर्तन भइरहेको अवस्थामा अपांगताका क्षेत्रमा पनि सुधार हुने विश्वास व्यक्त गर्दै “प्रज्ञा प्रतिष्ठान र राष्ट्रिय सभागृहजस्ता सार्वजनिक कार्यक्रम हुने ठाउँमा पनि अपांगमैत्री शौचालय नहुँदा उनीहरुले समस्या भोग्नु परेको छ,” भन्नुभयो । 

स्वालम्बनइभन प्रद्धति केन्द्रका अध्यक्ष भोजराज श्रेष्ठले सविधानले राजनीतिमा अपांगता भएका व्यक्तिको उपस्थिति अनिवार्य गरेको भए पनि भर्खरै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको प्रत्यक्ष र समानुपातिक दुवैतर्फ एक जना अपांगता भएको व्यक्ति नपर्नुले राजनीतिक दल अझै अपांगता भएका व्यक्तिप्रति गम्भीर नदेखिएको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस