१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘काठमाडौँका सडक अपांगतामैत्री बनाउ’

१४ पुष २०७४, शुक्रबार १०:४७

पुस १४, काठमाडौँ । ह्विीलचियर प्रयोगकर्ताले काठमाडौँका सडक अपांगतामैत्री हुनुपर्ने माग गर्नुभएको छ । 

‘सबैका लागि पँहुचयुक्त संरचना’ भन्ने नारा बोकी आज राजधानीमा ह्विलचियर ¥याली निकालिएको छ । करुणा फाउण्डेशन नेपाल र सडक सुरक्षा नेपालको संयुक्त सहकार्यमा प्रज्ञा प्रतिष्ठानबाट शुरु भएको ¥याली नक्सालस्थित नारायण चौरमा पुगी सभामा परिणत भएको थियो । 


सो अवसरमा महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयका सहसचिव राधिका अर्यालले पल्छिलो १५ वर्षमा नेपालमा अपांगता भएका व्यक्तिका लागि सकारात्मक काम भएको बताउँदै “अपांगता भएका व्यक्तिको हकमा केही नभएको भन्ने होइन, राम्रा काम पनि भएका छन्, हामीले निकै राम्रा नीति नियम बनायाँै तर आफ्नो सोचलाई परिवर्तन गर्न नसेका कारण त्यसको कार्यान्वयनमा चुनौती थपियो त्यसैले अब सोच बदल्ने समय आएको छ,” भन्नुभयो । 

करुणा फाउण्डेसन नेपालका कार्यक्रम संयोजक अमृता ज्ञवालीले अझै पनि अधिकांश सरकारी भौतिक संरचना अपांतामैत्री हुन नसकेको उल्लेख गर्दै सरकारी कार्यालयदेखि सार्वजनिक सडक पनि ह्विलचियरमैत्री नभएकाले यातायातमा समस्या हुने गरेको गुनासो गर्नुभयो । 

स्पाइनल कर्ड इन्जुरी स्र्पोट्स एशोसिएसनका अध्यक्ष गायत्री दाहालले देशमा राजनीतिक रुपमा सकारात्मक परिवर्तन भइरहेको अवस्थामा अपांगताका क्षेत्रमा पनि सुधार हुने विश्वास व्यक्त गर्दै “प्रज्ञा प्रतिष्ठान र राष्ट्रिय सभागृहजस्ता सार्वजनिक कार्यक्रम हुने ठाउँमा पनि अपांगमैत्री शौचालय नहुँदा उनीहरुले समस्या भोग्नु परेको छ,” भन्नुभयो । 

स्वालम्बनइभन प्रद्धति केन्द्रका अध्यक्ष भोजराज श्रेष्ठले सविधानले राजनीतिमा अपांगता भएका व्यक्तिको उपस्थिति अनिवार्य गरेको भए पनि भर्खरै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको प्रत्यक्ष र समानुपातिक दुवैतर्फ एक जना अपांगता भएको व्यक्ति नपर्नुले राजनीतिक दल अझै अपांगता भएका व्यक्तिप्रति गम्भीर नदेखिएको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक