४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आरुषी-हेमराज हत्याकाण्डमा फेरि नेपाली कामदार ‘दोषी’ देखाइयो

१६ पुष २०७४, आईतवार ०२:१६

पुस १६, काठमाडौं । आरुषी–हेमराज काण्ड’ का रुपमा भारतीय समाजमा चिनिएको एक दशक पुरानो गम्भीर अपराध र अझै किनारा लाग्न नसकेको फैसलामा पछिल्लोपटक नेपाली कामदारहरुलाई ‘हत्याको भागिदार’ का रुपमा लान्छना लगाइएको छ। 

यो खबर देवेन्द्र भट्टराईले आजको कान्तिपुरमा लेखेका छन्। उत्तर प्रदेश, नोयडाको सेक्टर–२५, जयलायु बिहार अपार्टमेन्टमा सन् २००८ को मे १५ मा १४ वर्षीया आरुषी तलवारको शव भेटिएयता प्रहरी अनुसन्धान र अदालती निर्णयमा बाझिंदै फैसला आउने क्रमसँगै गत अक्टोबर दोस्रो सातामा इलाहावाद उच्च न्यायालयले यसअघि ‘क्लिन–चिट’ पाइसकेका कामदारलाई दोषी देखाइएको छ।


नोयडाका प्रतिष्ठित चिकित्सक राजेश–नुपुर तलवारकी एकमात्र छोरी आरुषीको शंकास्पद हत्यामा तत्काल आशंका गरिएका घरेलु कामदार हेमराज बञ्जाडेको पनि त्यही अपार्टमेन्टमा आरुषी मृत भेटिएको दुई दिनपछि शव भेटिएको थियो। 

भारतको केन्द्रिय अनुसन्धान ईकाइ, सीबीआईले विभिन्न तह र चरणमा गरेको हत्या अनुसन्धानपछि चार वर्षअघि आरुषीका पितामाता स्वयं हत्यारा रहेको फैसलासहित अदालतले आजीवन कारावासको सजाय सुनाएको थियो। 

तर, सीबीआई अनुसन्धानको पछिल्लो चरणमा एउटै घटना र प्रकृतिको फैसलामा विगतमा ‘निर्दोष’ सावित भइसकेका पात्रलाई दोष देखाएर थुनामा रहेका तलवार दम्पतीलाई सजायमुक्त गरिएपछि पीडित पक्षका तर्फबाट मृतक हेमराजकी श्रीमती खुमकला बन्जाडेले दिल्ली पुगेर सर्वोच्च अदालतमा उजुरी हालेकी छिन्।

‘मेरा श्रीमान हेमराज बन्जाडेको हत्या कसले गरेको हो ? सीबीआई र अरु सम्बद्ध निकायले मेरा श्रीमानको हत्याराबारेमा अलग सोधबिन किन गर्न नचाहेको हो ?’,अर्घाखाँचीको, धारापानी निवासी खुमकलाले दिल्ली पुगेर फिरेपछि भनिन्। 

दिल्लीस्थित मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको सहयोग लिएर न्यायको खोजीमा अदालत पुगेकी खुमकलाले अहिलेसम्म श्रीमान हत्यामा संलग्न अभियुक्त अथवा कानुनी तहको क्षतीपुर्तिबारेमा कहींकतैबाट भरथेग पाएकी छैनन्। अदालती फैसलामा आरुषी र हेमराज हत्यापछि तलवार परिवारसम्बद्ध नेपाली घरेलु कामदारहरु कृष्ण थापा, राजकुमार तथा विजय मण्डल (भारतीय) लाई दोषी देखाएको छ। 

यीमध्ये कृष्ण र राजकुमार अहिले नेपालमै बसेर आफ्नो रोजीरोटी धान्ने काम गरिरहेका छन्। आरुषी हत्याकाण्डको अनुसन्धान गर्ने क्रममा यी नेपाली कामदारहरुलाई सीबीआईले चर्को यातनासहित बयान लिएको खबर पनि बाहिर आएको थियो।

‘अदालतमा कामदारहरु कृष्ण, राजकुमार र विजयका पक्षबाट बहस पैरवी गरिदिने कोही थिएन। उनीहरुको भनाइसमेत राख्न दिइएन, यो प्रचलित न्यायको सिद्धान्तविपरित भयो,’ एकता समाजका महासचिव खगेश्वर शर्माले दिल्लीबाट जारी गरेको विज्ञप्तीमा उल्लेख छ। 

पछिल्लो फैसलामा हेमराजको हत्याको कारणबारेमा केही खुलाइएको छैन। त्यसमाथि, कामदारहरु स्वयं आरुषी हत्याका ‘भागिदार हुन सक्ने’ भनेर मृत हेमराजमाथि समेत शंकाको दृष्टि राखिएको फैसलाले संकेत गरेको छ।

भारतीय समाजमा एकदमै प्रचलित बनेको रहस्यमयी काण्ड ‘आरुषी–हेमराज हत्या’ माथि पुस्तक तथा फिल्मसमेत बनिसकेको छ।

फैसलाले नेपाली कामदारलाई ‘दोषी करार’ गर्न चाहेको र आफ्ना श्रीमान हेमराजको हत्याबारे सीबीआईले केही नबोलेकोमा न्याय खोज्न दिल्ली पुगेकी खुमकलाले त्यहाँको नेपाली दूतावाससमक्ष पनि आफ्नो सरोकार सुनाउन चाहेकी थिइन्। 

‘तर दूतावासको कन्सुलर सेवासँग पहुँच राख्नै सकिएन, यस्ता गम्भीर प्रकृतिका मामलामा दुतावासले सुनुवाइ गर्ने गरेको नजिर हामीसँग छँदै छैन,’ समाजका दिल्लीस्थित एक अधिकारीले भने।

अर्घाखाँचीको धारापानी गाउँमा खेतीपातीसँगै मुस्किलले जीवनयापन गरिरहेकी खुमकलाको छोरा छातीको समस्याबाट ग्रसित भएर उपचाररत छन्। अनाहकमा पति मारिएको घटना सबैतिर चर्चित भए पनि खुमकलाले कहींकतैबाट सहयोग वा सान्त्वना पाएकी छैनन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ