१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दृष्टीविहीन भएर के भो त ! ज्ञवालीले गरे पीएचडी

१७ पुष २०७४, सोमबार ०२:४४

पुस १७, काठमाडौं । गुल्मीका ४६ वर्षीय लक्ष्मणप्रसाद ज्ञवाली दृष्टिविहीन हुन्। तर, दृष्टिविहीन भए पनि उनलाई केही फरक परेन। 

दृष्टि हुनेहरूले जस्तै उल्लेखनीय काम गरेर नेपालको शैक्षिक इतिहासमा आफ्नो नाम लेखाउन सफल भए। त्यो हो उनले प्राप्त गर्नुभएको फिलोसफी अन डक्टर्स (पीएचडी) उपाधि। यो खबर ईश्वरराज ढकालले आजको नेपाल समाचार पत्रमा लेखेका छन्।

त्रिभुवन विश्वविद्यालयको ४३औं दीक्षान्त समारोहका अवसरमा आइतबार आयोजित कार्यक्रम निकै खुसी देखिएका थिए ज्ञवाली। खुसीले गद्गद् मात्र होइन, पीएचडी पदवीले दीक्षित हुन पाउँदा हर्षविभोर नै थिए। उनले आफ्नी आमा, छोराछोरी र श्रीमतीलाई एकदमै ‘मिस’ गरे। र, भने– ‘मेरो परिवारले सहयोग नगरेको भए डाक्टर हुन पाउँथिन होला, धन्य मेरो परिवार। छोराछोरीको सहयोग साह्रै महत्त्वपूर्ण हुँदोरहेछ, श्रीमतीको योगदानको त कुरै नगरौं।’

तर, उनलाई यो सफलता त्यति सजिलै हातपरेको होइन, यसका लागि उनले धेरै पापड पेल्नुपरेको छ। गुल्मीको बम्घा ताहाटिम विद्यालयमा कम्प्युटर शिक्षक रहेका ज्ञवाली थप्छन्– ‘कहिले छोरा विजय र कहिले छोरी तिलोत्तमाले पढेर सुनाउँछन्, उनीहरूले भनेकै आधारमा नोट बनाएर पढ्छु।’


बीबीए चौंथो वर्षमा अध्ययनरत तिलोत्तमा बुबाकै कुरामा सही थाप्दै भन्न्छन्– ‘हाम्रै सहयोगमा बुबाले यो सफलता हासिल गर्नुभएको हो। बुबालाई सिकाउँदा म पनि धेरै जान्ने भइसकें।’

गुल्मीमै बस्दै आएका उनलाई घरमा हुँदा विद्यालयका शिक्षक र घर वरपरका साथीभाइले सहयोग गर्दै आएका छन्।

त्रिभुवन विश्वविद्यालयमा दृष्टिविहीन भएर पीएचडी पदवी हासिल गर्ने सायद उनी दोस्रो व्यक्ति हुन्। यसअघि लक्ष्मी पोखरेलले पीएचडी गरिसकेकी छन्। उनका अनुसार सायद दृष्टिविहीन वीरेन्द्र पोखरेल र गोविन्द आचार्य पनि पीएचडी गर्दै छन्। २०६१ सालदेखि प्रावि द्वितीय तहको शिक्षकका रूपमा काम गर्दै आएका उनले पोलिटिकल साइन्समा पीएचडी गरेका हुन्। जन्मजात दृष्टिविहीन उनका बुबा र दुई भाइ पनि दृष्टविहीन नै छन्।

त्रिवि स्रोतका अनुसार यो वर्ष ६२ जना पीएचडी उपाधिबाट दीक्षित भएका छन् भने ३१ जनाले विभिन्न पदक पाएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक