२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मी: ३७ वर्षअघि विद्यार्थी, अहिले सिडयो बनेर त्यही विद्यालयको प्रमुख अतिथी (फोटोफिचर)

२०७४, २० पुष बिहीबार ०७:४१

प्रेम सुनार/पुस २०, गुल्मी । गुल्मीको एक विद्यालयमा ३७ वर्ष अघि  सम्म विद्यार्थी रहेका एक व्यक्ति अहिले यसै जिल्लाका सिडियो भएर त्यस विद्यालयको एक कार्यक्रमा प्रमुख अतिथीका रुपमा आज  स्वागत–सत्कार गरिएको छ । 

गुल्मीका सिडियो अर्थात प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याललाई रेसुङ्गा नगरपालिका १० सिमिचौरमा रहेको भगवती माध्यामिक विद्यालयले आज तिन कोठे भवन निर्माणको शिलान्यास गराई प्रमुख अतिथीका रुपमा स्वागत–सत्कार गरेको हो ।   प्रमुख जिल्ला अधिकारी अर्याल सोही गाउँका वासीन्दा हुन् ।  उनले पढ्ने बेला २०३७ साल सम्म कक्षा  ७ सम्मको मात्रै  पढाई हुने प्रजिअ अर्यालले बताए । 


शिलान्यास समारोहलाई सम्वोधन गर्दै   प्रमुख अतथी अर्यालले  २०३७ साल सम्म आफुले त्यस त्यसै विद्यालयमा पढेको स्मरण गरे । उनले भने –‘ म यसै विद्यालयमा बढेको विद्यार्थी भएकोले पनि   यसको स्तरोन्तीका लागि मेरो पनि नैतिक जिम्मेवारी रहन्छ  र मैले आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्दै जाने छु । ’ उनले रेसुङ्गा नगरपालिकाले त्यस विद्यालयकौ भौतिक र शैक्षिक विकासमा जोड दिने कुरामा आशा व्यक्त गरे ।

 गत ३५ वर्ष देखि त्यसै विद्यालयमा अध्यापन गराउँदै आएका शिक्षक ऋषिराम अर्यालयले सिडियो अर्याललाई सिडियो साव नभई गोपाल बाबुका रुपमा सत्कार गर्न पाएकोमा गर्व महशुस गरेको बताए । 


उनले भने–‘ हुन त उहाँ हामी सवैको सिडियो हो तर मैरै दाजु भाई र यसै विद्यालयमा बढेको हुँदा मैले  गोपाल बाबु भन्ने गर्छु  र हिजोको यसै विद्यालयको एउटा सामन्य विद्यार्थी आज यस जिल्लकै सिडियो भएर प्रमुख अतिथीका रुपमा सत्कार गर्न पाउँदा असाध्यै गौरव महशुस गरेका छौं ।’ 

रेसुङ्गा नगरपालिका वडा नम्वर १० का वडाध्यक्ष पदमप्रसाद अर्यालले पनि त्यसै सिमिचौरवासी सिडियो अर्याललाई निम्ताएर भवनको शिलान्यास गराउन पाएकोमा गर्वित भएको बताए । 


सो नगरपालिकाको सामाजिक समितिका संयोजक समेत रहेका अर्यालले अव यस नगरपालिका अन्तरगतका शैक्षिक संस्थाहरुलाई हिजोको अवस्थामा  रहन नदिने उद्घोष गरे ।  

कार्यक्रमकी विशेष अतिथी उप–मेयर सिता भण्डारीले नगरपालिकाले यस भित्रका शैक्षिक संस्थाहरुको अवस्था बुझेर अगाडी बढ्ने बताईन । 

त्यस्तै अर्का विशेष अतिथी विद्यालय निरीक्षक पिताम्वर पन्थीले आगमी शैक्षिक वर्ष भित्र उक्त भवन सम्पन्न भई सक्नु पर्ने सुझाव दिए । उनले आउँदो शैक्षिक सत्र देखि जिल्ला शिक्षा कार्यालय खारेज हुने जानकारी समेत गराए ।  


जिल्ला शिक्षा कार्यालयबाट बन्न लागेको उक्त तिन कोठे भवन  ३१ लाख  लागतमा बन्न लागेको र भुकम्प प्रतिरोधी हुने विद्यालयका प्रधानध्यापक वमबहादुर रानाले जानकारी दिए ।  

उनै  प्रधानध्यापक रानाको अध्यक्षतामा सम्पन्न  शिलान्यास कार्यक्रमा उक्त भवन निर्माण समितिका अध्यक्ष झविन्द्र घिमिरेको स्वागत मन्तव्य र शिक्षक घनश्याम पाण्डेको सञ्चालन रहेको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो