2026-09-19 01:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगामा चिर्पटले हानेर साथीको हत्या गर्ने पाँचजना पक्राउ

पूर्णप्रसाद न्यौपाने/माघ १९, ओखलढुंगा । ओखलढुंगामा आफ्नै साथीलाई गरेर हत्या गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् । 

जिल्लाको मोलुङ्ग गाँउपालिका ७ पात्लेका कुमार मगरको हत्या अभियोगमा स्थानीय पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो । गत आईतबार स्थानीय एक विवाह भोजमा सामान्य आपसी झगडाबाट सुरु भएको झडपमा मगरको ज्यान गएको थियो । 

उक्त घटनाका आरोपीहरुलाई जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक टिका बहादुर कार्कीको नेतृत्वमा गएको प्रहरकिो टोलीले मंगलबार नै पक्राउ गरेको थियो । 

उनीहरुलाई प्रहरीले आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । मदिरा सेवन गरेको समयमा भएको झडपमा चिर्पट दाउरो प्रहार गरेर मगरको हत्या भएको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।

पक्राउ पर्नेहरुमा वर्ष २३ का साङ्गे शेर्पा, वर्ष २२ का जिग्मे शेर्पा, वर्ष २२ कै पासाङ शेर्पा र वर्ष २६ का छोङतेण्डी शेर्पा छन् । उनीहरु चारैजना मोलुङ्ग गाँउपालिका ७ साविकको पात्ले गाविस वडा नं. २ का हुन् । अर्का एक युवालाई पनि प्रहरीले पक्राउ गरेपनि सार्वजनिक भने गरेको छैन ।

पक्राउ परेका पाचैजनालाई हिरासतमा राखी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक टिका कार्कीले जानकारी दिए । सार्वजनिक गरिएका चारै जना माथि किटानी जाहेरी परेको निरिक्षक कार्कीले बताए । अर्का एक युवाको बारेमा कुनै जाहेरी नपरेकोले अनुसन्धानका लागि मात्रै नियन्त्रणमा लिएको प्रहरीको भनाई छ ।

गत आईतबार मोलुङ गाँउपालिका वडा नं. ७ मा भएको विवाहमा मदिरा सेवन गरेका युवाहरु बिच झडप भएको थियो । झडपमा परि मोलुङ गाँउपालिका वडा नं. ७ का बर्ष २२ वर्षका कुमार मगरको उपचारका लागि सामुदायीक अस्पताल ओखलढुंगामा ल्याइदै गर्दा बाटैमा मृत्यु भएको थियो । 

झडपमा अन्य ५ जना गम्भिर घाईते भएका थिए । घाईतेहरु सबैको अहिले पनि सामुदायीक अस्पताल ओखलढुंगामा उपचार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई