२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

३० महिनापछि फर्किए काबुलमा “बन्धक” भएका ३ नेपाली

२६ माघ २०७४, शुक्रबार ०२:२४

माघ २६, काठमाडौँ । मानव तस्करको परिबन्दमा परेर अफगानिस्तानमा ३० महिनाभन्दा बढी गैरकानुनी हैसियत र झन्डै बन्धकसरहको जीवन बिताएर अफगान सरकारबाट ‘माफी’ पाएपछि ३ नेपाली कामदार बिहीबार काठमाडौं फिरेका छन् ।

 कास्कीका गोविन्द पौडेल र हेमप्रसाद गुरुङ तथा पर्वतका मीनबहादुर क्षत्री भारतको नयाँदिल्ली हुँदै २०१५ जुन १ मा काबुल पुगेपछि स्थानीय क्यामोलेट बिजिनेस इन्टरनेसनल कम्पनीमा सेक्युरिटी गार्डका रूपमा कार्यरत थिए । 

तर, उक्त कम्पनीले भिसा तथा वर्क पर्मिट नदिएरै १० महिनापछि कामबाट निकालिदिएपछि उनीहरू गैरकानुनी हैसियतमा काबुलमा लुकीछिपी बस्दै आएका थिए । ‘ओभरस्टे’ र एक्जिट भिसाको शुल्क जरिवानास्वरूप बढदै गएपछि यी कामदार बन्धकसरह काबुलमा बसिरहेका थिए । 

पीडितहरूले नेपालका राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्र सचिवसहितलाई बारम्बार उद्धारका लागि आग्रह गर्दै आएका थिए । एक साताअघि मात्रै अफगान सरकारले यी कामदारले तिर्नुपर्ने झन्डै ५० लाख रुपैयाँको जरिवाना मिनाहा गरिदिएपछि उनीहरू दुई दिनअघि मात्रै काबुलबाट दिल्ली आएका थिए ।

दिल्लीस्थित नेपाली दूतावासका प्रवक्ता हरि ओडारीका अनुसार यी कामदार बिहीबार अपराह्न नेपाल वायुसेवाको उडानबाट काठमाडौं आएका छन् । 

पोखराको एसजी मारिन मेनेजमेन्ट प्रालिका प्रबन्धक सन्तोष गुरुङ, लक्ष्मी कार्की र चन्द्र गुरुङलाई जनही ७ लाख रुपैयाँ बुझाएर आफूहरू अफगानस्तान काममा गएको बयान पीडितहरूले दिँदै आएका छन् । 

दिल्लीमा पुगेर उनीहरूले भरतकुमार अधिकारी क्षत्री नामका एजेन्टलाई ९० हजार भारु र काबुलमा पुगेर अली नामका अर्का एजेन्टलाई १ हजार डलर बुझाएका थिए । उनीहरूलाई पोखराका म्यानपावर एजेन्ट हुँदै दिल्ली र काबुलमा पुग्दासमेत अमेरिकी कम्पनीमा काम दिइनेबताइएको थियो । -कान्तिपुर दैनिकबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य