२० माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शिवरात्रीमा काठमाडौंका यी स्थानमा सवारी निषेध, यस्ता छन् बैकल्पिक मार्ग

२९ माघ २०७४, सोमबार ०९:०२

माघ २९, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले शिवरात्रि पर्वलाई लक्षित गरेर सवारी व्यवस्थापन योजना निर्माण गरेको छ ।

महाशाखाले भोलि पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनलाई सहज रुपमा दर्शन गरी फर्कने वातावरण निर्माण गर्नका लागि पशुपति क्षेत्र विकास कोष वरपरका क्षेत्रमा सवारी प्रवेशमा रोक लगाएको हो ।

महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले भक्तजनलाई सहज रुपमा दर्शन गरी फर्कने वातावरण निर्माण गर्न ट्राफिक व्यवस्थापन गरिएको बताए ।


महाशाखाले चावहिलबाट मित्रपार्क हुँदै गौशालातर्फ, पुरानो बानेश्वरबाट बत्तीसपुतली हुँदै गौशालातर्फ, ज्ञानेश्वर मैतीदेवी मोडबाट रातोपुल हुँदै गौशालातर्फ, द्वारिका होटल पछाडिको शाखा मार्गबाट गौशाला वनकालीतर्फ, सिफल चौरबाट जयबागेश्वरीतर्फ रोक लगाएको छ ।

यस्तै लामापोखरी कुटुवहालबाट मित्रपार्कतर्फ, गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्कतर्फ, तिलगंगाबाट गौशालातर्फ, जोरपाटी नारायणटारबाट करिडोर बाटो हुँदै आउने मालवाहक सवारी साधनलाई गौरीघाटतर्फ, सिनामंगल पुलबाट करिडोरको मार्ग हँुदै होटल महाराजा निस्कने मार्ग र जोरपाटी बौद्धतर्फबाट आउने मालवाहक सवारी साधन चुच्चेपाटीबाट चावहिलतर्फ रोक लगाएको छ ।

दर्शनका लागि आउने दर्शनार्थी, तीर्थयात्री र विदेशी पर्यटकका सवारी साधनलाई तिलगंगा क्षेत्रमा, पासवाला सुरक्षा निकाय तथा सरकारी सवारी साधनलाई महानगरीय ट्राफिक प्रभाग गौशाला, पासवाहक सवारी साधनलाई कोषको कार्यालय बिसौनीको व्यवस्था गरेको छ ।

यस्तै गोठाटार, जोरपाटी, मूलपानी, गोकर्ण, बौद्धतर्फबाट आउने तीर्थयात्रीको सवारी साधनलाई गुह्यश्वरीपारि बिसौनीको व्यवस्था मिलाइएको छ ।

पुरानो बसपार्क, माइतीघर, नयाँबानेश्वर, तीनकुने, सिनामंगल हुँदै तिलगंगासम्म पुग्ने सवारी साधन सोहीमार्ग हुँदै पुरानो बसपार्क फिर्ता हुनुपर्ने, पुरानो बसपार्क, जमल, लाजिम्पाट, नारायणगोपाल चोक, चावहिल, बौद्ध, जोरपाटी, साँखुसम्म पुग्ने र सोहीमार्ग पुरानो बसपार्क फिर्ता हुने व्यवस्था मिलाइएको छ ।

यसैगरी कालोपुल हुँदै कपन चल्ने सवारी साधन खानी विभाग, लाजिम्पाट हुँदै महाराजगञ्जको बाटो चलाउने व्यवस्था गरिएको छ ।

महाशाखाले सुन्धाराबाट मैतीदेवी, पुरानो बानेश्वर, चावहिल हुँदै बौद्धतर्फ चल्ने माइक्रोबस तथा टेम्पो महेन्द्र शालिक, जय नेपाल, नक्साल, भगवतीबहाल, सानोगौचरण, सिफल उकालो, लामपोखरी, चावहिल गणेशस्थान, चावहिल हुँदै जोरपाटी मार्ग हुँदै चलाउने व्यवस्था गरेको छ भने जोरपाटी बौद्धबाट सुन्धारा आउने माइक्रोबस तथा टेम्पो चावहिल नारायणगोपाल चोक, लाजिम्पाट, केशरमहल, जमल, घण्टाघर हुँदै सुन्धारा चलाउने व्यवस्था मिलाएको छ ।

जोरपाटी, बौद्ध, चावहिल हुँदै महाराजगञ्जतर्फ जाने मालवाहक सवारी साधन चुच्चेपाटी, भृकुटीचोक, गोपीकृष्ण हल हुँदै सुकेधारा, महाराजगञ्जतर्फ जानु पर्नेछ । 

कोटेश्वर, तीनकुने, गौशाला हुँदै बौद्ध वा सुकेधारातर्फ जाने मालवाहक सवारी साधन कोटेश्वर, सातदोबाटो, कलंकी, महाराजगञ्ज, गोपीकृष्ण हल, कपन, महाँकाल, चुच्चेपाटी हुँदै बौद्धतर्फ जानु पर्नेछ ।

गठ्ठाघरबाट बौद्ध जोरपाटी जाने मालवाहक सवारी साधन जडीबुटी, पेप्सीकोला, गोठाटार पुल हुँदै बौद्ध जोरपाटीसम्म पुग्न सक्ने व्यवस्था गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा