२६ पुष २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पदममायालाई तोकिएभन्दा दोब्बर समय जेल, यस्तो थियो खतरनाक अभियोग

१४ फाल्गुन २०७४, सोमबार ०१:४०

फागुन १४, काठमाडौं । अदालतले तोकेभन्दा साढे पाँच वर्ष बढी जेलमा थुनिएकी धनकुटा बुधबारेकी पदममाया गुरुङले दिनगन्तीको हिसाबले क्षतिपूर्ति पाउने भएकी छन्।

बलात्कारपछि जन्मिएको नवजात शिशुको हत्या अभियोगमा जेल सजाय सुनाइएकी गुरुङले चिठीपत्रमा भएको हेलचेक्राइँ र ढिलाइका कारण तोकिएभन्दा दोब्बर समय जेलमा बिताउनुपरेको हो। 

पीडितले क्षतिपूर्ति रकमका लागि दायर गरेको रिटमा प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली र केदारप्रसाद चालिसेको संयुक्त इजलासले आइतबार गुरुङलाई बढी जेल समयको क्षतिपूर्ति भराउन प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र कारागार व्यवस्थापन विभागका नाममा परमादेश जारी गरेको छ।

गुरुङलाई अदालती फैसलाभन्दा ५ वर्ष ६ महिना १० दिन बढी समय जेलमा राखिएको थियो। थुनावापतको क्षतिपूर्ति भराएर मौलिक हक र मानवअधिकार कार्यान्वयन गर्न माग गर्दै उनी सर्वोच्च पुगेकी हुन्। गुरुङले गरिब र निरक्षर रहेका कारण माइतीमै बसेर ज्याला मजदुरी गर्नेक्रममा बलात्कृत भएर गर्भाधान गरेको र त्यसबाट जन्मेको नवजात शिशुलाई लोकलाज र गरिबीका कारण हत्या गर्न विवश भएको याचना सर्वोच्चसँग गरेकी थिइन्।

माइतीमै बारीमा काम गरी घर फर्किंदा बाटोको जंगलमा आफूमाथि जबर्जस्तीकरणी (बलात्कार) भएको र त्यही कारण गर्भवती भई जन्मेकी छोरीको हत्या गरेको स्वीकारोक्ति उनको थियो। पालनपोषणको समस्या र लोकलाजका कारण २०४८ साल मंसिर २४ गते शिशुको हत्या गरेको भनाइ उनको छ।

सामाजिक कारणले पनि आफूले बलात्कारीलाई पति स्वीकार्न सक्ने अवस्था नरहेका कारण मनमा हत्याको भावना पैदा भएको वेदना गुरुङले सर्वोच्चमा पोखेकी छन्। बच्चाको हत्या अभियोगमा उनीमाथि सुरुमा धनकुटा जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा चलेको थियो। उनी २०४८ साल पुस २ गतेदेखि ज्यान मुद्दामा थुनामा परिन्।

उनलाई धनकुटा अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहर भए पनि मुलुकी ऐन अदालती बन्दोबस्त महलको १८८ नम्बरअनुरूप न्यायाधीशले स्वविवेक प्रयोग गरी कैद १० वर्ष मात्र बसे हुने फैसला सुनाए। 

त्यसपछि सरकारको पुनरावेदनमा धनकुटा पुनरावेदन अदालतबाट पनि १० वर्ष नै कैद ठहर हुने फैसला गरियो। तर, त्यसविरुद्ध सर्वोच्चमा ‘साधक जाहेर’ हुँदा गुरुङलाई ५ वर्ष मात्र कैद सजाय हुने फैसला सुनाइयो। २०५१ साल जेठ ५ गते सर्वोच्चबाट उक्त फैसला भएको हो।

सर्वोच्चको फैसलाअनुरूप गुरुङ २०५३ साल पुस २ गते नै जेलमुक्त हुनुपर्ने थियो तर कारागारले २०५९ साल असार १० गते मात्र कैदमुक्त ग¥यो। धनकुटा जिल्ला अदालतबाट गुरुङको २०५३ साल पुस २ गते कैद भुक्तान हुने व्यहोरासहित लेखेको पत्र कैदमुक्त हुनुभन्दा ६ वर्षपछि अर्थात् २०५९ साल असार १० गते बल्ल कारागारलाई प्राप्त भयो, अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुप्रिम सहकारी ठगी प्रकरण : रविलाई ४ करोड १५ लाख, छविलाई ४ करोड २७ लाख बिगो दाबी मेयर बालेनले सरकारसँग मागे नयाँ प्रमुख प्रशासकीय अधिकृत युके पठाइ दिन्छु भन्दै साढे ३१ लाख रकम ठगी गर्ने पक्राउ माधव नेपाल, प्रचण्ड र राजेन्द्र लिङ्देन छलफलमा जिबी राईलाई सबै दलले ल्याउन चाहेनन्, उनी आए पोल खुल्छः डा.दीक्षित वैदेशिक रोजगारीमा जाने श्रमिकलाई देशगत रूपमा अभिमुखीकरण तालिम दिन विभागको निर्देशन रवि लामिछानेविरुद्ध विरुद्ध बुटवलमा पनि मुद्दा दायर गरिंदै, प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन काठमाडौँमा जेसीबीको ठक्करबाट ११ वर्षीया बालिकाको मृत्यु विश्वकपमा केही राम्रो छाप छोड्नेछौं : कप्तान पूजा महत्तो ३७ लाख धरौटी बुझाएर छुटिन् लिला अचानो प्रहार गरेर श्रीमतीको हत्या दोलखाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना अदालतको आदेशले छुटे पनि रविको सांसद निलम्बन फुकुवा नहुने जहाजको टिकट नपाएपछि स्थलमार्गबाट काठमाडौं आउँदै रवि धनकुटामा पिकअप दुर्घटना, २ जनाको मृत्यु आगामी वर्षदेखि उपचारसँग जोडिएको चस्मामा भ्याट र भन्सार नलाग्ने व्यवस्था गर्नेछौँ: स्वास्थ्यमन्त्री पौडेल आज २ बजेको फ्लाइटमार्फत पोखराबाट काठमाडौँ आउदै रवि , अब के हुन्छ प्रक्रिया ? कमल थापाले भेटे प्रधानमन्त्री ओलीलाई, के भयो कुराकानी ? मीनेन्द्र रिजाल भन्छन्- ओलीले संविधान संशोधन ८७ मा हुन्छ भनेपछि अब गठबन्धनको औचित्य सकियो प्रधानमन्त्री ओली र नेतृ रामकुमारी झाँक्रीको डिपफेक भिडिओ भाइरल, चुप नबस्ने झाँक्रीको चेतावनी