२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डीएसपी पत्नी छोरासहित घर निकाला: ‘२५ निकायमा उजुरी गर्दा पनि पाइएन न्याय’

१५ फाल्गुन २०७४, मंगलवार ०१:५२

फागुन १५, काठमाडौँ । काखमा तीन वर्षका छोरा । पतिबाट घर निकालिएपछि न्यायका लागि जताततै उजुरी । तर, राप्तीसोनारी गाउँपालिका –२ मदुवाकी २४ वर्षीया गीता वली बोहराले न्याय पाइनन् । यो खबर ठाकुरसिंह थारुले आजको कान्तिपुरमा लेखेका छन्।

उनका पति देवबहादुर बोहरा सशस्त्र प्रहरीका डिएसपी हुन् । गीताले आफूमाथि भइरहेको हिंसाबिरुद्व सशस्त्र प्रहरी मुख्यालय, नेपाल प्रहरीको महिला सेल, राष्ट्रिय मानव अधिकार आयोग, महिला आयोग, स्थानीय प्रशासन, महिला तथा बालवालिका कार्यालयलगायत दर्जन बढी सरकारी निकायमा उजुरी दिइन ।


‘मैले कुनै निकायबाट न्याय पाईन । यताबाट उता जानुस् भन्दै फर्काउछन्,’ अन्यायबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्, ‘न्याय माग्दै सबै निकायमा पुगिसकें । अब म कहाँ जाऊ ।’

०७१ मा डिएसपी बोहरा विवाह गर्ने भन्दै घरमै माग्न गएका थिए । मन मिलेपछि त्यसै बर्ष साउनमा उनीहरुले भागी विहे गरे । 

त्यसअघि बोहराले जेठी पत्नीसित सम्बन्ध बिच्छेद गरेका थिए । जेठीबाट दुई छोरी छन् । विवाहको एक वर्षपछि अर्कै महिलासंग लागेर आफूलाई यातना दिन थालेको गीताको आरोप छ । 

‘ती महिला घरमै आएर म डिएसपी बोहराको श्रीमती हुँ, तँ को होस् भनेर धम्काउँछिन् । त्यसबारे श्रीमान्संग सोध्दा कुटपिट गर्न थाल्नु भो,’ उनले भनिन्, ‘अहिले आएर सबै परिवार मिलेर घरबाटै निकाला गरिदिए । माइतीको शरणमा बसेकी छु ।’

आफूमाथि हिंसा भइरहेको जानकारी सशस्त्र प्रहरी मुख्यालमा दिएपछि डिएसपी बोहराको आधा तलव उनले पाउँदै आएकी छन् । 

मुख्यालयमा र विभिन्न निकायमा उजुरी दिएको भन्दै उनले थप शारीरिक तथा मानसिकरुपमा यातना दिन थालेको गुनासो गरिन् । ‘श्रीमान् प्रहरी अधिकृत भएकाले उहाँको इज्जतमा असर पर्ला भनेर सुरुमा हिंसा सहेरै बसें । तर उहाँ सुध्रिनु भएन । 

उल्टै ती महिलालाई घरमै पठाएर मार्छु, काट्छु भनेर धम्की दिन लगाउनु भो,’ उनले भनिन्, ‘आफ्नै श्रीमतीलाई बाहिरको महिला लगाएर धम्की दिनु भो । आफै घर आएर कुटपीट गर्नु भो ।’

घरबाट निकाला गर्दा उनले प्रतिकार गरिन् । उनको दाहिने हातको नाडी काटिएको छ । ‘तरवारले हान्न खोजे । प्रतिकार गर्दा काटियो,’ पत्रकार सम्मेलनमा उनको आँखा रसाए । 

बोहरा अहिले तेह्रथुमस्थित म्याङलुङ सशस्त्र प्रहरी गणका गणपति छन् । यसअघि उनी सिमा सुरक्षा बल नेपालगन्जमा कार्यरत थिए ।

उनले गीता पत्नी भएको स्वीकारे । तर, पछिल्लो समय विवाद गर्न थालेपछि सम्बन्ध बिच्छेद मुद्दा दर्ता गरेको बताए । ‘मैले उसलाई यातना दिएको र हिंसा गरेको छैन । 

सुडान गएका बेला केही पैसा तलमाथि गरेपछि विवाद भएको हो,’ उनले कान्तिपुरसित भने, ‘म बिरुद्व २५ ठाउँमा उजुरी दिएकी छन् । मेरो सम्पत्ती खान यो सब गरेको हो ।’ 

तर गीताले भने उनको दाबीलाई खण्डन गर्दै कुटपिट तथा ज्यान मार्ने धम्कीका कारण अन्तिम स्थितिमा पत्रकार सम्मेलन गरेको बताईन् । ‘घरमा गयो घरपरिवारले लत्ताकपडा बाहिर फाल्दिन्छन् । छोरालाई पनि कुट्छन्,’ उनले भनिन्,‘न्यायका लागि गुहार गर्दै माइतीमा बसेकी छु ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण