२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रेमीसँग मिलेर आफ्नै श्रीमतीले श्रीमानमाथि गोली बर्साईन

१७ फाल्गुन २०७४, बिहीबार १३:३३

फागुन १७, पर्सा । वीरगञ्ज महानगरपालिका–१३ का उमेश चौरसियालाई उनकै श्रीमतीले हत्या गराउने षड्यन्त्र रचेको दोषारोपण प्रहरीले गरेको छ । 

बुधबार राति वीरगञ्जको रातोबंगला नजिकै चौरसियामाथि भएको गोली प्रहार उनकै श्रीमती प्रियंकाले नै गराएको जिकिर पर्साका प्रहरी उपरीक्षक डा गणेश रेग्मीले यहाँ आज आयोजित पत्रकार सम्मेलनमा गर्नुभयो । 


चौरसियामाथि गोली प्रहार गरेको अभियोगमा पक्राउ परेका प्रियंकासहित चार अभियुक्तलाई सार्वजनिक गर्दै उपरीक्षक रेग्मीले श्रीमतीले नै श्रीमान्को हत्या गराउने षड्यन्त्र गरेको आरोप लगाउनुभयो । 

प्रियंका र बारा, परवानीपुर गाउँपालिका–१ का विकेन्द्र गुप्ताबीच प्रेम सम्बन्ध रहेको र उमेशको हत्या गरेपछि गुप्तासँगै घरजम गर्ने उद्देश्यका साथ परवानीपुर–१ कै निवासी मनोज गुप्ता र वीरगञ्ज १२ मुर्ली निवासी मुन्ना साहलाई योजनामा सामेल गराइएको अनुसन्धानबाट खुलेको बताइएको छ । 

उहाँले उमेशको हत्याका लागि विकेन्द्रले मनोजलाई रु २५ हजार र ना ३४प१०४ नम्बरको आफ्नै मोटरसाइकलसमेत उपलब्ध गराएको बताउनुभयो । 

प्रियंका र विकेन्द्रले बनाएको योजनालाई मूर्तरुप दिन मुन्नाले चलाएको मोटरसाइकल पछाडि बसेका मनोजले उमेशमाथि गोली प्रहार गरेको बताइएको छ । 

उहाँले गए राति ९: ३० बजे गोली प्रहारको घटना भएपछि घटनास्थलमा रहेको सिसी टिभी क्यामराको मद्दतले सबै अभियुक्तलाई पक्राउ गर्न सफल भएको बताउनुभयो । 

प्रहरीले घटनामा प्रयुक्त नलकटुवा पेस्तोल, मोटरसाइकल र मोबाइलसमेत बरामद गरेको छ । गोली प्रहारबाट घाइते भएका उमेशलाई उपचारका लागि वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना गराइए पनि स्वास्थ्य स्थिति बिग्रिँदै गएपछि थप उपचारका लागि काठमाडाँैको नर्भिक अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य