२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रेमीसँग मिलेर आफ्नै श्रीमतीले श्रीमानमाथि गोली बर्साईन

२०७४, १७ फाल्गुन बिहीबार १३:३३

फागुन १७, पर्सा । वीरगञ्ज महानगरपालिका–१३ का उमेश चौरसियालाई उनकै श्रीमतीले हत्या गराउने षड्यन्त्र रचेको दोषारोपण प्रहरीले गरेको छ । 

बुधबार राति वीरगञ्जको रातोबंगला नजिकै चौरसियामाथि भएको गोली प्रहार उनकै श्रीमती प्रियंकाले नै गराएको जिकिर पर्साका प्रहरी उपरीक्षक डा गणेश रेग्मीले यहाँ आज आयोजित पत्रकार सम्मेलनमा गर्नुभयो । 


चौरसियामाथि गोली प्रहार गरेको अभियोगमा पक्राउ परेका प्रियंकासहित चार अभियुक्तलाई सार्वजनिक गर्दै उपरीक्षक रेग्मीले श्रीमतीले नै श्रीमान्को हत्या गराउने षड्यन्त्र गरेको आरोप लगाउनुभयो । 

प्रियंका र बारा, परवानीपुर गाउँपालिका–१ का विकेन्द्र गुप्ताबीच प्रेम सम्बन्ध रहेको र उमेशको हत्या गरेपछि गुप्तासँगै घरजम गर्ने उद्देश्यका साथ परवानीपुर–१ कै निवासी मनोज गुप्ता र वीरगञ्ज १२ मुर्ली निवासी मुन्ना साहलाई योजनामा सामेल गराइएको अनुसन्धानबाट खुलेको बताइएको छ । 

उहाँले उमेशको हत्याका लागि विकेन्द्रले मनोजलाई रु २५ हजार र ना ३४प१०४ नम्बरको आफ्नै मोटरसाइकलसमेत उपलब्ध गराएको बताउनुभयो । 

प्रियंका र विकेन्द्रले बनाएको योजनालाई मूर्तरुप दिन मुन्नाले चलाएको मोटरसाइकल पछाडि बसेका मनोजले उमेशमाथि गोली प्रहार गरेको बताइएको छ । 

उहाँले गए राति ९: ३० बजे गोली प्रहारको घटना भएपछि घटनास्थलमा रहेको सिसी टिभी क्यामराको मद्दतले सबै अभियुक्तलाई पक्राउ गर्न सफल भएको बताउनुभयो । 

प्रहरीले घटनामा प्रयुक्त नलकटुवा पेस्तोल, मोटरसाइकल र मोबाइलसमेत बरामद गरेको छ । गोली प्रहारबाट घाइते भएका उमेशलाई उपचारका लागि वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना गराइए पनि स्वास्थ्य स्थिति बिग्रिँदै गएपछि थप उपचारका लागि काठमाडाँैको नर्भिक अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण